Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

समानुपातिकमा एमाले पहिलो

 

\"\"इलाम । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ पहिलो बनेको वाम गठबन्धनकै एउटा घटक नेकपा (एमाले) समानुपातिकतर्फको मतगणनामा पनि पहिलो भएको छ । अन्तिम नतिजाअनुसार ६१ हजार ६३० मतसहित समानुपातिकमा एमालेकै अग्रता रहेको हो ।

दोस्रो स्थानमा नेपाली काँग्रेसले ४२ हजार ३९२ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले सात हजार २२६ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेले ३१ हजार २४७ र क्षेत्र नं २ मा ३० हजार ३८३ मत प्राप्त गरेको हो । त्यस्तै, नेपाली काँग्रेसले प्रतिनिधिसभा क्षेत्र नं १ मा १७ हजार ७०६ मत र क्षेत्र नं २ मा २४ हजार ६८६ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन हजार २०४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा चार हजार २२ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले निर्वाचन क्षेत्र नं १ मा एक हजार ७९० र क्षेत्र नं २ मा एक हजार ५६७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा क्षेत्र नं १ मा दुई हजार २२१, क्षेत्र नं २ मा ३५९ मत प्राप्त गरेको छ । नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधिसभा क्षेत्र नं १ मा २१२ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १०५ मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा एमालेले १५ हजार ३५२, नेपाली काँग्रेसले सात हजार ८५१ र माओवादी केन्द्रले एक हजार ५६८ मत प्राप्त गरेको हो । प्रदेशसभा क्षेत्र नं १ (ख) मा एमालेले १४ हजार २४०, नेपाली काँग्रेसले आठ हजार ७५२ र माओवादी केन्द्रले एक हजार ९७३ मत प्राप्त गरेका छन् । प्रदेशसभा क्षेत्र नं २ (क) मा एमालेले १६ हजार २०२, नेपाली काँग्रेसले १४ हजार ३११ र माओवादी केन्द्रले दुई हजार १८४ मत प्राप्त गरेका छन् । प्रदेशसभा क्षेत्र नं २ (ख) मा एमालेले ११ हजार ८७१, काँग्रेसले आठ हजार ९६१ र माओवादी केन्द्रले दुई हजार ९६७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए । इलाममा दुई लाख चार हजार ४६ मतदाता रहेका थिए । यहाँ प्रदेशसभा क्षेत्र नं १ मा ६४ हजार ४७९ मत खसेको थियो भने चार हजार ५३० मत बदर भएको थियो । प्रदेशसभा–२ मा ६९ हजार ७४८ मत खसेको थियो भने तीन हजार ५३७ मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामका सबै स्थानमा वाम गठबन्धनले एकलौटी विजय हासिल गरिसकेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies