Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

चितवन-३ मा चुनावी रोचकः काँग्रेस फकाउँदै प्रचण्ड, एमाले फकाउँदै पाण्डे

\"\"चितवन । राष्ट्रियरुपमा चर्चामा रहेको चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एक अर्काको गठबन्धनको मत तान्न लागि परेका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्ड काँग्रेस फकाउँदै छन् भने पाण्डे एमाले फकाउँदै छन् । काँग्रेस र एमालेबाट सो क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवार छैनन् । आफ्नो गठबन्धन बाहिरको मत तान्न सकेमा जित सुनिश्चित हुने भन्दै उनीहरु एक अर्काको गठबन्धनबाट मत तान्न लागि परेका हुन् । काँग्रेस निकट बुद्धिजीवी प्रा डा सूर्यकान्त घिमिरे माओवादी अध्यक्ष दाहालकी पुत्री रेनु दाहाललाई भरतपुर महानगरमा प्रमुख बनाउँदा काँग्रेसको सहयोग रहेकाले पुनः सहयोग मिल्न सक्ने अपेक्षा प्रचण्डको रहेको बताउँछन् । काँग्रेसले चुनावमा राप्रपाका उम्मेदवार पाण्डेलाई चुनाव चिह्न रुख लिन आग्रह गरेका थिए । पाण्डेले एमालेको मत पनि आफूले पाउने भएकाले त्यो अस्वीकार गरेका कारण स्थानीय निर्वाचनमा रुष्ट बनेका एमालेका केही मत पाण्डेले पाउन सक्ने घिमिरे बताउँछन् । वाम बुद्धिजीवी रमाकान्त सापकोटा प्रचण्डले काँग्रेसबाट पाउने मत र पाण्डेले एमालेबाट पाउने मत बराबर नै हुने अनुमान गर्छन् । परिणाम भविष्यवाणी गर्न नसकिए पनि गठबन्धनको मत यताउता जाने संख्या बराबरी नै हुने उनी बताउँछन् । स्थानीय तहको निर्वाचनमा चिढिएको एमालेले निर्वाचन पेचिलो हुने हुँदा निर्वाचनको दिनसम्ममा दाहाललाई मतदान गर्ने उनले बताए । भरतपुर महानगरपालिकाको निर्वाचनमा पराजित भएका एमालेका उम्मेदवार देवी ज्ञवाली अहिले प्रचण्डलको चुनावी प्रचारमै छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी सभाहरुमा काँग्रेसलाई फकाउनमै समय बिताउने गरेका छन् । अधिकांश उनको भाषणमा बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको उद्देश्य प्राप्तिका लागि आफू लागिपरेको बताउँदै आएका छन् । शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू भएको भन्दै उनले अर्काे हस्ताक्षरकर्ता कोइरालाको सपना आफैँले मात्रै साकार गर्न सक्ने भन्दै भोट माग्दै आएका छन् । काँग्रेसप्रति उनको गुनासो छ, “कि त आफ्नै उम्मेदवार हुनुपथ्र्याे, होइन भने गणतन्त्रविरोधी राप्रपालाई समर्थन गर्न हुँदैनथ्यो ।” यता पाण्डे पनि एमाले फकाउनमा आफ्नो समय खर्चिंदै आएका छन् । हिजो छोरी जिताउने काँग्रेसलाई छाडेर एमालेको साथ लिन आएका दाहालले एमालेलाई पनि छाड्ने हुँदा सजग हुन एमालेलाई पाण्डेले अपिल गर्दै आएका छन् । निर्वाचनपछि दाहालले एमालेलाई छोड्ने पाण्डेले बताउँदै आएका छन् । प्रचण्डका मुख्य प्रतिस्पर्धी पाण्डे राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष एवं वन तथा भू–संरक्षण मन्त्री छन् । तत्कालीन क्षेत्र नं ४ र ५ मिलाएर बनाएको हालको क्षेत्र नं ३ मा पाण्डे पुनः काँग्रेसको समर्थनमा निर्वाचन लड्दै छन् । विसं २०७० मा तत्कालीन क्षेत्र नं ४ मा काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले दोब्बर मत ल्याएर विजयी भएका थिए । काँग्रेसको सुरक्षित स्थान खोज्दै कोइराला त्यो समयमा चितवन आउनुभएको हो । तत्कालीन क्षेत्र नं ५ बाट पाण्डे विजयी हुनुभएको थियो । विसं २०७० को निर्वाचनमा काँग्रेस र राप्रपाले एक/एक सिट जितेको थियो । तर गत स्थानीय निर्वाचनमा भने यो ठाउँमा वामपन्थीहरुले प्राप्त गरेको मत धेरै छ । क्षेत्र नं ३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वडा पर्छन् । गत स्थानीय तहको १९ वडाको मत हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा काँग्रेसको मत बढी छ । १९ वडामध्ये पाँचवटा एमालेले, तीनवटा माओवादी केन्द्रले तथा ११ वटा वडा काँग्रेसले जितेको छ । भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत तीन हजार ८७२ थप्दा १७ हजार ५०८ हुन आउँछ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १३० र माडी नगरपालिकाको मत तीन हजार ८२६ थप्दा २४ हजार ९५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वाम गठबन्धनको मत ४२ हजार ४६४ हुन्छ । यता भरतपुर महानगरका १९ वटा वडाको काँग्रेसको मत २३ हजार २३७ छ । माडी नगरपालिकामा काँग्रेसले ल्याएको मत तीन हजार ८२९ हो । काँग्रेसको कूल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत आठ हजार ३४१ जोड्दा ३५ हजार ३०७ हुन्छ । वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा सात हजार मतले अगाडि छ । स्थानीय तहको निर्वाचनपछि जिल्लामा ४१ हजार ३३ मत थपिएका छन् । पछि थप भएका मतमध्ये क्षेत्र नं ३ मा बढी भएको भनिए पनि छुट्टिन सकेको छैन । समग्र मतलाई हेर्दा दुवै उम्मेदवार तेस्रो र चौथो दलका रुपमा रहेका छन् । पहिलो काँग्रेस छ भने दोस्रो एमाले छ । वाम गठबन्धनको मत सुरक्षित गर्न सके दाहाल विजयी हुने देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको मत सुरक्षित गर्दै एमालेका मत तान्न सकेमा पाण्डे विजयी हुने देखिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies