Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सलमान खानलाई ‘घुँडा टेकाउने’ समुदाय

\"\"बियाबान मरूभूमिमा उनीहरू वन्यजन्तु र बोटबिरूवाका रक्षक हुन्।

बिश्नोइ समुदायका मानिसहरू वन्यजन्तु र बोटबिरूवाका लागि ज्यान दिन पनि तयार हुन्छन्। बलिवूड चलचित्र अभिनेता सलमान खानले कृष्णसार मारेको विवरण बाहिर आएपछि उनीहरू सडकमा उत्रिए। बिश्नोइ समाजका मानिसहरू आफ्ना आराध्य गुरू जम्भेश्वरले भनेका २९ वटा नियमहरूको पालना गर्दछन्। त्यसमध्ये एउटा नियम वन्यजन्तु र बोटबिरूवाको रक्षासँग सम्बन्धित छ। बिश्नोइ समाजका मानिसहरू मरूभूमिसम्म मात्रै सीमित छैनन्। उनीहरू राजस्थानबाहेक हरियाणा, पञ्जाब, उत्तर प्रदेश र मध्यप्रदेशमा पनि बस्छन्। जोधपुरबाट निर्वाचित पूर्वसांसद जसवन्त सिंह बिश्नोइ भन्छन्, \"हाम्रा संस्थापक जम्भेश्वज्यूले जीवप्रति दया गर्नुपर्ने शिक्षा दिनुभएको छ। \'जीवप्रति दया गर्नुपर्छ र बोटबिरूवाको रक्षा गर्नुपर्छ। यी कर्मबाट बैकुण्ठमा वास पाइन्छ, \'उहाँले भन्नुहुन्थ्यो।\" उक्त समुदायका मानिसहरू वन्यजन्तु र बोटबिरूवाका लागि शुरूदेखि नै राज्यसत्तासँग लड्दै आएका छन्। \"\" बिश्नोइ समाजका पर्यावरण कार्यकर्ता हनुमान बिश्नोइ भन्छन्, \"सन् १७८७ मा जोधपुर राज्यमा सरकारले रूख काट्न आदेश दिँदा बिश्नोइ समुदायका मानिसहरू विरोधमा उत्रिएका थिए। त्यतिबेला राजा अभय सिंहको शासन थियो।\" पूर्वसांसद बिश्नोइ भन्छन्, \"त्यतिबेलाको नारा थियो- यदि टाउको कटाएर रूख जोगाउन सकिन्छ भने त्यो पनि कम हुनेछ।\" उनका अनुसार त्यतिबेला रूख जोगाउने क्रममा जोधपुरको खेजडली र आसपास क्षेत्रका ३६३ जनाले आफ्नो ज्यानको बलिदानी दिए। तीमध्ये १११ जना महिला थिए। \"\" पूर्वसांसद बिश्नोइ भन्छन्, \"त्यो बलिदानीको सम्झनामा हरेक वर्ष खेजडलीमा मेलाको आयोजना गरिन्छ जहाँ बिश्नोइ समुदायका मानिसहरू आफ्ना पूर्वजले दिएको बलिदानीको स्मरण गर्छन्।\" गुरू जम्भेश्वरको जन्म सन् १४५१ मा भएको थियो। उनको जन्मस्थान बिकानेर जिल्लामा समरथल बिश्नोइ समुदायको तीर्थस्थल छ। त्यहाँ गुरू जम्भेश्वरको समाधिस्थल पनि छ, जहाँ प्रत्येक वर्ष मेलाको आयोजना गरिन्छ। बिश्नोइ समुदायबारे किताब लेखेका मुन्शी हरदयालका अनुसार उक्त समुदायका मानिसहरू गुरू जम्भेश्वरलाई भगवान् विष्णुको अवतार मान्छन्। \"\" बिश्नोइ समुदायका मानिसहरू मरेपछि कतिपयको शव गाडिन्छ भने कतिपयको दाह संस्कार गरिन्छ। मरूभूमिमा वन्यजन्तुको रक्षा गर्नुपर्नेमा बिश्नोइ समुदायका मानिसहरू अडिग रहिआएका छन् र हरिणको शिकार गर्ने मानिसहरूसँग बेलाबखत उनीहरूको भिडन्त भइरहन्छ। \"\" बिश्नोइ बहुल गाउँहरूमा कहिलेकाहीँ त हरिणको टुहुरो बच्चालाई महिलाहरूले स्तनपान गराइरहेको दृश्य पनि हेर्न पाइन्छ। पूर्वसांसद बिश्नोइ भन्छन्, \"यो जीवजन्तुप्रति बिश्नोइ समुदायका मानिसहरूको अटुट सम्बन्धको उदाहरण पनि हो।\" उसो त बिश्नोइ समुदायका मानिसहरू खेतीपाती र पशुपालनलाई जीविकोपार्जनको स्रोत मान्छन्। तर बदलिँदो समयसँगै कतिपयले व्यापारमा पनि हात हाल्न थालेका छन्। उक्त समुदायका हनुमान बिश्नोइ भन्छन्, \"गुरू जम्भेश्वरले पनि प्रकृतिलाई सम्मान गर्न शिक्षा दिनुभएको छ। हामी सह-अस्तित्वमा विश्वास गर्छौँ।\"\"मानव जीवन जति मूल्यवान छ त्यति नै प्रकृतिको रक्षा गर्न महत्त्वपूर्ण छ।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies