Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

हुलाकबाटै बाघको हड्डी तस्करी

\"\"बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समय काम गरेका झमक कार्कीले बाघसम्बन्धी अध्ययनमा विद्यावारिधि गरिसकेका छन् । पछिल्लो समय पनि यही विषयमा खोज–अनुसन्धान गरिरहेका छन् । अहिले विश्वमै बाघको संख्या घट्दै गएकाले चिन्ता बढिरहेको छ । विश्वका १३ देशमा मात्र पाइने बाघको संरक्षण गरौँ भन्ने चेतना फैलाउन हलिउड अभिनेता लियोनार्दो डी क्याप्रियो केही समयअघि नेपाल पनि आएका थिए । त्यसैले पनि नेपालमा बाघको संख्या घटेकाले झन् बढी चिन्ता छ । यही सन्दर्भमा बाघका आनीबानी र स्वभावबारे उनले यस्तो बताए :– हुलाकबाटै हुन्थ्यो बाघको हड्डी तस्करी ०४५ सालतिर मैले वन अधिकृतको जागिर सुरु गरेँ । त्यतिवेला मेरो जागिर अस्थायी भएकाले तीन–तीन महिनामा नवीकरण हुन्थ्यो । अस्थायी रूपमा अधिकृत भए पनि हुम्ला जिल्लामा जिल्ला वन अधिकृतका रूपमा काम गर्ने अवसर पाएँ । खासमा त्यतिवेला राजा वीरेन्द्र र ऐश्वर्यको मध्य र सुदूरपश्चिममा राजकीय भ्रमण थियो । यसले दुर्गमका धेरै कर्मचारी नेपालगन्जमै रोकिए । मौसमका कारण त्यहाँबाट उडान हुन सकेको थिएन । अनि मैले हुम्ला जिल्लाको वन अधिकृतका रूपमा केही दिन काम गर्ने अवसर पाएँ । अस्थायी कर्मचारीले जिल्लाको मुद्दा छिन्नुपर्ने अवस्था आयो । त्यतिवेला मैले थाहा पाएँ, बाघको हड्डी त हुलाकबाटै पो तस्करी हुँदो रहेछ । एकपटक कालिकोट हुलाकबाट आएको सामान अलिक फरक पाइएपछि शंका बढेछ । अनि त्यहाँका कर्मचारीहरूले शंका गरेछन् । हुलाकी नियम पूरा गरेर हेर्दा बल्ल पत्ता लागेछ– त्यहाँ त बाघको हड्डी पो रहेछ, कालिकोटबाट हुम्लासम्म बाघको हड्डी हुलाकबाटै आइपुगेको रहेछ । अत्यन्त शंकास्पद भएपछि प्रमुख जिल्ला अधिकारीको रोहबरमा हामीले त्यसलाई खोल्यौँ । त्यो सामानमा बाहिर एउटा राजनीतिक पार्टीको सभापतिको नाम लेखिएको थियो । चिठी खोलेपछि थाहा भयो, भित्र अर्कै व्यक्तिको नाम रहेछ । लेयर नै लेयर बनाएर त्यो सामान ¥याप गरिएको थियो । लेयरपिच्छे खोल्दै जाँदा पठाउने मान्छेको नाम पनि अर्कै भेटियो । म जिल्ला वन अधिकृत भएर काम गरिरहेको थिएँ । तर, मलाई पनि हड्डीको विषयमा कुनै जानकारी थिएन । हामीले भेटनेरीसँग सम्पर्क गर्‍यौँ । अनि परीक्षण गरियो । त्यसपछि बल्ल थाहा भयो, त्यो घरपालुवा जनावरको हड्डी होइन । त्यसपछि त यस्ता शंकास्पद चिठी कति आए, कति ? मैले त्यहाँ तीन महिना जिल्ला वन अधिकृतका रूपमा काम गरेँ । त्यो अवधिमा झन्डै एक सय ५० किलोभन्दा बढी हड्डी आयो । यतिका धेरै हड्डी आएपछि हामीले निकै सोधखोज गर्न थाल्यौँ, परीक्षण भए । अनि प्रमाणित भयो, त्यो बाघकै हड्डी हो । त्यहाँबाट यी हड्डीहरू तिब्बततिर निकासी हुने रहेछन् । केही समयपछि मैले लोकसेवाको तयारी गरेँ । परीक्षामा पास भएपछि मलाई फेरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा अधिकृतका रूपमा खटाइयो । निकुञ्जमा पोस्टिङ भएपछि बाघको विषयमा अध्ययन गर्न थालेँ । यो मेरो व्यक्तिगत चाहना पनि थियो, त्यसमा चासो बढ्दै गयो । बर्दिया निकुञ्जमा बाघहरू देख्न थालेपछि झन् बढी म बाघबारे पढ्न आकर्षित भएँ । त्यहाँ जागिर खाने क्रममा नै मैले पहिलोपटक ०५० सालमा बाघ देखेको थिएँ । त्यतिवेला हामी हात्तीमा जंगल सफारीमा गएका थियौँ । अचानक र अनपेक्षित रूपमा बाघ देख्दा म पक्कै खुसी भएँ । त्यसको केही समयपछि त मैले आफ्नै हातले बाघ पनि छोएँ । योचाहिँ एउटा दुर्घटनापछिको कुरा हो । बर्दिया निकुञ्जमा एकजना व्यक्तिलाई बाघले आक्रमण गर्‍यो । तत्काल बाघलाई बेहोस बनाइयो । अनि त्यहीवेला मैले पहिलोपटक बाघ छोएँ । पछि त अनुसन्धानका क्रममा कैयौँपटक बाघ छुन पाएको छु । पछि त विदेशबाट आउने पर्यटकले बाघबारे अत्यन्त धेरै चासो राख्न थाले । यसले मेरो चासो पनि बढ्दै गयो । बाघलाई जोगाइयो भने अरू जनावर पनि जोगिँदा रहेछन् भन्ने थाहा भयो । भारतमा फरेस्टी पढ्न जाँदा पनि मैले बाघकै विषयमा अध्ययन गरिरहेँ । एमएससी गर्दा र पछि विद्यावारिधि गर्दा पनि मैले बाघकै विषय छानेँ । \"\"बाघको स्वभाव र बाघ पाइने ठाउँ पछिल्लो समय बाघ लोप हुँदै गएको छ । त्यसैले विश्वमा यसको संख्याबारे चिन्ता बढिरहेको छ । अहिले बाघ नेपाललगायतका १३ देशमा मात्र पाइन्छ । भारत, बंगलादेश, भुटान, कम्बोडिया, भियतनाम, म्यानमार, मलेसिया, रुस, चीन, लाओस, थाइल्यान्ड, इन्डोनेसियामा पनि बाघ पाइन्छन् । पछिल्लो समय बाघको संख्या निकै घटेको छ । अहिले विश्वमा तीन हजार आठ सय ९० बाघ रहेको अनुमान गरिएको छ । नेपालामा चाहिँ त्यस्तै एक सय ९८ बाघ होलान् । नेपालका पाँच राष्ट्रिय निकुञ्जसहित वन्यजन्तु आरक्षमा पनि बाघ पाइन्छन् । सबैभन्दा धेरै बाघ पाइने निकुञ्जचाहिँ चितवन राष्ट्रिय निकुञ्ज हो । विश्वमा भएका बाघको संख्यामध्ये अधिकांशचाहिँ भारतमा छन् । आधाभन्दा धेरै बाघ भारतमा भएको अनुमान छ । अधिकांश बाघ गर्मी ठाउँमा र अत्यन्त बाक्लो जंगलमा भेटिन्छन् । कहिलेकाहीँ हिउँ पर्ने ठाउँमा पनि बाघ देखिएको छ । त्यसो त चितुवालाई देख्दा पनि बाघ देखियो भन्ने रिपोर्ट गरिएका घटना छन् । स्थानीयले आ–आफ्नै अनुकूलमा बाघको नाम राखिरहेका हुन्छन् । आवश्यक परेका वेलामा खुट्टाका नङ्ग्रा निकाल्न सक्नेलाई बाघ भनिन्छ । त्यसैले, बाघ वर्गमा घरमा पालिने बिरालोदेखि जंगलमा पाइने पाटे बाघसम्म पर्छ । बाघ वर्गको सबैभन्दा सानो जनावरचाहिँ बिरालो हो । बाघ वर्गको सबैभन्दा ठूलो जनावरचाहिँ पाटे बाघ हो । जंगलमा पाइने पाटे बाघ, तराईमा पाइने चितुवा, हिमालमा पाइने हिम चितुवा, सानो खालको निगालेलाई पनि बाघ भनिन्छ । तर, ठ्याक्कै बाघ भन्ने नामचाहिँ शरीरमा पाटा भएकालाई मात्र दिइन्छ । खासमा बाघ सितिमिति नदेखिने र यसको स्वभाव फरक हुने भएकाले चितुवा र अन्य जनावरलाई पनि बाघ नै भनिएको हुन्छ । झल्याकझुलुक मात्र देखिने भएकाले पनि बाघको शरीर झ्याप्प हेर्दा ठूलो देखिन्छ । सानो शरीरलाई पनि ठूलो देखिनुको कारण पनि यही हो । त्यसैले चितुवालाई बाघ भनेर पनि स्थानीय समय–समयमा झुक्किएका हुन्छन् । आफैँ सिकार गर्न रुचाउँछ बाघ बाघ वर्गका सबै जनावर मासु खान पाए खुसी हुन्छन् । उनीहरू मासु मात्रै खाएर बाँच्न पनि सक्छन् । घरको बिरालोले पनि मासु खान पायो भने अरू केही खाँदैन । वनमा बाघले त मासुबाहेक अरू केही खाँदैन । बाघ आफैँ सिकार गरेर खान खोज्छ, अरूले दिएको सिकारलाई उति मन पराउँदैन । यस्तो सिकार बाघ एक्लै गर्छ । उसले समूहमा सिकार गर्न रुचाउँदैन । सिंहचाहिँ प्रायःजसो समूहमा सिकार गर्छ । बाघले कहिल्यै पनि समूहमा सिकार गर्दैन । तर, आफ्ना बच्चाहरूलाई सिकार गराउन सिकाउँदा भने दुई बाघले सँगै सिकार गरिरहेका हुन्छन् । वनमा बाघले सबैभन्दा मन पराउने जनावर मृग हो । मृग प्रजातिका रतुवा, बँदेल, चित्तल, जरायोको सिकार गर्न बाघलाई सहज पनि हुन्छ । यी जनावर भेटिएनन् भने बाघले नील गाई, हात्ती र गैँडाका बच्चालाई आफ्नो सिकार बनाउँछ । बाघले जंगलमा यी जनावर भेटेन भने मात्र घरपालुवा जनावरलाई आक्रमण गर्छ । अर्कोतिर बूढो भइसकेको बाघ पनि घरपालुवा जनावरको आक्रमण गर्न रुचाउँछ । किनकि, घरपालुवा जनावर प्रतिकार गर्दैनन् । बाघले सिकार गर्दा धेरै निहुरिएर गर्छ । सिकार गर्दा जनावरको एकदमै नजिक गएपछि मात्र जनावरलाई झम्टिन्छ । बाघले आफूले आक्रमण गर्न सक्ने जनावरलाई आक्रमण गर्छ, तर यस्तो अवस्थामा पनि उसले आफ्नोभन्दा निकै ठूलो जनावरलाई मात्र आक्रमण गर्छ । किनकि, बाघ एकपटक आक्रमण गरेपछि निकै समयसम्म त्यसले खान पुगोस् भन्ने चाहन्छ । अर्कोतिर जनावरको भीड छ र बाघले कुनै जनावरलाई आक्रमण गर्ने भयो भने पनि उसले ठूलै शरीर भएको जनावर छान्छ । बाघ र बघिनी दुवै सिकार अलग–अलग रूपमा गर्छन् । बाघभन्दा पनि बढी सिकारचाहिँ बघिनीले किन पनि गर्छे भने उसले बच्चालाई पाल्नुपर्ने हुन्छ । यसरी सिकार गर्न जाँदा बघिनीले धेरैपटक आफ्ना बच्चालाई एकै ठाउँमा छोडेर गएकी हुन्छे । सिकार गरेर फर्किएपछि उसले आफू मात्र खादिनँ, बच्चालाई पनि त्यही सिकार लिएर आउँछे । सिकार गर्दा बाघले सजिलो आहाराका रूपमा मात्र घरपालुवा जनावरलाई सिकार गर्ने हो । बाघ बूढो भयो वा घाइते भएर जंगलमा सिकार गर्न नसक्ने भएपछि मात्र मान्छे वा घरपालुवा जनावरको सिकार गर्छ । बाघलाई प्रशस्त आहारा भयो भने वर्ष दिनमा ४० देखि ५० वर्ग किलोमिटर क्षेत्र भए पुग्छ । तर, आहारा पातलो हुँदै गयो भने एक वर्षमा एक सय वर्ग किलोमिटरभन्दा धेरै पनि घुम्न सक्छ । साधारणतया बाघको उचाइ तीन फिटसम्म हुन्छ । अनि बाघको लम्बाइचाहिँ साढे तीन फिटसम्म हुन्छ । बाघले राज गर्ने क्षेत्र निर्धारण गर्छ बाघले आफू बस्ने क्षेत्रफल कायम गरेको हुन्छ । आफ्नो क्षेत्रलाई बाघले पाँच–सात दिनमा घेरेर कायम गरेको हुन्छ । आफ्नो क्षेत्रलाई बाघले विभिन्न संकेत गरेर निर्धारण गर्छ । बाघको दुस्मन भनेको अर्को भाले बाघ नै हो । बाघले आफ्नो क्षेत्र कायम गर्दा दिसा र पिसाब पनि गरेको हुन्छ । एउटा बाघले यसरी गरेको संकेत अर्को बाघले सजिलै थाहा पाउँछ । बाघमा सुँघ्ने क्षमता धेरै हुन्छ । जसले गर्दा यस जंगलमा बाघ छ, छैन भन्ने विषय सुँघेर थाहा पाउँछ । बाघले आफ्नो क्षेत्र निर्धारण गर्दा रूखका बोक्रामा कोतरेको हुन्छ । बाघले आफ्ना दुई खुट्टाले टेकेर रूखको माथिसम्म नङ्ग्राले कोतरेको हुन्छ । बाघले जति माथिसम्म रूखका बोक्रा कोतर्न सक्यो, त्यति नै बाघ शक्तिशाली भन्ने परीक्षण गर्छ । सोहीअनुसार बाघले एक–अर्को जंगलमा गई बाघलाई आक्रमण गर्छ । एउटा भाले बाघले एकदेखि तीनवटासम्म बघिनी राखेको हुन्छ । एउटै बाघका एक–आपसमा नभेटिने गरी बघिनी पनि फरक–फरक ठाउँमा बसेका हुन्छन् । यदि आफ्नो सन्तान भयो, बूढो भएपछि सहयोग हुन्छ भन्ने उद्देश्यले सन्तान राखेको हुन्छ । एउटा भाले बाघले पनि मान्छेले जस्तै आफ्नो सन्तान भयो भने भविष्यमा सहयोग हुन्छ भन्ने सोच्छ । आफ्नो सन्तान भयो भने माया गर्छ । यदि अर्कोको सन्तान भयो भने माया गर्दैन भन्ने हुन्छ । आफ्ना छोराछोरी भएपछि बूढो भएपछि खेदाइबाट बच्न सकिन्छ भन्ने सोचेको हुन्छ । बाघले बच्चा मार्नुका दुई कारण छन् । एउटा, बाघले कुनै क्षेत्रलाई जितेर पोथीलाई नियन्त्रणमा लिएको छ भने साना बच्चालाई मार्छ । यदि बाघले मौसमअनुसार यौनसम्पर्क गर्न पाएन भने बच्चा मार्ने गर्छ । यदि बच्चा नमार्ने हो भने बघिनी यौनसम्पर्कका लागि तयार नै हुँदिन । बाघजत्तिको बलियो, तागतिलो अरू जनावर नै हुँदैन । बघिनीले आफ्नी छोरीलाई केही समय आफ्नै साथमा राख्छे, तर छोरा बाघले बिस्तारै ठूलो हुँदै गएपछि एउटा छुट्टै स्पेस बनाउँछ । बिस्तारै जवान हुँदै गएपछि त्यो छोरा बाघले पनि आफ्नो जंगल विस्तार गर्छ । सोहीअनुसार छोरा बाघले बघिनी पनि खोज्दै जान्छ । बाघको संख्या बढ्दै गएपछि बूढो बाघलाई अर्को बाघ वा आफ्नै सन्तानले पनि मार्ने सम्भावना हुन्छ । बाघले एउटा सिकार गर्न धेरैपटक प्रयास गर्नुपर्छ । साधारणतया एउटा बाघले सिकार गर्न कम्तीमा २० पटकसम्म प्रयास गर्नुपर्छ । प्रेमसम्बन्ध बाघले साधारणतया आफ्नो सन्तानलाई यौनसम्बन्ध राख्दैन । यदि पोथी पाएन भने आफ्नै सन्तानभित्रै पनि यौनसम्बन्ध हुन सक्छ । बाघको पोथीले डेढ वर्ष पुगेपछि भाले खोज्छ । जनावरको साधारणतया निश्चित समय हुन्छ । सधैँभरि पोथीले भाले खोज्दैन । एउटा बघिनीले साधारणतया चारवटासम्म बच्चा जन्माउँछे । तर, दुईवटा बच्चा भएमा सजिलै पाल्न सक्छ । बाघले आफूले जन्माएका बच्चा पनि मार्छ । यसरी मार्नुका दुई कारण हुन्छ । कि त अरूले गर्भधारण गरेको छ भने मार्छ । होइन भने बाघले आफूले यौनसम्पर्क गर्न पाएन भने बच्चालाई मार्ने गरेको पाइन्छ । यदि बच्चा भए भने पोथीले भाले खोज्न तयार नै हुँदैन । बाघले साधारणतया गर्मी समयमा यौनसम्बन्ध रोखेको पाइन्छ । मान्छेसँग डराउँछ बाघ बाघले मान्छेलाई आक्रमण गर्दैन । बाघ त मान्छेसँग निकै डराउँछ । तर, यदि बाघलाई मान्छेले घाइते बनायो या गोली हान्यो भनेचाहिँ बाघले आक्रमण गरिहाल्छ । अर्कोतिर बाघ एक–आपसमा लडेर घाइते भएको रहेछ भने पनि उसले मान्छेलाई आक्रमण गर्ने हो । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies