Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

संशोधनको पक्षमा ३ मत अपुग, हेर्नुहोस् यस्तो छ अंक गणित

\"\"काठमाडौं, २७ असार । दोस्रोचरणको स्थानीय तहको चुनाव सकिएलगत्तै संविधान संशोधनको मुद्दा फेरी बल्झिएको छ । संशोधनविना चुनावमा जान नसकिने मत जाहेर गर्दै आएको राजपाका कारण २ नं. प्रदेशको चुनाव हुन सकेको छैन र अशोज २ गते हुनेगरी तेस्रोचरणको चुनावको घोषणा गरिएको छ । सरकार राजपाको संशोधनको प्रस्ताव पारित गराउने गृहकार्यमा लागेको मात्रै छैन राजपालाई पारित गराउने बचन दिईसकेको छ भने प्रतिपक्षी दल नेकपा एमाले लगायतका केही साना दलहरु संशोधन जसरी पनि पारित हुन नदिने रणनीतिमा लागेका छन् । पछिल्लो समय संविधान संशोधनको मुद्दामा राप्रपाले सघाउने बताएपछि उत्साहित बनेको शेरु बहादुर देउवा सरकारलाई संशोधनका लागि आवश्यक ३९५ मतमा २ मत भने अझै अपुग देखिन्छ । संशोधनको पक्षमा रहेको भनिएको साना दलका १/१ को मतको संरक्षण गर्नु देउवाका लागी फलामको चिउरा मात्रै हुँदैन उनले सरकारमा सहभागीता र भागबण्डा खोज्दा आउने मन्त्रीमण्डलको अर्को संकटमा देउवा सरकार झनै फस्ने छ । नेपाली कांग्रेसको २०७, नेकपा माओवादी केन्द्रको ८१, राजपाको २४, राप्रपा –३७ फोरम लोकतान्त्रिकको –१६,संघीय फोरमको –१५ र नेकपा संयुक्त –३ गरी ३८३ र साना १ सिटे दलहरु –समाजवादी जनता दल (प्रेमबहादुर सिंह) थरुहट (रुक्मिणी चौधरी), खम्बुवान राष्ट्रिय मोर्चा (आरके खम्बु), जनजागरण पार्टी नेपाल (लोकमणि ढकाल), अखण्ड नेपाल (कुमार खड्का), जनता दल (हरिचरण शाह), स्वतन्त्र सांसद विन्देश्वर झाको र नयाँ शक्ति पार्टीमा प्रवेश गरेका दुई सांसद गरी ३९२ मत संशोधनको पक्षमा हुनेछ । यो मत जोड्दा समेत संशोधनको पक्षमा ३ मत अझै पुग्दैन । परिवार दल–२, बहुजन पार्टी–१ र मधेश समता पार्टी–१ गरी ४ मत संशोधनको पक्षमा ल्याउनका लागी देउवा सरकार लागी परिरहेको छ । तर यो मत कता जान्छ यसै भन्न सकिन्न । यता विपक्षमा भने नेकपा एमालेको एमाले–१८०, मालेको –५, नेमकिपाको –४,जनमोर्चाको–३ र लक्ष्मण राजवंशी र बौद्धिक जनतान्त्रिक परिषद –१/१ गरी १९३ मत हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies