/  Thu, December 13, 2018

बल्ल एकै घरका परिवारले एउटै चर्पी प्रयोग गर्न थाले

उदयपुर। चौदण्डी नगरपालिका– ३ हँडिया तथा सुन्दरपुरको मुसहर जातिको समुदायले सामूहिक चर्पी प्रयोग गर्न थालेको छ ।

घरका चर्पीमा ससुरा, सासू, बुहारी र बाबुछोरीले एउटै चर्पी प्रयोग गर्न नहुने सोच र परम्परा तोडिएको छ । चार वर्षअघि नै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि सुन्दरपुर, हँडिया, जोगीदहलगायत विभिन्न क्षेत्रमा मुसहर जातिले घरमा संयुक्त चर्पी प्रयोग नगरेको हँडियाका स्थानीयवासी कृष्ण चौधरी बताए ।

दुई वर्षयतादेखि विभिन्न सामाजिक अभियानकर्मीको प्रयास र मुसहर जातिका घरघरमा सामूहिक चर्पी प्रयोग गर्ने अभियान र जनचेतना फैलाउने काम व्यापक रुपमा हुन थालेपछि अहिले ससुरा, बुहारी, छोराछोरी सबैले सामूहिक चर्पी प्रयोग गर्न थालेको हँडिया माविका शिक्षक बाबुनारायण चौधरीको भनाइ छ ।

अहिले सबैको प्रयासले सामूहिक चर्पी प्रयोग हुन थालेको र यसमा विगतको भन्दा दोब्बरले सुधार आएको सुन्दरपुरका समाजसेवी देवनारायण चौधरी बताउछन्। केही समय यतादेखि मुसहर र चौधरी समाजमा सामूहिक चर्पी प्रयोगमा व्यापक सुधार आएको खुला दिसामुक्त क्षेत्रका मुख्य अभियानकर्मी तथा पत्रकार कौशल चेम्जोङको धारणा यस्तो छ ।

अहिले मुसहर जातिका ९०५ परिवारका घरमा एउटै चर्पी र सामूहिक प्रयोग हुने गरेको अभियन्ता तथा वरिष्ठ पत्रकार चेम्जोङले बताए ।

जेठ ३० गते, २०७५ - ११:५७ मा प्रकाशित

चुहावट नियन्त्रण गर्न कर्मचारीलाई थप प्रोत्साहन भत्ता

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य...   

वडाको सेवा घरघरमै दिन थालेपछि…

रुकुम। मजिल्लाका स्थानीय तहले नागरिकलाई सजिलो होस् भनेर सेवा प्रवाहमा विभिन्न तरिका अपनाइरहेका छन्...   

नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ। प्रेस काउन्सिल नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा...   
गृहमन्त्री र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता, के छलफल भयो ?

गृहमन्त्री र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौँ। । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र चिनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा...   

शेयर बजारः सामान्य अङ्कले बढ्यो

काठमाडौँ। धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका...   
समाजलाई केन्द्रीकृत गर्न सहकारीको ठूलो योगदान छः मन्त्री मगर

समाजलाई केन्द्रीकृत गर्न सहकारीको ठूलो योगदान छः मन्त्री मगर

कञ्चनपुर । खानेपानी मन्त्री बीना मगरले विकेन्द्रित भईरहेको समाजलाई केन्द्रीकृत गर्न सहकारी संस्थाहरुले...   

चार महीनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिकाले चालू आर्थिक वर्ष ०७५÷७६ को चार महीनामै वार्षिक लक्ष्यभन्दा...   

संविधान कार्यान्वयनमा काङ्ग्रेस जिम्मेवार हुनुपर्छः पूर्वराष्ट्रपति

काठमाडौँ। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका...   
किन जादैछन् नेपाल आइडलका चार प्रतिस्पर्धी कोरिया ?

किन जादैछन् नेपाल आइडलका चार प्रतिस्पर्धी कोरिया ?

काठमाडौं । नेपाल आइडलका शीर्ष ४ प्रतिस्पर्धी दक्षिण कोरियाको महत्वपूर्ण चाड सलनालको मुख्यदिन फेब्रुअरी...   

किन रोकियो यी तीन जोडीको विवाह ?

सोलुखुम्बु। यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top