Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सकियो माओवादी बैठक, यस्ता छन् निर्णय

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित बैठकले पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा अन्तर्घात गर्ने पार्टी नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी सचिवालयको विस्तारित बैठकको समीक्षा मन्तव्य राख्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिएका हुन् । अन्तरघात छानविनकालागि माओवादीले ६ वटै प्रदेशमा कार्यदल गठन गर्ने प्रचण्डले बताए । उनले भने, “६ वटै प्रदशेमा ३–३ सदस्यीय कार्यदल बनाएर छानबिन हुन्छ । बागी उठ्ने, अन्तरघात गर्ने र अर्को पार्टीको पैसा खानेलाई कारवाही गरिन्छ ।” संगठन बलियो नभएसम्म निर्वाचन जित्न नसकिने बताउँदै प्रचण्डले बस्तुगत र आत्मगत परिस्थितिको सूक्ष्म विश्लेषण गरेर चुनावको तयारीमा जुट्न समेत निर्देशन दिए । “जनताको घर घरमा जानुस, हरेक जनतालाई भेट्नुस, उनीहरुलाई हाम्रो कुरा बताउनुस् । हामी अरु भन्दा किन फरक भन्ने कुरा बुझाउनुस् । चुनाव पनि क्रान्तिकै मोर्चा हो, त्यसैले बलियो संगठन बनाउन कस्सिनुस् ।” प्रचण्डले बताए । चुनाव जित्नकै लागि जोसँग समेत एकता गर्न नसकिने बताउँदै प्रचण्डले जनयुद्द र जनआन्दोलनका उपलब्धि स्वीकार्ने शक्तिबाहेक अरुसँग एकता नगर्न निर्देशन दिए । “चुनाव जित्नका लागि जोसँग पनि एकता गर्न मिल्दैन । हाम्रा लागि चुनाव एउटा कार्यनीति मात्रै हो ।” प्रचण्डले भने, “अहिलेको संविधानले संस्थागत गरेका उपलब्धि स्वीकार गर्न नसक्नेसँग एकता हुन सक्दैन ।” बैठकले प्रदेश नम्वर २ को चुनावी तयारीका लागि साउन १० गते अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । माओवादीले आफूले जितेका जिल्लाका मतदाताहरुलाई संगठनमा ल्याउन जोड दिने निर्णय गरेको छ । माओवादीले संघीय चुनावको प्रतिबद्धता पत्रको मस्यौदा बनाउन नारायणकाजी श्रेष्ठ प्रकाशको संयोजकत्वमा समिति बनाएको छ भने प्रदेश सभाको चुनावका लागि उम्मेदवार छनौटका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा समिति बनाएको छ । त्यस्तै, माओवादीले साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट निर्वाचित प्रतिनीधिहरुको भेला गर्ने निर्णय गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies