Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

मृत्यु जितेर मात्रै यार्साबाट कमाई

डोल्पा । जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटनहरु यार्सागुम्बा संकलनका लागि खुला गरिएसँगै सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जिल्लाका विभिन्न नाकाबाट संकलन इजाजतपत्र वितरण गर्दै हिजोबाट यार्सागुम्बा पाटन जान खुल्ला गरेको हो । मध्यवर्ती क्षेत्र भित्रकालाई रु एक हजार, मध्यवर्ती क्षेत्र बाहिर डोल्पा जिल्लाका सर्वसाधारणलाई रु २५ सय र जिल्ला बाहिरकालाई रु ३५ सय रकम तोकिएको निकुञ्जले जनाएको छ ।

डोल्पामा सयौँको सङ्ख्यामा रहेका यार्सागुम्बा पाटनमा दशौं हजार सर्वसाधारण वनस्पती र जीवको दुबै गुण पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा पुगिसकेका छन् । यार्सागुम्बा टिपेर आम्दानी गर्नका लागि गर्भवती, सुत्केरी महिला दूधेबालक च्यापेर यार्सागुम्बा पाटन पुगेका छन् ।

आम्दानीको मुख्य स्रोत  बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोत हो । नेपालमै गुणस्तरीय र धेरै परिमाणमा यार्सागुम्बा पाइने क्षेत्रको रुपमा समेत डोल्पा चिनिन्छ । डोल्पाली जनताको जीवनस्तरसँग जोडिएको यार्सागुम्बाको संकलनका लागि वर्षेनी दशौँ हजार सर्वसाधारण वन्दोवस्तीका सामानसहित डोल्पाका उच्च हिमाली यार्सागुम्बा पाटनमा पुग्ने गर्दछन् । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि डोल्पामा यार्सागुम्बाको महाकुम्भ मेला सुरु भएको छ ।

यार्सागुम्बा संकलन गरी वर्षभरिको खर्च जुटाउने लक्ष्यसहित डोल्पाबाट मात्रै नभई छिमेकी जिल्ला रुकुम जाजरकोट, जुम्लालगायतका विभिन्न जिल्लाबाट पनि सर्वसाधारण डोल्पाका उच्च हिमाली भू–भागमा पुगेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ का लोकमान श्रेष्ठ पनि बन्दोबस्तीका सामानसहित भाङ्का पाटनमा यार्सागुम्बा टिप्न पुगिसकेका छन् । साना बच्चाबच्चीलाई घर कुरुवाको भरमा घरमै छाडेर पाटन हिँडेका श्रेष्ठ यसवर्ष एक महिने अवधिमा दुई लाखसम्म कमाउने लक्ष्य रहेको बताउँछन् । त्यस्तै त्रिपुरासुन्दरी नगरपालिकाकै जमानसिँह कठायत पनि विगत वर्षमा जस्तै यसपटक पनि यार्सागुम्बा टिपेर राम्रो आम्दानी गर्ने सुरमा छन् । पाटनमा पुगेर यार्सागुम्बा टिप्ने आफू एक्लैले दुई लाख रुपैयाँसम्म कमाउने लक्ष्य रहेको उनले बताए । यार्सागुम्बाबाट धेरैले राम्रो आम्दानी गर्न सकेपनि कतिपयले भने उल्टो नोक्सानी ब्यहोर्नुपर्दछ । यार्सागुम्बा टिप्ने समयमा पचासौँ हजारका उधारो सामान लिएर पाटन पुग्छन्, भनेजति यार्सागुम्बा नपाएपछि घरको अन्य आम्दानीबाट उधारो रकम चुक्ता गर्नु पर्दछ । त्यसो त यार्साको कमाइको साटो साहुसँग ऋण काढेर व्यापारीको उधारो चुक्ता गर्दा ऋणबाट माथि उठ्न नसकेका थुप्रै उदाहारण छन् ।

यार्साले बनायो सुनसान  यार्सारुपी सुन खोज्नु डोल्पालीको रहर नभई नियति नै हो । वर्षभरिको कमाइ गर्न हिमाली भेगमा पुग्नु उनीहरुको रोजगारी हो । त्यसो त यार्सागुम्बा टिपेर मनग्य आम्दानी गर्नका लागि गाँउबस्ती नै सुनसान पारेर डोल्पावासी यार्सागुम्बा पाटनको यात्रा तय गरिसकेका छन्् । यहाँका करेलीकाँडा, पहाडा, सुँ, ल्हा, माझफाल, रह, तल्लो डोल्पाका कालिका, नर्कु, इल, उपल्लो डोल्पाका साल्दाङ, भिजेर, मुकोट, फोक्सुन्डोलगायतका वस्तीहरु सुनसान छन् ।

पशु चौपायासहित दूधेबालक, सुत्केरीसहित पाटनतिर गएपछि यहाँका बस्तीहरु सुनसान बन्दै गएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय नैनानन्द देवकोटाले बताए । गाउँघरमा बृद्धबृद्धाबाहेक अरु कोही नभेटिने गरेपछि काम गर्ने मान्छे नपाउँदा जेठबाट सुरुहुने धान रोपाइ गर्नसमेत समस्या हुने गरेको देवकोटाले बताए । प्रतिगोटा रु ५०० देखि १५ सयसम्म पर्ने यार्सागुम्बा समयको प्रभाव छिमेकी जिल्ला रुकुम, जाजरकोटमा पनि धेरै पर्ने गर्दछ । यार्सागुम्बा समयमा रुकुम जाजरकोटबासी समेत घरमा ताला लगाएर परिवारसहित यार्सागुम्बा खोज्न डोल्पा पुग्छन् ।

मृत्यु जितेर कमाई  यार्सागुम्बा संकलन गर्नु सोचेजति सहज छैन् । हिमालका उच्च भू–भागसम्म पुग्नु मृत्युलाई जिते सरह हो । चार हजार मिटरभन्दा धेरै उचाइ भएका हिमाली पाटनमा मात्र पाइने यार्सागुम्बा संकलन गर्नु अत्यन्तै जोखिमपूर्ण कार्य हो । वर्षेनी थुप्रै सर्वसाधारणको चिसो र लेक लागेर मृत्यु हुने गर्दछ ।

यार्सागुम्बा पाइने हिमाली पाटनसम्म पुग्न अप्ठेरा र अनकन्टार भिरका बाटाहरु पार गर्नु पर्दछ । यार्सागुम्बा पाटन पुगिसकेपछि पनि भारी हिमपात, वर्षात्का बीच पनि दिनभर घुँडा धसेर खोज्नुपर्ने हुँदा अत्याधिक चिसोका कारण धेरैजना विरामी पर्ने र कतिपयको त निधनसमेत हुने गरेको त्रिपुरासुन्दरी–१ का कालुप्रसाद हमालले बताए ।

विद्यालय बन्द, कार्यालयको कामकाज प्रभावित  बहूमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्ने समय सुरु भएलगत्तै डोल्पाका अधिकांश विद्यालय बन्द भएका छन् । विद्यार्थी मात्र नभई शिक्षकहरु पनि यार्सा टिप्न पाटनतर्फ जाने भएकाले डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्दछन् । औपचारिक बिदा नभएपनि सम्पूर्ण विद्यार्थी यार्सागुम्बा पाटन जाने गरेरकाले विद्यालयहरु स्वतः बन्द हुने गरेको त्रिपुरा माविका प्रधानाध्यापक हेमराज हमालले बताए । त्यस्तै यार्सागुम्बा संकलनकाने समय सुरु भएसँगै जिल्लाका आठवटै स्थानीय तहमा सेवाग्राहीको चाप घटेको छ । सर्वसाधारण सबै यार्सागुम्बा टिप्न पाटन गएपछि सेवाग्राहीको चाप घटेको त्रिपुरासुन्दरी नगरपालिका प्रशासकिय अधिकृत भीम धरलाले बताए । त्यस्तै मुख्य बजारहरु समेत सुनसान बन्दै गएका छन् भने यार्सागुम्बा पाइने सयौँ पाटनहरु भने रङ्गीचङ्गी पालले रङ्गीएका छन् ।

तीनवटै सुरक्षा निकाय परिचालन  यार्सागुम्बा संकलनको समयलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तीनवटै सुरक्षा संयन्त्र परिचालन गरिएको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि सुर्खेतबाट ७५ जनाको सङ्ख्यामा सशत्र प्रहरी डोल्पा आइपुगेको छ । त्यस्तै १५० भन्दा धेरै प्रहरी परिचालन गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए । निकुञ्ज सुरक्षार्थ नेपाली सेना पनि तोइजुम, छेप्का, सुन्दरलगाएतका पोष्टहरुमा सेना बसिरहेको शे–फोक्सुन्डो निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेब चौधरीले बताए । यार्सागुम्बा सिजन अवधिभर हुने हत्या,हिंशा,लुटपाट,चोरी डकैटीलाई नियन्त्रण गर्नका लागि तीनवटै सुरक्षा निकाय परिचारलन गरिएको बताइएको छ । यतिखेर यार्सागुम्बाको कारोवारका लागि करोडौँ रुपैयाँ बोकेर ब्यापारीहरु डोल्पा भित्रने गर्दछन् । जिल्लाको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै त्रिपुराकोट, कालागौँडा लगायतका नाकाहरुमा प्रहरीले विशेष सर्तकता अपनाएको जिप्रका डोल्पाले जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies