Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सिन्धुपाल्चोकबाट ह्याट्रिक गर्दै अग्नीप्रसाद सापकोटा

\"\"काठमाडौं । माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागी उम्मेद्वार बनेका छन् । उनी यतिबेला सिन्धुपाल्चोकका बिकट बस्तीमा चुनावी अभियानमा व्यस्त छन् । २०६४ सालमा भएको पहिलो संबिधान सभाको निर्बाचनमा सहजै जितेका सापकोटालाई २०७० मा चुनाव जित्न भने हम्मेहम्मे परेको थियो । अन्ततः चुनाव भने जिते । तर यतिबेला उनलाई बामगठबन्धनको साझा उम्मेद्वार बनाईएको छ । सोमबार बिहानै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ मा मतदाताको घरदैलोमा भोट माग्न व्यस्त देखिएका उनी यसपाली चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा छन् । स्थानीय तहको चुनावमा पाएको मत संख्यालाई आधार मान्दा झण्डै १८ हजार मतले अघि रहेका सापकोटालाई प्रतिष्पर्धी कांग्रेस नेता तथा संचार मन्त्री मोहन बस्नेतले पैसा खर्च गर्दै मत किनिरहेको सुचनाले आक्रोशित बनाएको छ । प्रतिष्पर्धीको गलत क्रियाकलापबाट आक्रोशित बनेका सापकोटाले जनताको घरघरमा पुग्दै पैसामा आफ्नो मत नबेच्न आग्रह समेत गरिरहेका छन् । माओवादी केन्द्रको कार्यालय सदस्य समेत रहेका उनी दुई पटक मन्त्री भईसकेका हेभिवेट नेता हुन् तर तेस्रो पटक चुनाव जितेर मन्त्रीमा पनि ह्याट्रिक गर्ने सपना पुरा गर्न उनी चुनावी घरदैलो अभियानमा व्यस्त भएका हुन् । घरदैलोमा जनताको भव्य स्वागत \"\"सोमबार बिहानै भोटेकोशी गाउँपालिका वडा नम्बर २ को थानी बस्तीमा घरदैलो अभियानमा निस्केका सापकोटाका साथमा थिए , एमाले नेता तथा क्षेत्र नम्बर १ अन्तर्गत ख प्रदेशका उम्मेद्वार अरुण नेपाल । उनीहरु दुबै फुलको माला र खादा लगाई दिनेलाई नमस्कार र धन्यवाद भनिरहेका थिए । जुन जुन घरमा पुग्थे , सापकोटा र नेपाललाई त्यहाँका जनताले खाँदा र फुलमाला लगाएर स्वागत गर्थे । घाँटीमा लगाईएको खादा र फुलमालाले पुरिनै लाग्दा पनि माला र खादा लगाउनेहरु लगाईरहेकै थिए । जुन जुन घरमा उनीहरु पुग्थे, त्यहाँ त्यहाँका बुढाबुढीदेखि बच्चाबच्चीले समेत उनीहरुलाई खादा लगाई दिन्थे । यति धेरै माला र खादा लगाउँदा पनि अप्ठ्यारो हुँदैन भन्ने प्रश्नको जवाफ दिदै उनीहरुले भने , “जनताले दिएको न्यानो स्वागतलाई अस्वीकार गर्न मिल्दैन , उनीहरुको मुहारमा उज्यालो ल्याउन , उनीहरुको माग पुरा गर्न बामगठबन्धन बनेको छ । नेता सापकाेटाले भने \'जनताले दिएको यो माया हामीले बिर्सने छैनौ । ” सापकोटा र अरुणले एकअर्कालाई भोट मागे चुनावी अभियानको क्रममा थानी गाउँका बस्तीमा पुगेका उनीहरुले भेला भएका गाउँलेका कुराहरु सुने । त्यसपछि झण्डै आधा घण्टा भनाई राखेका एमाले नेता तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ अन्तर्गतको ख प्रदेशका उम्मेद्वार अरुण नेपालले जनताका मागहरु पुरा गर्ने बचन दिए । अनि प्रतिनिधि सभाका लागी सापकोटालाई हँसीया हथौडा र आफुलाई सुर्य चिन्हमा मतदान गर्न भन्दै भोट मागे । त्यसपछि बोल्ने मौका पाएका सापकोटाले पनि आफु र अरुण लागी भोट माग्न बिर्सेनन् । नेताहरुले एकअर्कालाई भोट माग्दा जनताले गडगडाहट ताली बजाए । दुई नेताका कुरा सुनेपछि एक बृद्ध भन्दै थिए, “ हिजो एकअर्काको बिरोध गर्ने पार्टीका नेताहरु अहिले मिलेर गाउँमा आउँदा हामीलाई खुशि लागेको छ । अब देशको विकास हुन्छ की भन्ने आशा लागेको छ ।” दुईपार्टी मिल्दा स्थानीय नेता कार्यकर्तामा पनि खुशियाली नेताहरुको चुनावी प्रचार अभियानमा सहभागी स्थानीय नेता कार्यकर्तामा खुशियाली छाएको छ ।“ हिजो एकअर्काको चर्को बिरोध गर्ने नेताकार्यकर्ता र जनताहरु झनै खुशि भएको दोख्दा साँचिच्कै पार्टी एकता भैसकेको जस्तो भान भएको छ । भोटेकोशी गाउँपालिको वडा नम्बर २ को माओवादी केन्द्रबाट वडाध्यक्ष जितेका दिपेन्द्र श्रेष्ठले भने । उनी पनि चुनावी प्रचार अभियानमा सक्रिय भएर लागेका छन् । श्रेष्ठलाई देखाउँदै एमालेबाट पराजीत भएका वडाअध्यक्षका उम्मेद्वारले भने , वहाँले नै हो मलाई हराएको । अब एकै पार्टीका जस्ता भएका छौं । ” त्यसपछि वडाध्यक्ष श्रेष्ठले भने चिन्ता नगर्नुस् कमरेड अर्को पटकको निर्बाचनमा म मरिमेटेर तपाईको पक्षमा लाग्छु । उनीहरु एकअर्काको कुरा सुन्दा अन्य सुन्नेहरुले ध्यानपुर्वक हेरेका थिए । बिहानदेखि बेलुकीसम्म व्यस्त सापकोटा र नेपाल सोमबार मध्यदिनसम्म घरदैलो गरेका सापकोटा र नेपालले थानीबस्तीको गुम्बामा जनतासंगै खानपीन गरे । त्यसपछि बाह्रेबिसेमा भएको चुनावी र्याली र सभामा सहभागी भए । चुनावी सभा सकिने बित्तिकै उनीहरु साँझ पनि घरदैलोमा सहभागी भए । सिन्धुपाल्चोकलाई देशकै नमुना जिल्ला बनाउने चुनावी अभियानमा सहभागी सापकोटा हेभिवेट नेता त हुँदै हुन्,उनको सपना पनि हेभिवेट नै छ । यसअघि भएका दुईपटकका चुनावमा लगातार जितेका सापकोटाले यो पटकको चुनाव जिते सिन्धुपाल्चोलाई देशकै नमुना जिल्ला बनाउने महात्वाकांक्षी सपना जनतालाई बाँडिरहेका छन् । सिन्धुपाल्चोकलाई पर्यटनको हब बनाउने, प्रत्येक गाउँ गाउँमा सडक पुर्याउने , सिन्धुपाल्चोकका प्रत्येक स्थानीय तहमा प्राबिधिक शिक्षा अध्ययनका लागी प्राबिधिक शिक्षालय बनाउने , बाह्रबिसेलाई ट्रान्जिट शहर बनाउने , सिन्धुपाल्चोकलाई नमुना जिल्ला बनाउन राष्ट्रिय मात्र होइन अन्तराष्ट्रिय बजेट समेत ल्याउन पहल गर्ने र भुकम्प, बाढी पहिरो , नदी कटानबाट पिडित जनतालाई राहत उपलब्ध गराउने सापकोटाका चुनावी एजेण्डा हुन् । -देवीराम देवकोटा

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies