/  Tue, September 25, 2018

डा.बाबुराम पुनः माओवादी केन्द्रमै फर्कने !

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कने तयारीमा रहेको खुलासा भएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आफूलाई भेट्न पुगेका केही नेताहरुसँगको भेटमा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल)ले उक्त कुराको खुलासा गरेका हुन् ।

उनले नेताहरुसँगको भेटमा आफ्नो केही समयदेखि डाक्टर भट्टराईसँग पार्टी एकता बारेमा बृहत छलफल भएको बताएपछि उक्त खुलासा भएको हो ।

भेटमा बादलले आफ्नो एकमहिनादेखि भट्टराईसँग विशेष कुराकानी भएको भन्दै छिट्टै पार्टी एकता गर्ने सहमति नजिक रहेको जानकारी दिएका हुन् ।

पाँच ‘स’ को अवधारणा सहित गठन गरिएको नयाँशक्ति स्थापना भएको एक वर्षमै त्यहाँ रहेका थुप्रै चर्चित नेताहरुले पार्टी परित्याग गरेपछि भट्टराईको बैकल्पिक शक्ति बनाउने अभियान त्यतिकै विफल भएको थियो । नेपाली कांग्रेससँग मिलेर गोरखाबाट चुनाव जितेका भट्टराईको पार्टी समानुपातिक तर्फ तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन ।

दुई दिन अघि कास्कीमा सकिएको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले पार्टी एकताबारेमा ठोस निर्णय नगरेपनि माओवादी केन्द्रसँग भट्टराई नजिक भएर गतिविधि सञ्चालन गरिरहेका थिए । केही दिन अघि मात्रै भट्टराई माओवादी अध्यक्ष प्रचण्डलाई नयाँ निवास खुमलटार पुगेर भेट गरेका थिए ।

भेटमा भएका सबै कुरा सार्वजनिक नगरिए पनि प्रचण्डले राष्ट्रिय शक्तिमा आउन आग्रह गरेका थिए । बादलले भट्टराईलाई पार्टी एकता गराए त्यो उनको जीवनको लागि ठूलो सफलता हुने विश्लेषण गरिएको छ ।

पुस २३ गते, २०७४ - ०९:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

आहा ! पाखामा स्वास्थ्य चौकि भवन, स्थानीयमा खुसीयाली

सिन्धुपाल्चोक ।  बाह्रविसे नगरपालिका ४ अगेरी पाखामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । स्वास्थ्य...   

केरूङबाट अाएको ३ किलो सुनसहित २ जना पक्राउ

काठमाडाैं । प्रहरीले रसुवाको केरुङ नाकाबाट तस्करी भएर काठमाडाैं भित्रिएको ३ किलो सुनसहित दुई जना...   

दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि खुल्ने

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघको बैठकले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि ९ गतेबाट खुलाउने...   

झापामा घुमाउन लगेका मामाले भान्जिलार्इ बलात्कार गरेपछि…

झापा । यहाँका एक युवक चार वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका-१३...   
कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालनमा

काठमाडौँ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते...   
चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो,  अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चीनले अमेरिकासँग वार्तालाई रद्द गर्यो, अमेरिकाले व्यापार युद्ध थाल्यो-चीन

चिनियाँ सामानहरूमाथि नयाँ चरणको अमेरिकी कर कार्यान्वयनमा आएको छ। दुई ठूला आर्थिक महाशक्तिबीचको व्यापार...   

अर्जुननरसिंह केसीले भने-पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित...   

प्रदेश-२ को सरकारले गर्यो यस्तो निर्णय

जनकपुरधाम । प्रदेश नं २ को प्रदेश सरकारले हरित प्रदेश योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...   

तल्ला कमिटीको एकताबारे यसो भन्छन् भीम रावल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश नं ७ का इञ्चार्ज भीम रावलले...   

शिक्षकको परीक्षा, विद्यालय एक साता बन्द

डडेल्धुरा । शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै विद्यालय बन्द गरिएका छन् । प्रायः सबै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top