Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

गाउँपालिका अध्यक्ष जितेका जनयुद्धका कमाण्डर भन्छन् –पाँच वर्षमा ग्रीन एण्ड स्मार्ट गाउँपालिका बनाउँछु

कैलाली ।  तत्कालिन नेकपा माओवादीले थालेको जनयुद्धका क्रममा कैलालीका लाजुराम चौधरी ‘अङ्कित’ युद्ध कमाण्डर थिए । तर, अहिले समय परिवर्तन भएको छ । हिजोका दिन युद्ध कमाण्डर रहेका चौधरीलाई अहिले जनताले स्थानीय तहको कमाण्डर चुनेका छन् । [caption id=\"attachment_145265\" align=\"alignleft\" width=\"400\"]\"\" लाजुराम चौधरी ‘अङ्कित’[/caption] हाल उनी जनयुद्धका बेला जिल्लाको सबैभन्दा बढि भौतिक संचरचना ध्वस्त भएको कैलारी गाउँपालिकाको अध्यक्ष बनेका छन् । हिजो भौतिक संरचना ध्वस्त गर्ने जिम्मा पाएका चौधरी अहिले भने निर्माण गर्ने जिम्मा पाएका छन् । कैलारी–७ भुइयाँफाँटा घर भएका अङ्कितले आफ्ना निकटतमे प्रतिद्धन्दी नेपाली कांग्रेसका रामसमझ चौधरीलाई ३१७ मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भए । कैलालीको सबैभन्दा बढि समस्या भएको ग्रामीण क्षेत्र मध्येको एक हो कैलारी गाउँपालिका । प्रस्तुत छ लाजुराम चौधरी ‘अङ्कित’ सँगकाे  कुराकानीः कैलारी गाउँपालिकालाई समृद्ध बनाउने तपाइको पहिलो लक्ष्य केहो ? पाँच वर्षमा कैलारी गाउँपालिकाको ग्रामिण पूर्वाधार विकास सम्पन्न गर्नु नै पहिलो लक्ष्य छ । यदि यहाँको विकास गर्न सकिएन भने कृषकले जे जति उपज उत्पादन गर्छन् त्यसको बजारीकरणमा समस्या कायमै रहने छ । यहाँका अधिकांश किसान कृषिमा संलग्न हुनुहुन्छ । त्यसका कारण स्थानीयद्धारा उत्पादित कृषि उपज बजारसम्म पुर्याउन पाँच वर्षमा ग्रामिण विकास सम्पन्न गर्ने मेरो पहिले लक्ष्य हो । प्राथमिकता कस्ता योजना रख्नु भएको छ  ? सबैभन्दा पहिले मैले यातायातको विषयलाई जोड दिएको छु । यातयात नहुँदा यहाँका स्थानीयबासीन्दाले बर्सौ देखि समस्या भोग्दै आएका छन् । यो समस्यालाई समाधान गर्न आफ्नो कार्यकालमा अन्त्य गर्न रिङ रोड निर्माणमा कटिबद्ध रहनेछु । यस क्षेत्रका टाढाटाढाका स्थानीयलाई सेवामा पहचुँ पुर्याउन रिङ रोड निर्माणमा विशेष पहल रहनेछ । यस्तै कृषि, विद्युत्, खानेपानी, पर्यटन लगयतका विकास पूर्वाधारसँग जोडिएका विषयलाई पनि योजनावद्ध तरिकाले अगाडी बढाउने तयारीमा छु । विकास संगसंगै रोजगारलाई प्रथमिकता दिएको छु । विकास निर्माणका कार्य अगाडी बढाउने र तिनै कार्यमा स्थानीयलाई रोजगार प्रदान गरेर समृद्ध गाउँपालिका बनाउने योजना पहिलो प्राथमिकतामा राखेको छुु । कैलारी गउँपालिका पर्यटनका दृष्टिले पनि असाध्यै सम्भावना बोकेको छ । त्यसको विकासका लागि के छन् यहाँसँग योजना  ? पक्कै पनि यहाँ बाह्य तथा आन्तरिक पर्यटक लोभ्याउने असाध्यै मनोमोहक पर्यटकीय स्थल छन् । तिनको संरक्षण र प्रवद्धनका मैले योजनाकासाथ काम गर्नेछु । यहाँ रहेको कोइलही ताल, बनदेवी मन्दीर लगयत थुप्रै पर्यटक आकर्षण गर्ने स्थल छन् । यी स्थलसम्म पर्यटक तान्नका लागि गुरुयोजनाकासाथ काम गर्ने सोचमा छु । त्यसो भए तपाइबाट यहाँका जनताले विकासको अनुभूति कहिले पाँउने छन्  ? विकासको अनुभूति एक वर्षमा नै पाउँनेछन् । यहाँको यातायात, रोजगार, कृषिको बजारीकरण लगायतमा निकै परिर्वतन भएको कैलारीबसी अनुभूितगर्न पाउनेछन् । पाँच वर्ष पछि चाँहि कैलारी गाउँपालिका कस्तो देख्न पाइने छ  ? मेरो कार्यकालमा ग्रामिण पूर्वाधारको विकास सम्पन्न भएको देख्न पाइने छ । एउटा स्मार्ट गाउँपालिकाको रुपमा पाँच वर्षमा यहाँका जनताले कैलारीलाई पाउने छन् । यस्तै अहिले जलवायू परिर्वतनको असर जताततै पर्न थालेको छ । यसको अन्त्यका लागि मैले ग्रिन एण्ड स्मार्ट गाउँपालिका बनाउने अवधारणा अगाडी सारेको छु । त्यस्तै अहिले जति पनि समस्या जनताले खेप्दै आएका छन्, त्यसको समाधान भएको अनुभूति दिलाउन अहोरात्र खटिरहेको छ । यस्ता महत्वकांक्षी काम सफल बनाउन चाँहि योजना कसरि बनाइ रहनु भएको छ  ? मैले बनाउने भन्ने काम दृढ इच्छाशक्ती र निरन्तरता दियो भने सम्भव नहुने भन्ने छैन । यी काम सम्पन्न गर्नाका लागि जनताको सुझाव सल्लाह संकलन गरि रहेको छु । कसरी अगाडी बढ्दा सहज हुन्छ भनेर निरन्तर यहाँका स्थानीयसँगको सम्र्पकमा बसेको छु । यस्तै गाउँपालिका बाहिरका बुद्धिजीवी, विज्ञ तथा समाजसेवीसँग मैले अगाडी सारेका काम सम्पन्न गर्नका लागि के कसरी अघी बढ्दा उपयुक्त होला भनी नियमित संवादमा छु । म निर्वाचित गाउँपालिका योजना तर्जुमामा कस्ता कामलाई पहिलो प्राथमिकता दिने भनेर गाउँका समस्यासँग परिचित व्यक्तिबाट पनि सल्लाह लिइरहेको छु । अन्त्यमा, तपाइले गर्ने काम सफल पार्न कैलारीबासी र राजनितिक दलबाट के अपेक्षा गर्नुभएको छ ? मलाई जनताले जुन आशाले जिताउनु भएको छ । त्यसको सदूपयोग गर्न म आफ्नो कर्तव्यमा म निकै कटिवद्ध छु । जनतालाई दिएका आश्वासनलाई म जसरि भए पनि पूरा गर्न उनीहरुकै सल्लाहले अघि बढ्ने योजना पनि छ । जनताले सकारात्मक सल्लाह र विकास निर्माण गर्नमा हातेमालोको अपेक्षा गरेको छु । आशा छ हेमेशा उनीहरुको साथ रहनेछ । यस्तै यहाँका राजनितिक दलहरुलाई पनि समेटेर मैले प्रत्येक विकास निर्माणका काम अगाडी बढाउने सोचमा छु । कनै राजननितीक दललाई पनि अलग नराखी विकास निर्माण गर्न संगसगैं अगी बढ्ने प्रतिवद्धता पनि गर्न चाहन्छु । विश्वास छ म निर्वाचित गाउँपालिकाका जनता, नागरिक समाज, राजनितीक दल लगायतबाट पूरापुर सहयोग पाउनेछु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies