/  Wed, January 23, 2019

टोखालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने

 

काठमाडौं । टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिकस्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने भएको छ ।

टोखा नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिकाभित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरेको जानकारी दिंदै नगर उपप्रमुख ज्ञानमाया डंगोलले टोखाभित्रका सपनातीर्थ, चण्डेश्वरी, तलेजु, इन्द्रायणी, सरस्वती, बौडेश्वर, थनेलाक्षी, कोनेलाक्षी, धापासी, वसुन्धरा, झोर महांकाल र गोँगबु क्षेत्रलाई गुरुयोजनामा समेटिएको छ भने ।

“चण्डेश्वरीदेखि शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्म पदमार्ग निर्माण गर्ने गरी गुरुयोजना पनि तयार गरेका छौँ,”–उनले भने ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरस्वती गहनापोखरी, गणेशपोखरी र सपनतीर्थलाई संरक्षण गरी स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउने कार्ययोजना समेत बनाएको छ ।

झोर महाकांलमा रहेको वौडेश्वर झरनालाई पर्यटकीय रुपमा विकास गर्न नगरपालिकाले सरकारसँग रु २५ करोड माग गर्ने भएको छ ।पच्चिस हजार ५६१ घरधुरी रहेको उक्त नगरपालिकाको जनसंख्या झण्डै एक लाख छ ।

टोखालाई नमूना नगरपालिका बनाउन आर्थिक वर्ष २०७५/७६ मा प्रत्येक वडामा रु एक करोड ४० लाख बजेट विनियोजन गर्ने गरी कार्ययोजना बनाइएको छ भन्दै उपप्रमुख डंगोलले एघार वटा ११ वडा रहेको सो नगरपालिकाका लागि गत आर्थिक वर्ष रु २९ करोड ५१ लाख बजेट विनियोजन भएकामा रु १२ करोड राजश्व उठेको उहाँले जानकारी दिए । रासस

जेठ २ गते, २०७५ - १५:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘ब्रेकफास्ट’ गरेपछि कमल थापाले दिए यस्तो प्रतिक्रिया

पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘ब्रेकफास्ट’ गरेपछि कमल थापाले दिए यस्तो प्रतिक्रिया

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच...   

कांग्रेस सभापति देउवाविरुद्धको मुद्धा सर्वोच्चद्धारा खारेज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवाविरूद्ध परेको अदालतको...   
पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ: मन्त्री महासेठ

पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ: मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल...   

नेकपा बैठकः ४१ नेताले बोले, आइतबार ओली-प्रचण्डले जवाफ दिने

काठमाडाैं । शनिबारदेखि जारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले...   

अभद्र व्यवहार गर्ने तीन पक्राउ

सप्तरी । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका...   

संसद् कानून निर्माणमा लागिरहेको छः अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका...   

बिना इजाजत भुक्तानी कारोबार गर्नेलाई अर्थमन्त्रीको कडा चेतावनी

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले इजाजतबिना नै भुक्तानीसम्बन्धी कारोबार गर्ने माथि कडा...   

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी...   
जाजरकोटमा रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

जाजरकोटमा रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

जाजरकोट । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका...   
जापानको रक्षा बजेट ४७ अर्ब डलर

जापानको रक्षा बजेट ४७ अर्ब डलर

जापान । सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top