Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सिलवाल प्रकरणका भित्री पात्र कटवाल रहेको खुलासा : किन बोकिरहेका छन् ओलीले सिलवाल

\"\"काठमाडौं, १७ बैशाख । नेपाल प्रहरीको महानिरीक्षक बनाउने काम सरकारको हो । मन्त्रिपरिषद्को हो, तर महानिरीक्षक बनाउने विषयमा नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मांगद कटुवाल र नेकपा(एमाले)लाई बढ्ता चासो रहेको छ । हुन त नेपाल प्रहरीका चार जना डिआईजी मध्ये तीन जना नै एमालेसँग नजिक भएका व्यक्तित्व हुन् र थिए । तर एमालले नवराज सिलवाल मात्रै बोक्दा प्रकाश अर्याल र जयबहादुर चन्द उनीहरुको कित्ताबाट बाहिरिए । भुइको टिप्न खोज्दा पोल्टाको पोखियो । चन्द महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्ययन गर्दा एमाले निकटको अनेरास्ववियूका तर्फबाट स्ववियू सदस्य भएका थिए भने प्रकाश अर्याल एमाले उपाध्यक्ष वामदेव गौतमका बहिनी ज्वाई हुन् । बमबहादुर भण्डारी मात्रै नेपाली काँग्रेस निटकका हुन् । तर प्रहरीमा असाध्यै सोझो मानिएका भण्डारीलाई कोही कसैले पनि पुछेन र महत्व दिएन । कारण थियो, उनी असाध्यै सोझा छन् र चल्ताफुर्ता छैनन् । अब कुरा रह्यो नवराज सिलवाललाई किन बोकिरहेको छ त एमालले भन्नेमा । तत्कालीन नेपाली सेनाका प्रधानसेनापति कटवालका साढु भाई हुन् सिल्वाल । सेनाको प्रमुख कटवाल हुँदा उपत्यकाको एसएसपी रहेका सिल्वालले कटवाललाई ठूलो गुन लगाएका थिए । त्यो गुन थियो भारतबाट भित्र्याइएका अवैध हतियार कुनै चेकजाँच नगरि बानेश्वरसम्म पु¥याउने । फेरी अहिले मौका पनि छ । उनै कटवाललाई हटाउन खोज्ने प्रचण्ड प्रधानमन्त्रीमा छन् । प्रचण्डलाई असफल बनाउने योजना त बनेकै थियो । जब तत्कालीन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालको पदावधि सकिदै थियो । गत माघको अन्तिम साता कटवालले एमाले अध्यक्ष खड्ग ओलीसँग बालकोटमा गएर भेटे । ओलीको पनि सिलवाल नै रोजाई थियो । कटवालले मेरो साढु भाइलाई जसरी भएपनि प्रहरी प्रमुख बनाउनु प¥यो । खड्ग ओलीलाई पनि यस्तै सहयोगी चाहिएको थियो । तर घटनाक्रम ओली र कटवालले सोचेजस्तो भएन । सरकारले उनीहरुको इच्छा विपरित निर्णय गरिदियो । पछिल्लो दिनमा खड्ग ओलीको प्रत्येक भाषणमा सिल्वाल हुन्छ , सिलवालको विषयले प्राथमिकता पाउँछ । एमाले स्थायी समितिको बैठकमा सिल्वालले प्रवेश पाउँछ । संसद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता विशेष समय लिन्छन् । मुलुकका विभिन्न समस्या छाड्छन् र उनी केवल बोल्छन् त सिल्वालका पक्षमा । यसका पछाडि कटवाल त एउटा कारण हुन् भने अर्को कारण सिल्वाल मार्फत माओवादीका नेता तथा कार्यकर्तालाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ भन्ने षड्यन्त्रकारी मानसिकतामा ओली छन् । घटना नं १ पहिलो संविधानसभामा नेकपा(माओवादी) ठूलो दल थियो । संविधानसभामा संविधान लेखनको काम हुँदै थिथो । संविधान लेखनको कामलाई नै प्रभावित पार्ने गरी काठमाडौँका ठूलो आपराधिक गिरोह समातियो । \"\"प्रहरीले काठमाडौंको सिफलबाट ३ जनालाई पक्राउ गर्यो । ‘टिङ्कु’ भनिने गणेश सिंह, ‘विक्की भनिने अनिल बानियाँ र मुकेश दास त्यतिबेला पक्राउ परेका थिए । प्रहरीका अनुसार उनीहरु छोटा राजन समूहसम्बद्ध थिए । राजन भूमिगत गिरोह चलाउने अन्डरवल्डका डन हुन् । जसलाई भारत सरकारले सन् २०१५ अक्टुबर २५ तारिखमा इण्डानेसियाबाट पक्राउ ग¥यो । नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंको सिफलबाट राजन गिरोहमा तीन जनालाई पक्राउ ग¥यो । पक्राउ पर्नेमध्येका टिङ्कु भनिने गणेश सिंहले घर सप्तरी जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको प्रहरीलाई बताए पनि उनी भारतीय नागरिक थिए । र, उनी छोटा राजन समूहका ‘सार्पसुटर’ हुन् । पक्राउ पर्ने अन्य दुईमध्ये बानियाँ सर्लाहीको अचलागढ–२ र दास सप्तरीको राजविराज–१ का निवासी हुन् । प्रहरीले उनीहरुको साथबाट अत्याधुनिक हातहतियार बरामद गरेको थियो । उनीहरुको साथबाट एसएमजी (सर्ट मेसिन गन) २ थान, साइलेन्सर जोडिएको एके–४७ राइफल १ थान र कम्पनीनिर्मित भारतीय पेस्तोल ४ थानका साथै गोली भरिएका म्यागजिन १४ थान बरामद गरिएको थियो । महानगरीय प्रहरी आयुक्तको कार्यालयका तत्कालिन निमित्त प्रमुख डीआइजी भरत जीसीका अनुसार राजधानीमा त्यत्तिका गोली र त्यस्तो अत्याधुनिक हतियारसहित अपराधिक गिरोह पक्राउ परेको त्यो नै पहिलो घटना हो । जीसीले पत्रकार सम्मेलन नै गरेर सो विषयमा जानकारी दिएका थिए । हाल कान्तिपुर दैनिक छाडेर खोज पत्रकार केन्द्रमा आवद्ध रहेका पत्रकार सरोजराज अधिकारीको पूस्तक ‘चक्रव्यूहमा चन्द्रसूर्य’मा उल्लेख गरिएअनुसार ती हतियारहरु तत्कालिन संविधानसभा भवनमा ठूलै आक्रमण गर्न काठमाडौं भित्र्याइएका थिए । सञ्चार उद्यमी जमिम शाहको हत्याकाण्ड पछि प्रहरीले पनि ती हतियार भित्र्याउनुको तथ्य सार्वजनिक गरेको थियो । पत्रकार अधिकारीले डिआइजी जीसीको भनाइ उदृत गर्दै आफ्नो पूस्तकमा लेखेका छन्, ‘सो अपराधिक गिरोहले संविधानसभालाई लक्षित गरी राजनीतिक हत्याकाण्ड मच्चाउने तयारी गरेको थियो । त्यो गिरोहले संविधानसभा वा व्यवस्थापिका संसदको बैठक चल्ने कुनै दिन छानेर सभासद् प्रवेश गर्ने पश्चिम गेटमा अन्धाधुन्ध रुपमा गोली चलाएर एक दर्जनभन्दा बढी सभासदको सामूहिक हत्या गर्ने योजना बनाएको थियो ।’ यो घटना त्यतिबेला गराउन खोजिएको थियो, जतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालिन प्रधानसेनापति कटवाल बीच शक्तिसंघर्ष सुरु भइसकेको थियो । त्यतिबेला सिलवाल भ्याली एसपी थिए । कटवालको योजनामा नै सिल्वालले ती अत्याधुनिक हतियार सिफल पु¥याउन स्कर्टिङ गरेका थिए र थानकोट चेकपोस्टमा हतियार ल्याइएको गाडी चेकजाँच नगरि छाड्न कार्यस्थलमा रहेका प्रहरीलाई निर्देशन दिएका थिए । कटवालको योजनामा बाहिरबाट प्रमुख सहयोगीको भूमिका दक्षिण छिमेकी भारत थियो भने आन्तरिक रुपमा नेपाल प्रहरीका तत्कालिन एसपी नवराज सिलवाल थिए । भारतीय सहयोगमै ती हतियारहरुको व्यवस्था पनि गरिएको थियो । खड्ग ओलीले बोकेका डिआइजीसिलवाल पत्रकार अधिकारीले आफ्नो पुस्तकमा लेखेअनुसार नेपाली नेताको हत्या गर्न भारतीय सीमाबाट अवैध रुपमा हतियार भित्र्याउने गिरोहमा नाइके हुन् । नेपाल भित्र्याइएका ती हतियार थानकोट हुँदै काठमाडौं ल्याउने काममा सिलवाल सक्रियतापूर्वक लागेका थिए । तत्कालिन सैनिक नेतृत्व ‘कटवाल’को आडमा काठमाडौं भित्र्याउन सिल्वालले सबै प्रकारको भूमिका खेलेको जीसीले समेत उल्लेख गरेका छन् । ती हतियार थानकोटमा बिना चेकजाँच काठमाडौं पुगेका थिए, नवराज सिलवालकै सहयोगमा । ‘अनुसन्धानमा संलग्न उच्च प्रहरी स्रोतका अनुसार तत्कालिन सैनिक नेतृत्वनिकट त्यस बेलाका महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसपी नवराज सिलवालकै सहयोगमा ती हतियार थानकोटस्थित प्रहरी सुरक्षा छिचोल्दै राजधानी भित्र्याइएको थियो थियो ’ अधिकारीको पुस्तकको ९५ पृष्ठको दोस्रो अनुच्छेदमा उल्लेख गरिएको छ । घटना नं २ यस्तै गत साल नेकपा(माओवादी केन्द्र)का सांसद राममाया बोगटी, रुपा महर्जनलगायतका सांसदले एक गैरसरकारी संस्थाको आवरणमा स्पेन जान लागेको र भीषा नक्कली भएको तथा मानवतस्वकरी गर्न लागेको भन्ने समाचार कान्तिपुर दैनिकमा छापियो । माओवादीका १२ जना सांसदलाई मानव तस्कर भनेर सार्वजनिक रुपमा बेइज्ज्त गरियो । त्यसको पछाडि पनि सिल्वाल नै रहेका थिए । एमालेको निर्देशनमा सिलवाल आफैले नक्कली कागजात बनाए र कन्सुलेटको अधिकारीलाई प्रभावमा पारे , धम्की दिए । माओवादीका सांसदको सार्वजनिक रुपमा मानमर्दन गरियो । तर पछि अनुसन्धान गर्दै जाँदा उनीहरु निर्दोष देखिए । सिलवाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख थिए । हालसम्म पनि उनी त्यही छन् । उनकै योजनामा माओवादी सांसदहरुमाथि उनले मानव तस्कर भएको समाचार लेखाउन लगाएका थिए । यी तथ्य र घटनाको बारेमा जानकार जो कोहीले भन्न सक्छ, सिलवाल नेपाल प्रहरीको आवरणमा आपराधिक गिरोह चलाउने र आफू विरोधीलाई सिध्याउने खेलका असली कारिन्दा हुन् । यस्तो व्यक्तिलाई हातमा लिन सकिए आफ्नो स्वार्थ पूर्ति गर्न सकिन्छ भन्ने मनसायका आधारमा खड्ग ओलीले सिलवाललाई बोकेर हिडेका छन् भन्ने पुष्टि हुन जान्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies