Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

युद्धविराममा सहमति जुटेन

\"\"सिरिया । सिरियामा मानवीय सहायता पुर्याउनका लागि युद्धविराम गराउने संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा प्रस्तुत प्रस्तावमा सहमति नभएको रूसले बताएको छ । संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भसिली नबेन्जियाले न्यूयोर्कस्थित परिषद्‌मा आफ्नो देशले उक्त प्रस्तावमा संशोधन प्रस्तुत गरेको बताएका हुन् । सिरियाको पूर्वी गुटास्थित विद्रोहीको घेराबन्दीमा रहेको क्षेत्रमा बमबारीका घटना चर्किँदा त्यहाँ युद्धविराम गर्नुपर्ने आवाजहरू बढिरहेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत भसिली नबेन्जियाले लोकप्रिय भन्दा पनि सम्भव हुने कदम चाल्न आह्वान गरे । तर पश्चिमा कुटनीतिज्ञहरूले भने सिरियाली सरकारलाई पूर्वी गुटामा कारवाही चलाइरहन सहयोग गरिरहेको रूसको युद्धविरामलाई पर धकेल्ने चतुर्याईँ भएको बताएका छन् । यसअघि सिरियाका लागि संयुक्त राष्ट्रसंघका क्षेत्रीय मानवीय संयोजक पानोस मुम्ट्सिसले घेराबन्दीमा रहेको क्षेत्रको अवस्था निकै दयनीय रहेको र त्यहाँ खाद्यान्न, पानी विजुलीको चरम अभाव रहेको बताएका थिए । कुवेत र स्वीडेनले देशव्यापी रूपमा सिरियामा एक महिनाका लागि युद्धविराम गर्ने गरी तयार गरेको मस्यौदा प्रस्ताव अघि सारेका हुन् । उनीहरूले उक्त प्रस्ताव पारित भएको ७२ घण्टाबाट युद्धविराम लागू हुने गरी मस्यौदा तयार पारेका छन्। र, त्यसको अर्को ७२ घण्टापछि घेराबन्दीमा रहेका क्षेत्रमा औषधि उपचार र सहायता सामाग्रीहरू पुर्याउन थालिन्छ । उक्त प्रस्ताव अनुसार देशभरका १२ सय ४४ समुदायका ५६ लाख मानिसहरू चरम अभावमा रहेका छन् । युद्ध विरामको प्रस्तावलाई ढिला नगरी तत्काल पारित गर्न अमेरिका, ब्रिटेन र फ्रान्सले आह्वान गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies