Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

राष्ट्रसंघले नपत्याएकी माअोवादी पूर्व लडाकु

\"\" काठमाडौं, १४ माघ । भोजपुरकी मीरा राईको यतिबेला विश्वभरी नै चर्चा भइरहेको छ । नेसनल ज्योग्राफी च्यानलले राईलाई सन् २०१७ को ‘एड्भेन्चर अफ द इयर’ घोषणा गरेपछि उनको चर्चा चुलिएको हो । नेशनल जियोग्राफीले हरेक वर्ष प्रदान गर्दै आएको ‘एड्भेन्चर अफ द इयर २०१७’ मीरालाई घोषणा गरिएको हो । विश्वभरीका १० उत्कृष्ट साहसीको सूचिमा परेकी राईलाई अनलाइन भोटिङबाट उत्कृष्ट ब्यक्ति घोषणा गरिएको हो । भोजपुरको ९ सानोदुम्बा भन्ने विकट ठाउँमा जन्मिएकी माओवादीकी पूर्व लडाकु हुन् । १४ वर्षकै उमेरमा माओवादी युद्धमा होमिएकी राईलाई संयुक्त राष्ट्रसंघ (यूएन)को प्रमाणिकरणका क्रममा अयोग्य घोषणा गरिएको थियो । अयोग्य लडाकुको दर्जा पाएपछि भने वैदेशिक रोजगारीका लागि मलेशिया जाने तरखरमा रहेकी राईको क्षमता कराँते प्रशिक्षक ध्रुवविक्रम मल्लले मात्रै खुट्याउन सके । मल्लकै प्रेरणाले म्याराथन धावक बन्न सफल मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएपछि उनको चर्चा चुलिएको हो । उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी थिइन् । हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन मीरा ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन् । वल्र्ड सिरिजमा दोस्रो भएर लोकप्रियताको शिखरमा पुगेकी मीरा ‘‘एड्भेन्चर अफ द इयर’ बन्न सफल भएकी हुन् । नेपालको सान राख्न सफल मीराकोबारेमा बीबीसीले वृत्तचित्र नै बनाएको थियो । चोटका कारण इटलीमा नै मीराले खुट्टाको अप्रेसन गर्नु परेको थियो । इटली र यूकेमा रहेका नेपालीहरुको सहयोग पाएर उपचार गराएकी उनलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत मंसिरमा ५ लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराएको थियो । नेपालका म्याराथन धावक बैकुण्ठ मानन्धरको बाटो पछ्याएकी मीरालाई यूएनले सेनामा अयोग्यको बिल्ला भिराएकै कारण पनि आफ्नो क्षमता बाहिर गएर प्रस्तुत गर्न पाएकोमा गर्व गर्छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies