Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

चुनाव हारेपछि बामदेबले निकाले यस्तो विज्ञप्ति

\"\"बर्दिया । बर्दिया १ बाट एमाले बरिष्ठ उपाध्यक्ष बामदेव गौतमले पराजित भएका छन् । निर्वाचन परिणाम सार्वजाकि भएको केहि समयमै उनले एक विज्ञप्ति जारी गर्दै आफु राजित हुनुपरेपनि वामगठबन्धनको विजयले हर्षित बनाएको बताएका छन्। विज्ञप्ति निरन्तरको संघर्ष र बलिदानपछि नेपाली जनताले समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रको संवैधानिक प्रत्याभूति प्राप्त गरेका छन्। २०७२ सालमा नयांँ राजनीतिक व्यवस्थाको रुपमा यसलाई संविधानभित्र समेटिएको छ र त्यसको कार्यान्वयनकै प्रकृयामा अगाडि बढ्दै हामीले स्थानीय निर्वाचन, संघीय प्रतिनिधिसभा र प्रदेशसभाको समेत निर्वाचन सम्पन्न गरिसकेका छौं। देशभित्रैबाट र संसारका कतिपय प्रभुत्ववादी एवं साम्राज्यवादी शक्तिले नेपाली जनताले प्राप्त गरेको यो महत्वपूर्ण उपलब्धिलाई बीचैमा निमोठ्ने र असफल बनाउने दुश्प्रयासहरु गरेता पनि नेपाली जनताको एकताले त्यस्ता प्रयासलाई सहजै निस्तेज बनाइदिएका छन्। हामी पूर्णरुपमा सफलताका खुड्किला चढ्दै अगाडी बढिरहेका छौं। वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले आगामी दिनमा लोकतान्त्रिक अभ्यासमार्फत् देशलाई विकास र समृद्धिको पथमा अगाडी बढाउन ढोका खुलेको छ। म वामगठबन्धनको एउटा प्रमख सूत्रधारको हैसियतले गठबन्धनले प्राप्त गरेको यो अपार सफलताबाट ज्यादै हर्षित छु। म व्यक्तिगत रुपमा पराजित हुन परे पनि मेरो पार्टी र समग्र वामगठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन। जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाध प्यार र विश्वासले मलाई अत्यन्त उत्साहित बनाएको अनुभूति भइरहेको छ। यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु। यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैँ, उत्तिकै र अझ उर्जाका साथ लागि पर्ने विश्वास पनि दिलाउन चाहन्छु। एउटा कम्युनिष्ट पार्टीको जिम्मेवार नेताको हैसियतले आगामी दिनमा सामाजिक न्याय, समानाता र समुन्नतिका लागि मैले गर्नसक्ने धेरै काममा मेरो उत्साहपूर्ण सहभागिता रहनेछ र राष्ट्र, राष्ट्रियता र जनताको हितमा मेरा पाइला सदैव अग्रगामी बनिरहनेछन् भन्ने विश्वास पनि सबै शुभचिन्तक एवं सर्वसाधारण जनतामा दिलाउन चाहन्छु। बर्दिया क्षेत्र नम्बर १ का मतदाता एवं सम्पर्ण जनता, जसले मलाई मत दिनुहुने तथा मप्रति सद्भाव राख्ने सम्पूर्ण जिल्लावासी बुवा–आमा, दाजुभाई तथा दिदी बहिनीप्रति म आभार व्यक्त गर्दै उहाँहरुको इच्छा, आकांक्षा तथा विकासका कैयन आवश्यकता परिपूर्ती गर्नमा मेरो निरन्तर प्रयत्न भइरहनेछ। म सदैव तपाईंहरुको प्रतिनिधिकै रुपमा क्रियाशील भइरहनेछु भन्ने विश्वास दिलाउन चाहन्छु। आगामी दिनमा वामगठबन्धनले प्राप्त गरेको यो अपार विजयले हामी सबैको काँधमा धेरै जिम्मेवारी र चुनौती थपिदिएको मैले महसुस गरेको छु। नेपाली जनताले वामगठबन्धनप्रति देखाएको यो अतुलनीय विश्वासलाई रत्तिभर पनि निराश हुन नदिने गरी सबै चुनौतीको सामना गर्न मेरो पार्टीका सहयोद्धा कमरेडहरु र समग्र बाम गठबन्धनका सहयात्री कमरेडसँग काँधमा काँध मिलाई अगाडि बढिरहनेछु भन्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु। अन्त्यमा, यो जनविश्वासलाई बाम गठबन्धन वा कम्युनिष्टहरुको पक्षमा दीगो बनाई रहनका लागि र शदियौँसम्म नेपाल राष्ट्रको पुँजीको रुपमा यसलाई बचाइरहन सबैतिरबाट आवश्यक सहयोगको अपेक्षा पनि गर्दछु । वामदेव गौतम उपाध्यक्ष नेकपा (एमाले), केन्द्रीय कमिटी अध्यक्ष, अखिल नेपाल किसान महासंघ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies