Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

को जाला माओवादीबाट सरकारको नेतृत्व गर्दै : यी तीन नेता छन् चर्चामा

\"\"काठमाडौं, जेठ ११ । प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि नयाँ बन्ने सरकारमा माओवादी केन्द्रबाट कसले नेतृत्व गर्ने विषयमा चर्चा शुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै राजिनामा दिएपछि पूर्व सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको नेतृत्वमा नयाँ सरकार बन्ने छ । देउबा नेतृत्वको सरकारमा माओवादीबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा यतिखेर पार्टीभित्र चर्चा चलेको देखिन्छ । को को छन् दावेदार ? पार्टीगत रुपमा औपचारिक छलफल नचलेपनि सामाजिक सञ्चाल र माओवादी समर्थकहरुबीच भने यतिखेर बिभिन्न नेताहरुको चर्चा चलेको छ । प्रचण्ड नेतृत्वको सरकारमा माओवादीले अर्थ मन्त्रालयको जिम्मेवारी पाएको अवस्थामा देउबा सरकारमा माओवादीलाई गृहमन्त्रालयको जिम्मेवारी दिइने अनुमान गरिएको छ । यसो भएको खण्डमा उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीसहित पार्टीबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीहरुको नेतृत्वको दावी समेत केही नेताले गरेका छन् । कतिपयले अहिलेका उर्जामन्त्री जनार्दन शर्मालाई नै सरकारमा माओवादी मन्त्रीहरुको नेतृत्व गर्ने गरी पठाउनुपर्ने बताएका छन् । उर्जा मन्त्री भएपछि चर्चा कमाएका जनार्दन शर्मालाई नेतृत्व दिइएमा अहिलेको सरकारको स्पिरिट कायम रहने तर्क शर्माका समर्थकहरुको छ । यद्यपी कतिपयले भने शर्मालाई उर्जामा नै अझै निरन्तरता दिनुपर्ने समेत बताएका छन् । सामाजिक सञ्जालमा देखिएका अभिमतमा उर्जा मन्त्रालयको कुशल नेतृत्व जनार्दन शर्माले गरेका कारण त्यसलाई निरन्तरता दिन र उनले ल्याएका योजना पुरा गर्न समेत उनलाई उर्जामा नै निरन्तरता दिनुपर्ने तर्क दिएको भेटिन्छ । केहीले भने प्रभाकरलाई सरकारमा पठाउने, गृह मन्त्री समेत उनलाई नै दिने तर माओवादीको नेतृत्व नै गर्ने गरी भने पठाउन नहुने समेत बताएका छन् । अर्कोतर्फ पार्टीभित्रको समीकरणका आधारमा हेर्दा नारायणकाजी प्रकाश निकट रहेका र ओली सरकारमा शिक्षा मन्त्री समेत रहेका नेता गिरिराजमणी पोखरेलले समेत उपप्रधानमन्त्री र गृहमन्त्रीमा दावी गरेका छन् । माओवादी कार्यालय श्रोतका अनुसार, पोखरेललाई माओवादीको नेतृत्व गर्ने गरी सरकारमा सहभागी गराउन नेता प्रकाशले लबिङ शुरु गरेका छन् । यद्यपी पोखरेलका तर्फबाट भने यसबारेमा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । अहिले प्रकाश निकट सांसदहरुबाट धनीराम पौडेल शिक्षा मन्त्री बनेका छन् । मन्त्रालय हाँक्न सक्ने अन्य समर्थक सांसद नभएकोले पोखरेललाई नै अगाडि सारिएको प्रकाश निकट एक सांसदले बताए । वरिष्ठता र विगतमा बाबुरामका निकट भएर पनि नयाँ शक्तिमा नगएका टोपबहादुर रायमाझीले समेत सरकारमा माओवादीको नेतृत्व लिनुपर्ने चर्चा समेत माओवादीभित्र चलेको छ । माओवादी कार्यालय श्रोतका अनुसार, रायमाझी स्वयम्ले समेत यसबारेमा पार्टीका शीक्र्ष नेताहरुसँग कुरा गरेर आफूलाई नेतृत्व दिएर सरकारमा जाने निर्णय गर्न आग्रह गरेका छन् । यद्यपी पार्टीको नीतिविपरित उनले विगतमा सरकारको निर्णयको समेत बिरोध गर्दै एमालेलगायतसँग आन्दोलनमा जोडिएकोले उनलाई नेतृत्व दिन नहुने तर्क समेत सामाजिक सञ्जालमा भेटिन्छ । माओवादी समर्थक र पाटीं पंक्तिभित्र यावत चर्चा चलेपनि पार्टीगत तहमा भने यसबारेमा औपचारिक छलफल भइसकेको छैन । सम्भावतः एक दुई दिनभित्रै पार्टीमा यसबारेमा छलफल आरम्भ हुने कार्यालय श्रोतले बतायो । “प्रधानमन्त्रीले सबैसँग सल्लाह गरेर निर्णय गर्नुहुन्छ होला । तर विवाद हुने गरी निर्णय हुँदैन । अहिलेको मुख्य ध्यान दोश्रो चरणको निर्वाचनमा छ ।” उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies