निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम एक हप्ताभित्र आइसक्नेः प्रमुख आयुक्त यादव
मंसिर १ गते, २०७४ शुक्रवार 17th November, 2017 Fri१५:४८:०६ मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने जनाएको छ । मतगणनास्थल सकेसम्म विद्यालयमा नराखी पाँच दिनभित्र निर्वाचनका मतपरिणाम सार्वजनिक गर्ने आन्तरिक तयारीमा आयोग जुटेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने “प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम बढीमा एकहप्ताभित्र आइसक्ने छ, छिटोभन्दा छिटो मतपरिणाम सार्वजानिक गर्न मतगणनास्थलमा मतगणकको आवश्यक व्यवस्थामा मिलाईएको छ ।”
शिक्षासित सम्बद्ध विभिन्न नौ संघसंस्थाद्वारा आज यहाँ आयोजित शान्ति क्षेत्रका लागि नागरिक अपिलमा आफ्नो लिखित प्रतिबद्ध व्यक्त गर्दै अन्य भौतिक संरचना नभएका कारण विद्यालयमा मतदानस्थल राख्नुपर्ने आयोगसित बाध्यता रहेको बताए ।
उनले राजनीतिक दलले निर्वाचनका सन्दर्भमा विद्यालयमा आमसभा, अन्तक्र्रिया, भोजभतेरजस्ता कार्यक्रम राख्न आचारसंहिताले प्रतिबन्ध लगाएको चर्चा गर्दै यसको प्रभावकारी कार्यान्वयन आयोगले गरिराखेको छ भने ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने कुरा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाइसकेका विषय हुन्, अब कार्यान्वयनको खाँचो मात्र रहेको उल्लेख गर्नुभयो ।
“अभिभावक, शिक्षक/शिक्षिकाले आफ्ना बालबालिकालाई राजनीतिक दलको सभा, जुलुस, ¥यालीमा जानु हुँदैन, विद्यालयमा यस किसिमका गतिविधि पनि गर्नुहुन्न भन्ने कुरालाई प्रभावकारी रुपमा भन्नुपर्छ”, उनले भने ।
विसं २०६८ जेठ ११ गते विद्यालय शान्ति क्षेत्र घोषणामा राजनीतिक दलले आफ्नो प्रतिबद्धता जनाएका थिए । ११ बुँदे अपिलमा विद्यालय परिसरभित्र तथा पठनपाठनलाई असर पर्ने गरी विद्यालय आसपासमा राजनीतिक गतिविधि नगरौँ, विद्यालय उमेर समूहका बालबालिकालाई राजनीतिक दलको सभा, जुलुस तथा ¥यालीमा स्वयंसेवकका रुपमा प्रयोग नगरौँ, विद्यालय हाताभित्र हातहतियार प्रदर्शन गर्न, भण्डारण गर्न पूर्णरुपमा निषेध गरौँ, विद्यालयको स्रोत साधन राजनीतिक दलका लागि प्रयोग नगरौँलगायत छन् ।
ती प्रतिबद्धतापत्रमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्माले स्थानीय निकायका निर्वाचनमा १८ जिल्लामा निर्वाचन आचारसंहिता विपरीत निर्वाचनमा विभिन्न सन्दर्भमा बालबालिकाको प्रयोग भएको आयोगको अनुगमनमा भेटिएको जानकारी दिए ।
शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले निर्वाचनका समयमा विद्यालय र बालबालिकालाई कम प्रभाव पर्न विभागले ध्यान दिएको चर्चा गर्दै निर्वाचनका समयमा दिइने बिदालाई हिउँदे/बर्खे बिदाबाट कटौती गर्न निर्देशन दिइएको बताए ।
शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले वर्षमा २२० दिन विद्यालय खुल्नुपर्छ र १९२ दिन निर्धक्करुपमा बालबालिकाले पढ्न पाउनुपर्छ भन्ने कुरामा मन्त्रालय सचेत रहेको चर्चा गर्दै प्राकृतिक र मानव सिर्जित समस्याले विद्यालयको पठनपाठनमा आधा आउने गरेको उल्लेख गरे ।
कार्यक्रममा नेकाका प्राडा जगत तिमल्सिना, नेकपा –एमाले)का सावित्री भुसाल, माओवादी केन्द्रका नारायण शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका जयन्त लामाले विद्यालयलाई शान्ति क्षेत्र बनाउन आफूृहरु प्रतिबद्ध रहेको बताए ।
सो अपिल जारी गर्ने संस्थाहरुमा शिक्षाका लागि राष्ट्रिय अभियान, बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान, नेशनल एक्सन एण्ड कोओर्डिनेटिङ ग्रुप, शिक्षा पत्रकार सञ्जाल, शिक्षा पत्रकार समूह, विद्यालय व्यवस्थापन समितिलगायतका छन् ।
सो अवसरमा शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहालले निर्वाचनका समयमा बालबालिकालाई प्रयोग गर्न नहुने आचारसंहितालाई दलहरुले उल्लंघन गरिरहेको चर्चा गरे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: