Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

दमननाथ ढुंगाना भर्सेस महेश बस्नेतः फरक फरक कार्यसूची

\"\"भक्तपुर । आगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ भक्तपुर क्षेत्र नं २ बाट प्रतिस्पर्धामा उत्रिएका नेताहरुका कारण यो क्षेत्र चर्चामा आएको छ ।

पूर्वसभामुख, पूर्वमन्त्री र पूर्वसांसदबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा तीनै उम्मेदवारले फरक फरक कार्यसूची लिएर मतदातासँग मत मागिरहेका छन् । यस क्षेत्रमा यसअघि नेपाल मजदुर किसान पार्टी र नेपाली काँग्रेसले आलोपालो बाजी मार्दै आएका थिए । काँग्रेसबाट पूर्वसभामुख एवं मानवअधिकारवादी दमननाथ ढुंगाना, एमालेका युवा नेता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेत र नेमकिपाबाट समानुपातिक सांसद भइसकेकी सुश्री अनुराधा थापा मगर चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारका कारण मात्र होइन पछिल्लो समयमा उम्मेदवारले ल्याएको कार्यसूचीका बारेमा समेत यस क्षेत्र मतदातामाझ चर्चामा पुगेको छ । छयहत्तर वर्षीय ढुंगानाले मतदातामाझ आफूलाई कुचीकार उम्मेदवारका रुपमा उभ्याउनुभएको छ । उहाँ राजनीतिमा साह्रै फोहर बढेकाले त्यसलाई सफा गर्न राजनीतिक कुचो लिएर आफू आएको बताउँछन् । ढुंगाना भन्छन् “देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहरी खेलको सफाइ गर्नुपर्छ, मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कुचो बोकेर आएको कुचीकारका रुपमा बुझ्नुस्, म पहिला राजनीति सफाइ गर्छु, अनि विकास ।” एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी नै नगरे पनि नाकाबन्दी ग¥यो भनेर गलत हल्ला गरी राष्ट्रवादको गलत नारा लगाएको टिप्पणी गर्दै उहाँले देशलाई गलत बाटाबाट जान रोक्न विशेष परिस्थितिमा आफू भक्तपुरमा उम्मेदवार भएर आएको बताए । यता एमालेका उम्मेदवार ४१ वर्षीय बस्नेत भने आफ्नो उम्मेदवार भक्तपुरको विकासका लागि भएको बताउँछन् । यसअघिको संविधानसभाको निर्वाचनमा काँग्रेससँग पराजित बस्नेतले आफूले अधिकांश समय भक्तपुरको विकासमा चासो दिएर अग्रसर भएको बताउँदै अबको पाँच वर्षमा जिल्लालाई चौतर्फी विकास गरिने दृढता व्यक्त गरे । वर्षांैदेखि विकासमा पछि परेको भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने, गाउँगाउँमा सडक, खानेपानी, सञ्चार, स्वास्थ्य संस्था पु¥याइने, आधुनिक सुविधासम्पन्न शहरको विकास गर्ने उनको कार्यसूची छ । बस्नेत भन्छन्“ मैले भूकम्पमा घर भत्किएका छ हजारभन्दा बढी पीडितलाई लत्ताकपडा, खाद्यान्न, नगददेखि जस्ताको टहरा बनाइदिएर सहयोग गरेँ, पार्टी अध्यक्ष ओली प्रधानमन्त्री हुँदा र म उद्योगमन्त्री हुँदा भक्तपुरमा रु पाँच अर्बको बजेट ल्याएर विकासका काम शुरुवात गरेँ, अबको पाँच वर्षमा भक्तपुरलाई विकासबाट सम्पन्न जिल्ला बनाउने मेरो एजेण्डा छ ।” प्रतिस्पर्धामै रहेकी नेमकिपाकी उम्मेदवार ३६ वर्षीया मगरको पनि फरक कार्यसूची छ । उनीसँग राजनीतिक सफाइ र विकासका कार्यसूचीभन्दा पनि सिद्धान्तका कार्यसूची बढी छन् । देशमा समाजवादले ल्याउने परिवर्तन र पूँजीवादले ल्याउने संकट, धनी र गरिबबीचको बढ्दो खाडल र वैदेशिक हस्तक्षेपविरुद्ध चाल्नु पर्ने कदमका कार्यसूची लिएर उनी मतदातामाझ पुगेकी छिन् । उनी देशमा भ्रष्टाचारी, देशद्रोही, बलात्कारीजस्ता अपराधीलाई फाँसीको कानून ल्याउनुपर्ने बताउँछन् । त्रिपक्षीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा यस पटकको निर्वाचनमा ढुंगाना, बस्नेत वा मगर कसले बाजी मार्ला भन्ने चासो र चर्चा चौतर्फी बढेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies