Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

राजेश हमालका विचित्रको फ्यान, फिल्ममा मरेको सिन देखेपछि फुटाए सिडी

राजेश हमालका विचित्रका यस्ता फ्यान भेटिए , जो भगवान सम्झिएर पुजा गर्छन, हमाल मेको फिल्म हेर्दा फुटाए सिडी भिडियो सहित महानायक राजेश हमालका फ्यान हुन् उनी । हमाल भन्नासाथ उनी मरिहत्ते गर्छन् । मोरङ राजघाट दुर्गापुरीका हर्क तामाङ को न त राजेश हमालसँग चिनजान नै छ, न त उनी रिलेटिभ मान्छे नै हुन् । तर हमाल प्रति गर्ने माया र व्यवहारले सवैलाई आश्चर्य चकित बनाउँछ । कुरो १५ बर्षअघि हो, घरमा राजेश हमाल अभिनित देउता राजेश हमालको मृत्यु हुन्छ, त्यो दृश्य देख्नसाथ हर्कले राजेश हमालको मृत्यु भएको पीडा सहन नसकेर देउताु फिल्मको सिडी र सिडी प्लेयर नै फुटाइ दिए । र उनी कोठामा बसेर रुन थाले, त्यस दिन खाना समेत खाएनन् रे उनले । किनकी उनलाई असह्य पिडा भयो । यति मात्र कहाँ हो र उनले राजेश हमाल अभिनित कुनै फिल्म हेर्न छुटाएको बिरलै मात्र छ । उनीसँग हमालद्वारा अभिनित चलचित्रको सिडीको थाक नै छ । राजेश हमाल नै मन पर्नुको कारण चाँहि के हो रु भन्ने प्रश्नमा हर्क भन्छन्— उहाँको अभिनय राम्रो छ, पढेलेखको र हेण्डसम पनि हुनुहुन्छ । भनिन्छ मानिसहरु समस्या र दुख पर्दा भगवानलाई सम्झन्छन् । यद्यपि, हर्कको भगवान भनेको नै हमाल हुन्, उनी हमालकै नाम पुकार्छन् । मेरो भगवान भनेको नै राजेश हमाल हो, हर्कले भने । कक्षा—५ सम्म अध्यनरत हर्कलाई राजेश हमाल एकदमै मनपर्छ भनेर गाँउघरमा सबैलाई थाहा छ । राजेश हमालको कुरा जोडेर उनलाई गिज्याउनेहरु पनि छन् । तर, आफूलाई राजेश हमालको नाम जोडेर जिस्काएको मन नपर्ने उनी बताउँछन् । हलमा राजेश हमालको फिल्म आउदैछ भनेर सुन्नासाथ फिल्म हेर्न हलमा पुगिहाल्छन् । सकेसम्म उनी राजेश हमालको मृत्यु भएको फिल्म नै हेर्न चाहदैनन् । राजेश हमाल मरेको थाहा भयो भने म त्यो फिल्म नै हेर्दिन् । उनले भने— मलाई राजेश दाई मरेको फिल्म हेराएर कति चोटी त रुवाएका छन् साथीहरुले। म राजेश दाई फिल्ममा मरेको हेर्न चाहान्न् राजेश हमालसँग उनको भेट्ने ठुलो धोको छ । यसलाई पुरा गर्न उनी एकचोटी काठमाण्डौ जाने सुरमा छन् । राजेश हमाललाई भेट भयो भने के गर्नुहुन्छ रु उनी भन्दै गए— नजिकैको साथीलाई म राजेश हमालसँग फोटो खिच्छु खिचिदिनुन भनेर अनुरोध गर्छु । अनि राजेश दाईलाई एकचोटी आफूसँग फोटो खिच्न अनुरोध गर्छु । यति भनि नसक्दै हर्क भावुक भए । उनले लामो खुई हाँन्दै भने — राजेश हमालसँग फोटो खिचेर सजाएर राख्ने मन छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies