Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अनावश्यकरुपमा एण्टिबायोटिक अाैषधीकाे प्रयोग नगर्न निर्देशन

\"\"काठमाडौँ । सन् १९४० को दशकबाट विकास भएको प्रतिजैविक औषधिको जथाभावी प्रयोगका कारण २१ औँँ शताब्दीमा आइपुग्दा प्रभावहीन हुने अवस्थामा पुगेको चिकित्सकले बताएका छन् । मानिस तथा पशुपक्षीका अधिकांश रोगविरुद्घ उपचारविधिका रुपमा प्रयोग भइआएको ‘एण्टिबायोटिक’को अल्पउपयोग, अतिउपयोग तथा दुरुपयोगले गर्दा जीवाणु, परजीवी, भाइरस तथा फंङ्गसलगायत एण्टिमाइक्रोवियल (सूक्ष्म जीवाणु) को प्रतिरोधात्मक क्षमता बढ्दै गएको वैज्ञानिक अनुसन्धानले देखाएका छन् । चिकित्सकले सहीरुपमा एण्टिबायोटिकको प्रयोग गर्न जोड दिँदै आए पनि नेपालमा ८० प्रतिशत मानिसमा यो औषधि प्रयोग हुन्छ । बारम्बार सूक्ष्म जीवाणु प्रतिरोधात्मक क्षमताको प्रयोग हुने मानिस वा पशुपक्षीमा युरिनरी ट्रयाक्ट इन्फेक्सन(पिसाबसम्बन्धी), निमोनिया र रगतका संक्रमण हुने खतरा हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यही दरमा सूक्ष्म जीवाणुको प्रतिरोधात्मक क्षमता वृद्धि हुँदै गएमा सन् २०५० भित्र प्रतिवर्ष यही कारणबाट एक करोड मानिसको मृत्यु हुन्छ । यहाँ सोमबार आयोजित पत्रकार सम्मेलनमा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा केशवप्रसाद प्रेमीले मानिस तथा पशुमा सूक्ष्म जीवाणुको प्रतिरोधात्मक क्षमता बढ्दै गएका कारण मानिस, पशु तथा वातावरणीय क्षेत्रमा गम्भीर असर परिरहेको बताए। उनका अनुसार सूक्ष्म जीवाणुको प्रतिरोधात्मक क्षमता छोटो अवधिमा नै विश्वका अधिकांश मुलुकमा फैलिएका कारण यो समस्या विश्वकै चासोका रुपमा रहेको छ । उहाँले एण्टिबायोटिक प्रयोग भएको पशुपक्षी तीनदेखि सात दिनसम्म बजारमा पठाउन नहुने बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एण्टिबायोटिकको प्रयोग रोगको उपचारमा मात्र गर्ने तर अनावश्यकरुपमा प्रयोग नगर्ने कुरामा जनचेतना जगाउनुपर्ने बताए । उनले यसको मागमा नियन्त्रण गर्ने तथा परम्परागत ज्ञानलाई पनि उपयोग गर्नुपर्ने सुझाव दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा राजकुमार महतोले रोगीले रोगको निदान गरेर मात्र एण्टिबायोटिकको प्रयोग गर्नुपर्छ भन्ने कुरा जनतासमक्ष लान सञ्चारकर्मी तथा उपभोक्ता अधिकारकर्मीसँग आग्रह गरे । पशु स्वास्थ्य विभागका महानिर्देशक विमलकुमार निर्मलले स्वास्थ्य नै मानिसको धन भएकाले यसको रक्षा गर्न स्वास्थ्यकर्मी तथा उपभोक्ता स्वयं सजग हुनुपर्ने बताए । नेपालमा यही कात्तिक २७ देखि मंसिर ३ गतेसम्म एन्टिबायोटिकको सही प्रयोगका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । पशुपक्षी, वातावरण तथा जनसंख्या, वन तथा भूसंरक्षण, कृषि विकास र स्वास्थ्य स्वास्थ्य मन्त्रालयको संयुक्त तत्वावधानमा सो कार्यक्रम गरिने छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies