Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विपन्न परिवारको लागि गरिबी निवारणमा कोषको २० करोड लगानी

रोल्पा । आर्थिक सशक्तीकरणमार्फत गरिबी निवारण गर्ने लक्ष्यका साथ २०६१ सालदेखि शुरु भएको गरिबी निवारण कोषले रोल्पाका विपन्न परिवारको आयआर्जनका लागि रु २० करोड बढी लगानी गरेको छ । गरीब विपन्न परिवारको आयआर्जनका लागि कोषले सामुदायिक संस्थालाई अनुदान दिने गर्दछ भने सामुदायिक संस्थाले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने गर्दछन् । सदस्यको मागका आधारमा तरकारीखेती, बाख्रापालन, भैँसीपालन, कुखुरापालन, च्याउखेती, सिलाइकटाइ, खुद्रा पसलजस्ता शीर्षकमा ऋण दिने गरेको गरिबी निवारण कोषले जनाएको छ । जिल्लामा गठन भएका ६१४ सामुदायिक संस्थामा आयआर्जनका लागि रु २० करोड दुई लाख बढी रकम गएको गरिबी निवारण कोष रोल्पा प्यूठानका कार्यप्रबन्धक वेगम घर्तीले जानकारी दिए । सामुदायिक संस्थाले आफैँ नियम बनाएर रकम घुम्तीकोषका रुपमा परिचालन गर्ने गरेका छन् घर्तीले भने । कोषले उपलब्ध गराएको रकम समूहका सदस्यलाई लगानी गरी ब्याजबापत हालसम्म सामुदायिक संस्थाले रु पाँच करोड बढी आम्दानीसमेत गरिसकेको बताइएको छ । कोषबाट प्रत्यक्ष अप्रत्यक्ष लाभान्वित हुनेको संख्या १७ हजार बढी रहेको बताइएको छ । तरकारी खेती र बंगुरपालनका लागि आफूले कोषबाट लिएको ऋणले अहिले वार्षिक रु दुई लाख आम्दानी गर्दै आएको रोल्पा त्रिवेणी–७ की लालसरी घर्तीले बताए । ऋण सही ठाउँमा सदुपयोग गरे व्यवसाय पनि विस्तार हुँदै जाने उनको अनुभव छ । साहु महाजनबाट चर्को ब्याजदरमा ऋण लिनुपर्दा गरीब कहिल्यै उस्कन नसक्ने उनले बताए । बैंकले ग्रामीण क्षेत्रमा ऋण लगानी गर्न नमान्ने भएकाले आफूहरूले सामुदायिक संस्थाले प्रदान गर्ने ऋणबाट गर्जो टारिरहेको घर्तीले बताए । कोषबाट परिचालित बजेटको ठूलो हिस्सा सामुदायिक संस्थामा रहेकाले त्यसको सही व्यवस्थापन र पारदर्शीतामा ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताए । स्वरोजारमूलक कार्यक्रमले युवा पलायनलाई पनि रोक्न सक्ने भएकाले कोषको रकमलाई सहकारीकरण गर्न जरुरी रहेको बुढाको सुझाव छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies