Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

कति परे प्रेस काउन्सिलमा अहिलेसम्म उजुरी ?

सुशील दर्नाल  । काठमाडौँ, ३२ असार  । विसं २०७३ मंसिरमा ‘जनआह्वान’ साप्ताहिकमा प्रकाशित ‘टेलिकम डुबाउने खेलमा सचिव थपलिया, के के छन् कर्तुत’ शीर्षकको समाचारले आफ्नो चरित्रहत्या भएको भन्दै गोविन्दसिंह भण्डारीले प्रेस काउन्सिल नेपालमा उजुरी हाले ।

त्यसैगरी, सशस्त्र प्रहरी निरीक्षक प्रदीप बुढाथोकीले पनि २०७३ मंसिरमा ‘जनमञ्च’ साप्ताहिकमा प्रकाशित ‘सशस्त्रमा राणा शासन’ शीर्षकको समाचार झुटो भएको भन्दै काउन्सिलमा उजुरी हाल्नुभयो । यी त प्रतिनिधि उजुरी मात्रै हुन् । पछिल्लो समयमा पत्रकार आचारसंहिता उल्लंघनका घटनालाई लिएर प्रेस काउन्सिल नेपालमा उजुरी पर्ने क्रम बढेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन लगायतका सञ्चारमाध्यमले झुटा समाचार प्रकाशन÷प्रसारण गरेको र चरित्र हत्या गरेको लगायत उजुरीमा परेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा १६५ वटा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परेका छन् । त्यसैगरी, आव २०७३÷७४ मा ११२, २०७२÷७३ मा १०१, २०७१÷७२ मा ५१, २०७०÷७१ मा ३९ र २०६९÷७० मा ४६ वटा उजुरी परेका छन् । आव २०७४÷७५ को पछिल्लो तीन महिनाको तथ्यांक हेर्ने हो भने चैतमा सात, वैशाखमा नौ र जेठमा नौ वटा उजुरी परेका छन् । काउन्सिलमा परेका उजुरीमध्ये अधिकांश उजुरी फछ्र्यौट भएको छ । काउन्सिलले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारको आफैँले अनुगमनसमेत गर्दै आएको छ । काउन्सिल आफैँले अनुगमन गर्दा पनि पत्रकार आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको पाइन्छ । माथिको तथ्याङ्कबाट पनि प्रस्ट हुन्छ कि काउन्सिलको सक्रियता बढ्दै छ, पत्रकार आचारसंहिताका घटना झन् झन् बढ्दै छन् र आम पाठक, श्रोता र दर्शक सचेत हुँदैछन् । यी उजुरीमध्ये अधिकांश उजुरी झुटा समाचार प्रकाशन प्रसारण गरेको, चरित्र हत्या गरेको, मान हानि भएको लगायतका विषयमा उजुरी परेको छ । मिडियाले जथाभावी बोलेर र लेखेर दुःख दिएको खण्डमा उजुरी गर्ने ठाउँ पनि रहेछ भन्ने आम मानिसमा चेतना भएको कारण पनि काउन्सिलमा उजुरीको संख्या बढ्दै गएको हुन सक्ने काउन्सिलका सह–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले बताए । आचारसंहिता उल्लंघनका घटना पत्रपत्रिका, रेडियो र टेलिभिजनभन्दा पनि अनलाइन पत्रिकामा सबैभन्दा बढि रहेको पाइन्छ । काउन्सिलले गरेको अनुगनको प्रतिवेदन हेर्ने हो भने पनि आचारसंहिता उल्लंघन बढेको पाइन्छ । विसं २०७४ माघ ७ गतेदेखि अनलाइन माध्यमबाट पनि उजुरी गर्न पाउने व्यवस्था गरेपछि उजुरीको संख्या बढ्दै गएको काउन्सिलले जनाएको छ । “एउटा, भर्खरै पत्रकारितामा प्रवेश गर्ने नयाँ पत्रकारबाट नजानेरै आचारसंहिताको उल्लंघन भएको छ भने अर्को कतिपय त्यस्ता पत्रकार हुनुहुन्छ, जानीजानी शक्तिको आडमा उल्लंघन गरिरहनुभएको छ”, सूचना अधिकृत खनालले भने । आचारसंहिता उल्लंघन गर्नेलाई काउन्सिलले अन्तिम कारबाहीस्वरुप सूचना विभागबाट वितरण गरिने प्रेस पास निलम्बन गर्ने, काउन्सिलको मूल्यांकन वर्गीकरणबाट अलग गर्ने, खेद प्रकट गर्ने र कारबाहीका लागि विवरणसहित सार्वजनिक रुपमा प्रकाशन प्रसारण गर्न सक्नेछ । स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि नियमनकारी भूमिका निर्वाह गर्न २०२८ सालमा काउन्सिलको स्थापना भएको हो । काउन्सिल ऐन भने २०४८ सालमा ल्याइएको थियो । काउन्सिललाई अझै अधिकार सम्पन्न बनाउनका लागि नयाँ काउन्सिल ऐन ल्याउने तयारी भइरहेको छ । नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकार आचारसंहिता पत्रकारहरुको नैतिक बन्धन जस्तै हो, त्यसैले पत्रकारिता क्षेत्रलाई थप मर्यादित र विश्वसनीय बनाउनका लागि यसको इमान्दारीपूर्वक पालन गर्नुपर्छ भन्छन् । आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्नुपर्ने, सत्य–तथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने र समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गनुपर्नेलगायत १५ बुँदा उल्लेख गरिएको छ । त्यसैगरी, पत्रकार र सञ्चारमाध्यमले गर्न नहुनेमा सार्वभौमसत्ता, भेदभाव हुने गरी र निजी स्वार्थ पूर्तिका लागि सूचनाको सम्प्रेषण गर्नु नहुने र पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण गर्न नहुने, घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने, बीभत्स दृश्य र तस्बीर प्रकाशन वा प्रसारण गर्न नहुने, फोटो तथा दृश्यको गलत प्रयोग गर्न नहुने लगायतका बुँदामा उल्लेख छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies