/  Thu, August 17, 2017

गृहमन्त्री शर्मा ‘चकित’

काठमाडौं, १ असार । कार्यभार सम्हालेको एक सातामै नेपाल प्रहरी, सस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको राजनीतिक मोहप्रति चकित बनेको गृहमन्त्री शर्माले बताएका छन् ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– कार्यभार सम्हालेको पहिलो दिन (गत बिहीबार) नै कुनै पनि खालको दबाब नदिन निर्देशन दिएका शर्मालाई दुई दिनमै उच्च राजनीतिक नेतृत्वबाट एक एसएसपीको बढुवाका लागि सिफारिस गर्दै फोन आएपछि उनी चकित परेका हुन् ।

‘चेन अफ कमान्ड सुधार्न पहल गर्छु तर सुरुका दिनमा दिएको निर्देशन दुई दिन नबित्दै उल्लंघन गरिन्छ, सुरक्षा निकायको राजनीतिक मोहले चकित बनाएको छ,’ मन्त्री शर्माले भने ।

गृहप्रशासन सुधारका लागि सञ्चारकर्मीका सुझाव लिन बुधबार आयोजित अन्तरक्रियामा मन्त्री शर्माले सही मूल्यांकन गरेर अगाडि बढ्छु भन्दाभन्दै पनि अनावश्यक दौडधूप गरेर दबाब दिए सम्बनिधत सुरक्षा अधिकारीलाई कारबाही गर्ने चेतावनी दिए ।

‘म तीनवटै सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप गर्दिनँ तर राजनीतिक नेतृत्व गर्छु,’ मन्त्री शर्माले भने, ‘राजनीतिक नेतृत्व संवैधानिक उद्देश्यअनुसार चल्नुपर्छ । सही नीति लिएर काम गर्छु । मेरो स्वार्थ र उद्देश्यभन्दा पनि सरकारको इच्छ र चाहनाअनुसार काम हुन्छ ।’

तत्कालीन विद्रोही माओवादीको डेपुटी कमान्डरको भूमिका निर्वाचह गरेका शर्माले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । ‘मैले हाम्रा गुप्तचरलाई यति मात्रै भनें, ‘तपाईंहरुले दिने रिपोर्टभन्दा त भोलिपल्टको पत्रपत्रिकामा धेरै सूचना हुन्छ, यस्तो सूचना संकलने हुँदैन, अझै परिस्कृत र गोप्य सूचना चाहियो,’ मन्त्री शर्माले भने, ‘गुप्तचरलाई पुनः संरचना गर्नुपर्ने आवश्यक ठान्छु ।’

केही वर्षयता गुप्तचर निकाय राजनीतिक भर्तीकेन्द्रजस्तो भएको सम्बन्धमा मन्त्री शर्माले यसबारे गहिराइमा पुगेर व्यवस्थापन गर्ने बताए । सिपाहीको भूमिकाप्रति उदार देखिएका शर्माले फिल्डमा सिपाहीको मनोबल वृद्धि नगरी शान्ति सुरक्षा सुधारोन्मुख नहुने धारणा व्यक्त गरे । प्रहरी बभुवाबारे एउटा छुट्टै प्रणाली बनाएर यथाशक्य चाँडो गर्ने उनको भनाइ छ ।

‘समयमा बढुवा नहुँदा धेरै प्रहरी अधिकृतको वृत्ति विकासमा असर गरेको सत्य हो, अब छिट्टै विधिसम्मत ढंगले यो प्रक्रिया अगाडि बढ्छ,’ मन्त्री शर्माले भने, ‘दोस्रो चरण निर्वाचन सम्पन्न भएपछि संगठन सुधार र यसका उद्देश्यप्राप्तिप्रति दृढ भएर लाग्नेछु ।’

शर्माले अध्यागमन सुधार, प्रहरी, सशस्त्र प्रहरीको भूमिका एवं कार्यक्षेत्र बाँडफाँड र जिल्ला प्रशासनमार्फत हुने नागरिकता वितरण प्रणालीलाई व्यवस्थित गर्न तत्काल काम थालिने बताए ।

असार १ गते, २०७४ - ०७:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा बालिकाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा बालिकाको मृत्यु

पर्सा । निर्माण भइरहेको बाटोको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा आठ वर्षीया बालिकाको मृत्यु भएको...   
चिनीबाट बन्यो कार

चिनीबाट बन्यो कार

चिनीबाट चिया बनेको हामी सबैलाई थाहा छ । तर, तपाईंले कहिल्यै सोच्नुभएको छ कि चिनीबाट यस्तो कुनै बस्तु...   
विश्वकै ठूलो बाढी, जसमा दुई लाखभन्दा बढीको ज्यान गएको थियो

विश्वकै ठूलो बाढी, जसमा दुई लाखभन्दा बढीको ज्यान गएको थियो

नेपालको तराई क्षेत्र अहिले बाढीको चपेटामा छ । एक सयभन्दा बढीको मृत्यु भएको छ, केही बेपत्ता छन्, हजारौँ...   
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

  मोरङ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गएराति मोरङको बेलबारीमा एक युवकको घटनास्थलमै मृत्यु...   
पाँच वर्षपछि फरार अभियुक्त पक्राउ

पाँच वर्षपछि फरार अभियुक्त पक्राउ

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट प्रहरीले पाँच वर्षपछि फरार अभियुक्तलाई...   
कांग्रेस नेता विमलेन्द्र निधि अचानक अस्पताल भर्ना

कांग्रेस नेता विमलेन्द्र निधि अचानक अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि अस्पताल भर्ना भएका छन्...   
रूख ढल्दा ११ जनाको मृत्यु

रूख ढल्दा ११ जनाको मृत्यु

फाइल फोटो पोर्चुगल । पोर्चुगलको माएिरा भन्ने टापूमा धार्मिक महोत्सव मनाइरहेको ठाउँमा मङ्गलबार एक...   
अखिल क्रान्तिकारीद्धारा छानबिनको माग गर्दैै क्याम्पसमा तालाबन्दी

अखिल क्रान्तिकारीद्धारा छानबिनको माग गर्दैै क्याम्पसमा तालाबन्दी

भीमदत्तनगर । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको...   
एक हजार रुपैयाँ बाजी जितेपछि…

एक हजार रुपैयाँ बाजी जितेपछि…

चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदा बाहिर खासै चर्चा भएन । किनभने,...   
पत्नीको शरीरबाट गोली निकाल्दै पूर्वराजा

पत्नीको शरीरबाट गोली निकाल्दै पूर्वराजा

काठमाडौं । धुँवा, धुलोमात्र हैन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अब पूर्वराजाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top