Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अलैँचीको मूल्य सम्बन्धी स्पष्ट नीति ल्याउनुपर्ने किसानको माग

लमजुङ। नर्सरीमा लगाएका लाखौँ बिरुवा बिक्री नभएपछि यहाँका अलैँची कृषक चिन्तित भएका छन् । जिल्लामा २० लाख भन्दा बढी अलैँची बिरुवा उत्पादन भए पनि हालसम्म चार लाख पनि बिक्री नभएको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । “जिल्लाका विभिन्न स्थानमा रहेका १० भन्दा बढी व्यावसायिक अलैँची नर्सरीबाट २० लाख भन्दा बढी बिरुवा उत्पादन भएको छ” अध्यक्ष तामाङले भने, “अलैँची रोप्ने मुख्य समय यही हो, यही बेला बिरुवा बिक्री भएको छैन, अब किसानलाई नोक्सानी मात्रै भयो ।” अघिल्लो वर्ष अलैँचीको प्रति बिरुवा रु १२ देखि रु १८ सम्ममा बिक्री वितरण भएको थियो । अहिले जिल्लामा प्रति बिरुवाको मूल्य रु पाँच देखि रु आठसम्म कायम गरिएको छ । प्रति बिरुवा रु तीनमा बिक्री गर्दा पनि अपेक्षित व्यापार नभएको कृषकको गुनासो छ । “बिरुवा जसरी पनि बिक्री गर्नु प¥यो भनेर रु तीनसम्ममा दिदाँ पनि बिक्री भएको छैन” अलैँची कृषक ईश्वर गुरुङले भने । अलैँचीको मूल्यमा गिरावट आएसँगै कृषकको अलैँची प्रतिको आकर्षण घटेको हुँदा बिरुवा बिक्री हुन नसकेको हो । “अलैँची टिप्ने बेला मूल्य घट्छ, किसानलाई दुःख गरेअनुसार आम्दानी हुँदैन” अर्का अलैँची कृषक सोमबहादुर तामाङले भने, “मूल्य नपाएर नै अलैँचीप्रति आकर्षण घटेको हो ।” लागतअनुसार अलैँचीको मूल्य नपाउँदा बाध्य भएर किसानले अन्य विकल्प खोज्न थालेका हुन् । अलैँची प्रतिको आकर्षण घटेपछि बिरुवा बिक्री हुन छोडेको किसानको गुणासो छ । अघिल्ल वर्षमा प्रतिकिलो रु दुई हजार ५०० सम्म बिक्री भएको अलैँची गतवर्ष रु ६०० मा बिक्री गर्न बाध्य भएपछि किसान निराश बन्दै आएका छन् । वर्षौदेखि व्यावसायिक अलैँचीखेती गर्दै आएका किसानलाई अलैँचीको मूल्य गुणत्मक रुपमा अत्यधिक घटेपछि विकल्प खोज्न बाध्य भएका छन् । केहीवर्ष अघिसम्म अलँैचीको बजार निकै राम्रो भए पनि सरकारको स्पष्ट नीति नहुँदा विचौलियाले चलखेल गरेको पीडित किसानको आरोप छ । व्यावसायिक कृषिसँग जोडेर अलैँची प्रवद्र्धन गर्न र बजार तथा मूल्य सम्बन्धी स्पष्ट नीति बनाइ किसानलाई उत्प्रेरित गर्न सरकारले नै विशेष पहल गर्नुपर्ने उनीहरुको माग छ । लमजुङमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अर्लँची जोन कार्यक्षेत्र बनाइ विशेष कार्यक्रम सञ्चालन पनि गरिएको छ । जिल्लाको भुलभुले, बाँझाखेत, घनपोखरा, खुदी, गांँैडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँ लगायतका गाउँ पाखामा व्यावसायिक अलैँचीखेती हुँदै आएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies