Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

के हो सेक्सको लत या सेक्स एडिक्सन ?

\"\"कुनै पनि कुराको लत लग्नु राम्रो हैन।  चाहे त्यो रक्सीको होस् चुरोट खैनीको होस् या अन्य कुनै कुराको लत यसले मानिसको सामाजिक र व्यक्तिगत जीवनलाई ध्वस्त बनाइदिन्छ। लत जेको पनि हुन् सक्छ र कतिपय मान्छेमा सेक्सको पनि लत हुन्छ भन्ने सुन्दा तपाईं-हामीलाई अचम्म लाग्न सक्छ। सामान्यतयाः ‘सेक्स एडिक्सन’ या ‘यौनको लत’को बारेमा मानिसहरू खुलेर कुरा गर्न रुचाउन्नन। तर यस्तो प्रकारको लत लागेका मानिसले आफ्नो व्यक्तिगत, पारिवारिक एवं सामाजिक जीवन नै तहस नहस पारिदिन सक्छ। के हो त सेक्स एडिक्सन? सेक्स एडिक्सन एउटा गम्भीर मनोवैज्ञानिक समस्या हो। यौनेच्छा नियन्त्रणभन्दा बाहिर गएको खण्डमा यस्तो समस्या हुन जान्छ। यस्तो अवस्थामा मानिस प्रत्येक पल सेक्सको बारेमा मात्रै सोच्ने हुन्छ। हामीहरूको सामान्य बुझाई के रहेको हुन्छ भने पुरुषअरू मात्र सेक्स एडिक्ट हुने गर्दछन् तर यो सत्य भने होइन महिलाहरू पनि पुरुष जत्तिकै सेक्स एडिक्ट रहेको पाइएको छ। वास्तवमा सेक्समा रुचि राख्नु, यसमा अत्यधिक सक्रिय रहनु या एडिक्ट नै हुनु सबै फरक फरक फरक कुरा हुन्। यस्ता एडिक्टअरूले उसको गतिविधिले उसको व्यक्तिगत जीवन उसको परिवेश लगायत समाजलाई कस्तो असर पारिरहेको छ भन्नेबारे समेत ध्यान दिंदैन। कतिपय अवस्थामा यस्तो प्रकारको लातले मानिसलाई अवसादको चरम सीमासम्म लैजाने भएकाले उसले आत्महत्या जस्ता खतरनाक कदम समेत उठाउन सक्छ। यस्तो अवस्थालाई ‘अब्सेसिभ कंपल्सिभ डिसअर्डर’ भन्ने गरिन्छ। नेपालमा यसकोबारेमा अध्ययन भएको कुनै प्रमाण त भेटिन्न तर यस्तो प्रकारको समस्या नेपालमा नदेखिएको भने होइन। अब तपाईंको साथीमा पनि कतै यस्तो प्रकारको लत त छैन भन्ने कुरा थाहा पाउन केहि लक्षणहरूमा ध्यान दिनु पर्ने हुन्छ। कुरा लुकाउने यदि तपाईंको साथीले तपाईं बाट सानासाना कुरा लुकाइराखेको छ र कुनै पनि कुरामा आवश्यकता भन्दा बढी गोपनियता कायम गर्न खोजिराखेको छ भने त्यस्तो अवस्थामा केही समस्या आउन सक्छ। त्यस्तै भेटूँ भन्दा या फोन गर्दा अनेक थरि बहाना बनाएर कुरा लुकाएको जस्तो गरिराखेको छ भने पनि उसमा यस्तो लत लागेको हुन् सक्छ। तर यी लक्षणहरू देखिंदैमा तपाईंको साथी सेक्स एडिक्ट भइहालेको भने नहुन सक्छ। यसका केही अन्य लक्षणहरू पनि छन् जसको राम्ररी निरीक्षण गरेर मात्र निष्कर्षमा पुग्न सकिन्छ। सधैँ सेक्सकै बारेमा सोची रहनु  यदि तपाईंको साथीले जीवनका अरु अवश्यकीय पक्षहरूलाई नजरअन्दाज गरेर हरेक समय सेक्सकै बारेमा मात्र सोचिरहन्छ भने पनि ऊ सेक्स एडिक्ट भएको हुन् सक्छ। यस्तो व्यक्तिको मष्तिष्क सधैं अस्थिर रहने हुन्छ। सधैँ उत्तेजक साहित्य खोजी खोजी पढ्नु   \"\"यदि तपाईंको साथीले इन्टरनेटमा खोजी खोजी उत्तेजक तस्बिर या भिडियोहरू हेर्ने गर्छ भने पनि ऊ सेक्स एडिक्ट भएको हुन् सक्छ। यस्तो व्यक्ति पत्र-पत्रिकाहरू या इन्तार्नेत्मा हरेक समय ‘सेक्सुअली एक्सप्लिसिट’ भनेर व्हिनिएको विषय वस्तु कोजी खोजी हिँड्ने गर्दछ। विशेषज्ञहरूका अनुसार यदि दुई यौन साथीहरू सँगै त्यस्तो सामग्री हेर्छन् भने यसले तिनीहरूको सम्बन्धमा रोमांचकता ल्याउँछ तर यसको साटो यदि तपाईंको साथी एक्लै सबै कुरा बिर्सेर यस्तो सामग्री हेर्छ र त्यस बेला सबैलाई बिर्सिन्छ भने त्यो लक्षण भने कदापी ठिक होइन। उत्तेजक स्वैरकल्पना यस्ता मान्छेहरू उत्तेजक खालका कल्पनाहरूमा डुबिरहन्छन्। यस्ता कल्पनाहरू अवास्तविक र अति काल्पनिक सम्म हुने गर्दछन्। यस्तो खालको समस्या भएका मानिसहरू लामो समयसम्म अवास्तविक यौनिक कल्पनालाई वास्तविक मानिरहेका समेत हुन् सक्छन्। आपराधिक प्रवृत्ति यस्ता व्यक्तिहरूमा यौनजन्य अपराधहरू गर्ने प्रवृत्ति रहेको हुन्छ। उनीहरू मौका पाउनासाथ यौनजन्य हिंसामा प्रवृत्त हुन सक्छन्। विपरित लिंगीलाई जिस्क्याउने, अपशब्द प्रयोग गर्ने या आक्रमण गर्ने जस्ता काम यस्ता व्यक्तिबाट हुन् सक्छन्। जीवनप्रति उदासीनता यस्ता मानिसहरूमा सेक्सप्रतिको अत्यधिक चाहले गर्दा जीवनप्रतिको उदासीनता देख्न सकिन्छ। यसले गर्दा उसको दैनन्दिन जीवनका कामहरू रोकिने हुन सक्छन्। उसले घर या अफिसको काममा ध्यान नदिन सक्छ बरू ऊ हरेक समय यौनिक विषयवस्तु भएको साहित्य या श्रव्य-दृश्य सामग्रीमा भुलिरहेको हुन्छ। चरम यौन असन्तुष्टि यतो मानिसमा देखिने  एउटा लक्षण चरम यौन असन्तुष्टि पनि हो। जसका कारण उसका धेरै यौन सथीहरू हुन सक्छन् तर पनि उसले अन्य महिला या पुरुषसँग सम्बन्ध स्थापित गर्ने लोभ गरिराखेको हुन्छ। यस्ता मानिसहरूले आफु बसेको स्थानको मर्यादा केहो भन्ने समेत बिर्सेर यौनजन्य क्रियाकलापहरूको अपेक्षा गरिरहेका हुन् सक्छन् । साथै चरम यौन असन्तुष्टिकै कारण यस्ता मानिसहरू बारम्बार हस्त मैथुन गर्दा पनि सन्तुष्ट हुँदैनन् र आफ्नो साथीसँग पीडादायी यौन व्यवहार समेत गर्ने गर्दछन्। अस्थिर सम्बन्ध यस्ता मानिसहरूको यौन व्यवहार अस्थिर सम्बन्धहरूको शृंखला रहेको हुन्छ। उसले जतिबेला पनि जुनसुकै पनि अपरिचित व्यक्तिसँग यौन सम्बन्ध स्थापित गर्न हिच्किचाहट मान्दैन। उनीहरू चाँडो चांडो यौन साथीहरू बदलिरहन्छन्। र उनीहरूलाई सम्बन्धहरूमा यौन बाहेक अरु चीज नै देखिन्न।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies