Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

हुम्लामा एमाले र माओवादीको उम्मेद्वार घोषणा, कांग्रेसलाई सकस

\"\"हुम्ला, १० वैशाख । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उम्मेरद्वार छनोट गरेको छ । सात गाउँपालिका रहेको हुम्लामा अध्यक्षका आकांक्षी धेरै भएपछि लामो समय लगाएको एमालेले केही गाँउपालिकमा उम्मेद्वार टुङ्गो लगाए पनि केही गाँउपालिकामा भने विवाद छ । नेकपा माओवादी (केन्द्र)ले सातै वटा गाँउपालिकाको उमेदारी टुङ्गो लगाइ सकेको छ । एमालेमा क–कसको उम्मेद्वारी नेकपा एमालेमा प्रत्येक गाँउपालिकाबाट २ देखि ४ जना सम्म आकांक्षी देखिएका छन् । ताजाकोट गाँउपालिकाको उम्मेद्वार छनोटमा एमालेलाई सकस भएको छ । ६ वटा गाँउपालिकामा जे जसरी मिलाएता पनि ताजाकोटमा नेकपा एमालेलाई सकस देखिएको हो । एमालेका वैकल्पिक पोलीटब्यूरो सदस्य एवं प्रदेश नं ६ का सचिवालय सदस्य गोरखबहादुर बोगटीले ६ वटा गाँउपालिकाको उमेद्वार टुङ्गो लगाई सकेको बताए । उनका अनुसार एमालेले नाम्खा गाँउपालिकामा नोरजाङ्ग लामा तामाङ्ग, सिमकोटमा नरबहादुर रोकाया, खार्पूनाथमा प्रेमबहादुर बुढा, सर्केगाँर्ड गाँउपालिकामा ज्ञामी बुमी, चंखेली गाँउपालिकामा खड्क ऐडी, अदानचुलीमा दल फडेरालाई उम्मेरदार बनाएको छ । यस्तै ताँजाकोट गाउँपालिकाकाको टुङ्गो लगाउने अधिकार जिल्ला कमिटीलाई दिएको छ । अध्यक्ष पदमा ६ जना आकांक्षी भएको ताँजाकोटमा सहमती नभएपछि आकांक्षीबीच सहमति गराएर उम्मेरदवार छनोट गर्ने जिम्मा दिएको नेता बोगटीले बताए । सातवटै गाउँपालिकामा माओवादीको उम्मेद्वारी नेकपा माओवादी केन्द्रका हुम्ला जिल्ला संयोजक बिजय भण्डारीले हुम्लाका सातै वटा गाँउपालिकाको उमेदारी टुङ्गो लगाइसेको बताएका छन् । प्रदेश नं ६ का माओवादी केन्द्रका इन्चार्ज तथा पूर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितीमा गाँउपालिकाको उमेद्वार टङ्गो लगाएको भण्डारीले बताए । माअोवादीले सहमतिबाट उमेद्वारको टुङ्गो लगाएको उनले बताए । माओवादी केन्द्रका गाँउपालिका उमेद्वार माओवादी केन्द्रले नाम्खा गाँउपालिकामा विष्णु बहादुर लामा, सिमकोट गाँउपालिकामा महेन्द्र बहादुर शाही (अविराम), खापुनार्थ गाँउपालिकामा गणेश रावल, (सजग) यस्तै सर्केगाँर्ड गाँउपालिकामा कृष्ण बहादुर रोकाया,(करुण) चंखेली गाँउपालिकामा धनलाल चौलागाई, अदानचुली गाँउपालिकामा दलु फडेरा, (सञ्जय) ताँजाकोट गाँउपालिकामा बागदल मल्ललाई उमेद्वार बनाएको भण्डारीले जनाकारी दिए । नेपाली कंग्रेसमा सकस नेपाली कंग्रेसमा केन्द्रिय प्रतिनिधि नआएको भन्दै उमेद्वारी छनौट प्रक्रियामा ढिलाई भएको बताइएको छ । केन्द्रिय प्रतिनिधि बहादुरसिंह लामा नआएको कारण प्रतिनिधि छनौट ढिला भएको बताइए पनि जिल्ला कमिटी भित्रैका नेताहरुमा उम्मेद्वार बन्ने आंकाक्षा बढेपछि जिल्ला कार्य समितीले टुङ्गो लगाउन नसकेको कांग्रेस जिल्ला नेताले बताए । उम्मेद्वारको अन्तिम नामावली छनौट गरी पार्टी केन्द्रले तोकेका केन्द्रिय सदस्यसँगको समन्वयमा अन्तिम टुङ्गो लगाउने जिम्मा पाएको जिल्ला कार्य समितिमा सहमती नजुटेपछि केन्द्रिय प्रतिनिधि लामा तथा केन्द्रीय कार्य समितिमा जिल्लाबाट प्रतिनिधित्व गर्ने खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीको बाटो कुरेको नेपाली कंग्रेस उमेद्वार छनौट समिति सदस्य लोकेन्द्र भण्डारीले बताए । भण्डारीका अनुसार गाँउपालिकामा नामहरुको प्रराम्भिक छलफल गरेर अन्तिम रुपमा दिन केन्द्रीय प्रतिनिधि आवश्यक भएकोले अन्तिम निर्णय नभएको हो । महिला उपाध्यक्षमै सिमित नयाँ संविधानले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मध्ये एक जना अनिवार्य महिला तोक्नु पर्ने कानुनी व्यवस्था गरेपनि हुम्लाका सातवटै गाउँपालिकाका अध्यक्षको उम्मेरदवारमा महिला नहुने भएका छन् । प्रमूख राजनीतिक दल नेपाली कंग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेरदवारमा सबै महिला आकांक्षीलाई उपाध्यक्षमै सिमित राखेपछि अध्यक्षमा पदमा महिला प्रतिनिधि शुन्य हुने भएको हो । सातवटा गाउँपालिका मध्ये ४ वटामा महिला आकांक्षी भएपनि सबैमा दलहरुले पुरुषलाई नै उम्मेरद्वार बनाएपछि महिलाको प्रतिनिधित्व उपाध्यक्षमा मात्रै सिमित भएको हो । दलहरुले जतिसुकै सहभागिताका नारा लगाए पनि पितृसत्तात्मक सोच नहटेकाले जिल्लाका गाउँपालिकाको प्रमूख पदहरुमा महिलाको सहभागिता शुन्य हुने देखिएको जिल्ला अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष शुस्मिता शाहीले बताइन् । शाहीका अनुसार सर्केगाँड गाँउपालिका चंखेली गाँउपालिका सिमकोट र खापुनार्थ गाँउपालिकामा महिलाले अध्यक्षको दाबी गेरपनि सबै पार्टीहरुले उपाध्यक्ष पदमा मात्र सिमित बनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies