/  Fri, January 19, 2018

पुनर्निर्माण प्राधिकरणको प्रश्नः जग समेत नहाल्नेलाई दोस्रो किस्ता कसरी दिने ? प्राधिकरणको दुई वर्ष निराशाजनक

फाइल फोटो

काठमाडाैं । निजी आवास निर्माणका लागि पहिलो किस्ता लिएका तर यो महिनाको अन्त्यसम्म दोस्रो किस्ता लिनका लागि प्रकृयामा नआएका भूकम्प पीडितलाई थप समय नदिइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । गत वर्षको पुस मसान्तसम्ममा पहिलो किस्ता लिएकाहरुलाई यो वर्षको पुसभित्र अन्तिमसम्म दोस्रो किस्ता लिनका लागि प्रकृयामा आउन समयसीमा तोकिएको थियो ।

त्यस अवधिमा दोस्रो किस्ताको माग गर्नुपर्ने करिब साढे ४ लाख पीडित परिवारमध्ये हालसम्म आधाजति पनि प्रकृयामा नआएको बताइएको छ ।

प्राधिकरणको दुई वर्ष ‘निराशाजनक’
भूकम्प पछिको तेस्रो वर्षको हिउँदसम्म पनि भूकम्प पीडितमध्ये सरकारी अनुदानबाट र सरकारबाट एकमुष्ट अनुदान लिनेगरी आफ्नो घर बनाइ सकेकाहरुको संख्या १ लाख पनि पुगेको छैन । २ लाखको हाराहारीमा घरहरु बन्दै गरेको तथ्याङक पुनर्निर्माण प्राधिकरणसँग छ ।

तर पहिलो किस्ता लिएका र दोस्रो किस्ता लिनका लागि पुस मसान्तसम्मको समय सीमा तोकिएका साढे चार लाख पीडितमध्ये १ लाख ८३ हजारले मात्रै दोस्रो किस्ता लिन आवेदन दिएको प्राधिकरणले जनाएको छ । अब उनीहरुलाई दोस्रो किस्ता लिन समय थप नगर्ने मनस्थितिमा आफूहरु पुगेको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

‘किन चुप ?’
भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणका सहायक प्रवक्ता भीष्म भुसालले भने, “पैसा लिएर गएर १ वर्षसम्म जगसम्म पनि नहाल्ने परिवारका लागि सरकारले कुरेर बस्ने भन्ने हुँदैन । सरकारले पैसा र प्राविधिक सहयोग गर्दा पनि कोही १ वर्षसम्म चुप लाग्छ भने उसलाई घर आवश्यक छैन भनेर बुझ्नुपर्ने हुन्छ ।”

पीडित मध्ये कसैले सरकारले उपलब्ध गराउनुपर्ने प्राविधिक लगायतका सुविधा नपाएका कारण काम अगाडी बढाउन नसकेको पुष्टि गरेमा भने प्रकृयामा ल्याउन सकिने बताइएको छ ।

तर त्यसबारेमा थप निर्णय भने पहिले प्रधानमन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिले गर्ने छ । सहायक प्रवक्ता भुसालले असार मसान्तसम्म पहिलो किस्ता लिएकाहरुका लागि भने दोस्रो किस्ता लिने समय अझै रहेको बताए ।

उनले भने, “गएको असार मसान्तभित्र पहिलो किस्ता लिएकाले पनि चैत मसान्तसम्म घरको जग बसालेर दोस्रो किस्ताको दाबी गरिसक्नु पर्ने हुन्छ ।” लाभग्राहीको सूचीमा रहेका मध्ये झन्डै १ लाख मानिसहरु पहिलो किस्ताको रकमका लागि गरिनुपर्ने सम्झौता नै गर्न आएका थिएनन् ।

दोस्रो किस्ता वितरणपछि पीडित परिवारको संख्या अझै घट्ने बताइएको छ । प्राधिकरणले शुरुमा झन्डै पौने आठलाख परिवारलाई लाभग्राहीको सूचीमा राखेको थियो ।

पुस २९ गते, २०७४ - ०८:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेयरकप क्रिकेटः त्रिपुरा विजयी

मेयरकप क्रिकेटः त्रिपुरा विजयी

बैतडी । दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिपुरा...   
राप्रपाको सिंगो समिति नै एमालेमा विलय

राप्रपाको सिंगो समिति नै एमालेमा विलय

सल्यान । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपा एमाले सल्यानमा विलय भएको छ । सदरमुकाम...   
गुडिरहेको बसमा आगलागी हुँदा ५२ को मृत्यु

गुडिरहेको बसमा आगलागी हुँदा ५२ को मृत्यु

काजकिस्तान । उत्तरपश्चिम काजकिस्तानमा बिहीबार भएको सडक दुर्घटनामा ५२ व्यक्तिको मृत्यु भएको छ । यात्रामा...   
सातै प्रदेश प्रमुखका नागरिकता जाँच्दै राष्ट्रपति कार्यालय

सातै प्रदेश प्रमुखका नागरिकता जाँच्दै राष्ट्रपति कार्यालय

काठमाडौं । बुधबारको मन्त्री परिषद बैठकले चयन गरेका सातै प्रदेशका प्रमुखहरुको नागरिकता र व्यक्तिगत...   
हजुरबुवासँग खेलिरहेका आठ वर्षीय बालकलार्इ प्रहरीले गोली हानि मारेपछि…

हजुरबुवासँग खेलिरहेका आठ वर्षीय बालकलार्इ प्रहरीले गोली हानि मारेपछि…

सांकेतिक फोटो भारत । भारतको उत्तर प्रदेशमा आफ्नै आँगनमा हजुरबुवासँग खेलिरहेको एकजना आठ वर्षीय बालक...   
३२ एयरलाइन्सबाट बक्यौता तिर्न अटेर

३२ एयरलाइन्सबाट बक्यौता तिर्न अटेर

काठमाडौं । विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले...   
प्रचण्ड र सुमार्गीको सम्बन्धबारे मुख खोलिन पम्फा भुसालले, पार्टी एकताबारे यसो भन्छिन्

प्रचण्ड र सुमार्गीको सम्बन्धबारे मुख खोलिन पम्फा भुसालले, पार्टी एकताबारे यसो भन्छिन्

काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले व्यवसायी अजेयराज सुमार्गीको आफ्नो पार्टीका...   
संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भयोः प्रधानमन्त्री

संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भयोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा निर्माण...   
कांग्रेसमा भाँडभैलो, नेता गिरीद्वारा केन्द्रीय समिति बैठक बहिष्कार

कांग्रेसमा भाँडभैलो, नेता गिरीद्वारा केन्द्रीय समिति बैठक बहिष्कार

काठमाडौं । प्रदेश राजधानीको विषयमा नेपाली कांग्रेमा भाँडभैलो सुरु भएको छ। ५ नम्बर प्रदेशको राजधानी...   
धनकुटामा अनिश्चितकालिन कर्फ्यू

धनकुटामा अनिश्चितकालिन कर्फ्यू

धनकुटा । धनकुटा तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top