Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

माओको नक्कल गर्दै विप्लव झुल्किएपछि...

\"\"काठमाडौं, २ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)को महाधिवेशन आइतबारबाट शुरु भएको छ । काठमाडौंको खुलामञ्चबाट आइतबार उद्घाटन गरिएको पार्टीको ८ औं महाधिवेशनको बन्दसत्र फागुन ६ गतेदेखि रोल्पाको थवाङमा शुरु गरिदैछ । काठमाडौंको खुलामञ्चबाट उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र गर्न माओवादीको तत्कालिन जनयुद्धको उद्गम थलो रोल्पाको थवाङमा गर्ने भएकाले आइतबार नै नेता कार्यकर्ता त्यसतर्फ लागेका छन् । तत्कालिन एमाओवादीबाट ड्यास माओवादी हुँदै आफ्नै नेतृत्वमा पार्टी गठन गरेका विप्लवले पार्टीको नाम माओवादी हटाउने प्रस्तावसमेत अगाडि सारेका छन् । जारी महाधिवेशनबाट पार्टीको नाम परिवरिर्तनको प्रस्ताव पारित गरिने बताएको छ । पार्टीको नाम माओवादी नै हटाउन सुर कसेका विप्लव आइतबार खुलामञ्चमा भने चिनियाँ क्रान्तिका नेता माओ त्से तुङको नक्कल गरेर झुल्किए । माओले जस्तै सैन्य पोशाकजस्तो देखिने खैरो कलरको ज्याकेट र रातो टोपी लगाएर विल्लव मञ्चमा उपस्थित थिए । जसरी माओका फोटाहरु देखिन्छन् । खुलामञ्चमा विप्लव मात्रै माओको पहिचान दिने गरी अर्ध सैन्य पोशाकमा थिएनन्, उनका सारथिहरु पनि एउटै ड्रेसमा मञ्चमा उभिएका थिए । माओवादी शान्ति प्रक्रियामा आएकाबेला पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्ना तत्कालिन सारथि डा.बाबुराम भट्टराईसँग छुट्टै पोशाकमा विप्लवजस्तै गरी खुलामञ्चमा झुल्किएका थिए । आफूलाई छुट्टै देखाउन त्यतिबेला माओवादीले कार्यकर्ता पंक्तिमा समेत एउटै पोशाक बनाएको थियो । अहिले पार्टीको नाम नै माओवादी हटाउन खोजिरहेका विप्लवले दश वर्षअघिको प्रचण्डको सिको गर्दै आफूलाई माओको पोशाकमा उभ्याएर चर्चामा आउन खोजेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies