Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

क्यान्सरविरुद्ध लडिरहेका इरफान खानको भावुक चिठी...

करिब चार महिना पहिलेदेखि लन्डनमा न्यूरो इन्डोक्राइन नामको गम्भीर बिमारीको उपचार गराइरहेका बलिउड अभिनेता इरफान खानले एउटा चिठी लेखेका छन् । आफ्नो अवस्था बताउन लेखिएको इरफानको यो चिठी निकै भावुक छ । ५१ वर्षका इरफानले चिठीमा चार महिना वा दुई वर्षमा आफूलाई जीवनले कहाँ लैजाने थाहा नभएको लेखेका छन् । इरफानको त्यो चिठीको अनौपचारिक अनुवादः केही समय पहिले मलाई थाहा भयो कि म उच्च तहको न्यूरोइन्डोक्राइन क्यान्सरबाट पीडित छु । मेरो शब्दावलीमा यो नयाँ शब्द थियो । मलाई थाहा भयो– यो दुर्लभ रोग हो, यसबारे खासै धेरै अध्ययन पनि भएको छेन र यसबारे खासै धेरै जानकारी पनि उपलब्ध छैन । यसको उपचारबाट के कस्तो हुन्छ, त्यो पनि थाहा छैन । म डाक्टरका लागि गिनीपिग बनेर गएको थिएँ, म एउटा फरक किसिमको खेल खेलिरहेको थिएँ । मानौं, एउटा द्रुत गतिको रेलमा यात्रा गरिरहेको थिएँ । मेरा केही सपना थिए, योजना थिए, महत्वकांक्षा थिए, लक्ष्य थिए र म पूर्ण रुपमा त्यसमा हराएको थिएँ । अचानक रेलको टिकेट कलेक्टरले आएर मेरो काँधमा धाप मार्यो । उसले भन्यो– तेरो स्टेसन आइसक्यो, तँ अब उत्रिनु पर्छ । म अन्योलमा परेँ र भनेँ– होइन, होइन मेरो स्टेसन आएको छैन । यो मेरो स्टेसन होइन, यस्तो कसरी भइरहेको छ ? अत्यन्त छिटो परिवर्तन भइरहेका विषयहरुले मलाई महसुस गरायो कि तपाईं समुद्रमा तैरिएको कर्कजस्तै हो, जोसँग जतिबेला पनि जे पनि हुनसक्छ र तपाईं कुनै तरिकाले त्यसलाई रोक्ने प्रयास गर्दै हुनुहुन्छ । या उथलपुथल, डर तथा अत्यासका बीच म अस्पताल जाने क्रममा मैले आफ्नो छोरासँग भनेका छु कि मैले आफूसँग आफैंले एउटा मात्र कुराको चाहना गरेको छु कि यो अवस्थामा अभावको सामना गर्न नपरोस् । मलाई आफ्नो खुट्टामा उभिनु थियो । र, अत्यास ममाथि हावी नहोस् । किनकि त्यसले मलाई दयनीय अवस्थामा पुर्याइदिन्छ । यो मेरो उद्देश्य थियो तर त्यही बेला दुखाइले मलाई छोयो । यतिबेला सम्म तपाईंलाई दुखाइको मात्र थाहा थियो र अब यसको प्रकृति र त्यसको प्रभावबारे पनि थाहा भयो । केहीले पनि काम गरिरहेको थिएन । न सान्त्वना न कुनै प्रेरणाले काम गरेको थियो । सबै कुरा त्यही दुखाइमा घुलिएको थियो र यो दुखाइ कुनै भगवानभन्दा पनि ठूलो लागिरहेको थियो । जब म अस्पतालमा आएँ, तब म कमजोर र थकित तथा उदासिन थिएँ । मलाई यो कुराको पनि थाहा थिएन कि अस्पतालको अगाडि लड्स स्टेडियम थियो जुन मेरो बाल्यकालको सपना थियो । त्यो दुखाइका बीच मेरो आँखा एउटा पोस्टरमा पर्यो जसमा विवियन रिचड्र्स हाँसिरहेको अनुहार देखिएको थियो । मलाई महसुस भयो कि मलाई केही पनि भएको छैन । अस्पतालमा एउटा कोमा वार्ड पनि थियो । मेरो वार्डको ठिक माथि । जब म अस्पतालमा मेरो वार्डको बाल्कोनीमा उभिएको थिएँ, त्यति बेला मलाई धक्का लाग्यो । जीवनको खेल र मृत्युबीच केवल एउटा बाटोको रेखा थियो । एकातिर अस्पताल थियो र अर्कोतिर स्टेडियम । निश्चितताका साथ दाबी कहीँ पनि गर्न सकिरहेको थिइनँ । न अस्पतालमा न स्टेडियममा । त्यति बेला नै ममा निकै गहिरो धक्का लाग्यो । म यो ब्रम्हाण्डको शक्ति तथा समझदारीबाट भरिएँ । मेरो अस्पतालको लोकेसनले पनि मलाई असर गरिरहेको थियो । एउटै कुरा निश्चित छ र त्यो अनिश्चितता हो । म केवल के गर्न सक्छु भने आफ्नो तागतको सम्झूँ र आफ्नो खेल राम्रोसँग खेल्न सकूँ । यो महसुस हुँदाहुँदै पनि मैले हतियार हानिदिएँ र पर्वाह गरिनँ कि परिणाम के आउने हो । मलाई थाहा छैन आजभन्दा ८ महिना पहिले वा चार महिनापछि वा दुई वर्षपछि जीवनले मलाई कहाँ लिएर जानेछ । अब मैले चिन्ताहरुलाई किनारा लगाएको छु र मस्तिष्कबाट चिन्ताहरु बाहिर राखेको छु । पहिलो पटक मलाई बल्ल थाहा भएको छ कि स्वतन्त्रताको खास माने के हो । यो एउटा उपलब्धि हो । यस्तो लाग्छ कि मैले पहिलो पटक जीवनको वास्तविक स्वाद चाखेको छु । यसको जादुयी पहलू देखेको छु । भगवानप्रतिको मेरो भरोसा अझ बलियो भएको छ । अगाडि के हुन्छ भन्ने त समयले नै बताउनेछ । तर, अहिले तत्कालका लागि म यस्तै महसुस गरिरहेको छु । मेरो यो यात्रामा मानिसहरुले मलाई शुभकामना दिए, विश्वभरका मानिसहरुले मलाई आर्शिवाद दिए । उनीहरुले दिए जसलाई म चिन्छु, र उनीहरुले पनि जसलाई म चिन्दिनँ । मानिसहरुले विभिन्न ठाउँबाट विभिन्न समयमा मलाई आर्शिवाद दिएका छन् र मलाई लाग्छ ती सबै एकत्रित भएका छन् । यी आर्शिवाद शक्ति जसरी मेरो मेरुदण्ड हुँदै टाउकोमा पुगेका छन् । यो बढिरहेको छ । थोरै थोरै गर्दै धेरै । आर्शिवादबाट आएका सबै फूल, सबै आर्शिवाद र सबै आर्शिवाद मलाई आश्चर्य, खुसी तथा जिज्ञासासहित भरिदिन्छन् । यो अनुभूति हुन्छ कि कर्कलाई कसैको कन्ट्रोलको आवश्यकता छैन, तपाईं भगवानले बनाएको पिङमा मच्चिरहनु भएको छ ।
(यो अनुवाद फरकधारबाट साभार गरिएको हो –सम्पादक)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies