
युवासंघका केन्द्रीय सदस्यमाथि खुकुरी प्रहार गर्ने मल्ल पक्राउ
-
-
पुस २६ गते, २०७३ - १६:५२
बाँके, २६ पुस । युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
कोहलपुर इलाका प्रहरी कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा खुकुरी प्रहार गर्ने बाजुरा रुगिन गाविस–१ घर भई हाल कोहलपुर नगरपालिका–१० बस्ने १९ वर्षीय लक्ष्मण मल्ललाई सार्वजनिक गरेको हो ।
यही पुस १४ गते राति ८ बजे नेपालगन्ज सुर्खेत सडकखण्डको कोहलपुर–११ विद्युत्रोड नजिकै रहेको वेलकम कटेजमा युवा सङ्घका केन्द्रीय सदस्य बुढाथोेकीलाई खुकुरी प्रहार गर्ने मुख्य आरोपी मल्ल फरार भएका थिए ।
फरार मल्लललाइ प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको हो । “खुकुरी प्रहार भएको २५ मिनेटपछि मात्रै हामीलाई घटनाबारे थाहा भयो ।” प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले भने – “घाइतेसंग तत्कालै लिइएको बयानअनुसार हामीले फरार मल्लको खोजी र घटनाको अनुसन्धान थालेका हौंँ ।”घटना भएको ११ दिनपछि आरोपी मल्ललाई पुस २३ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।
“घटनापछि १७ गते मुख्य आरोपी मल्ल भाग्न प्रयोग गरिएको अनटेष्ट सुजुकी जिक्सर बाइक र २१ गते वारदातमा प्रयोग भएको खुकुरी महादेवपुरी–५ ढकेरीमा बरामत ग¥यौँ”, काफ्लले भने – “सोही दिन आरोपी फरार भएको बा१४च ४७९ नं को कार पनि बरामत भएकाले फरार अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको हो ।
खुकुरी प्रहारमा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले थप ११ जनालाई हिरासतमा लिएको जनाएको छ । घाइते बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते
चितवन । नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा...प्रदेश नं ४ को नाम हिमालय, गण्डकी वा मुक्तिक्षेत्र राख्न सुझाव
पर्वत । प्रदेश नं ४ को नाम गण्डकी, धौलागिरि वा मुक्ति क्षेत्र राख्न पर्वतका सरोकारवालाले सुझाव दिएका...‘निरंकुशता गयो, सामन्तवाद गएन’
काठमाडौं । निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र...काठमाडौंमा मानोरेल
काठमाडौं । रेल यातायातबारे अध्ययन तथा अभ्यास गरेका बेलायतमा कार्यरत नेपाली ईन्जिनियर तथा विज्ञहरुको...टोरन्टोमा पैदल यात्रु कुल्चिँदै भ्यान गुडेपछि १० को मृत्यु, १५ घाइते
टोरन्टो, क्यानडा । क्यानाडाको राजधानी टोरन्टोमा भ्यानले पैदल यात्रु कुल्चिँदा १० जनाको मृत्यु भएको...स्वास्नीमान्छे
हजार सपनाहरुको माया लागेर आउँछ…….’ यो सदाबहार गीतसँगै उसका आँखा खुल्थे । खै किन हो, सानैदेखी उसलाई यो...सन्दिपलाइ अझै खेलाइएन : दिल्ली हारेको हार्यै
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किग्स इलाभेन पञ्जाबसँग पनि पराजित...प्रहरीमा नयाँ प्रयोग : ६ हजार प्रहरी एकैपटक सरुवा
काठमाडौं । प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न...‘नेता मोटाए, जनता उस्तै’
काठमाडौं । २०६३ ११, पछिल्लो राजनीतिक परिवर्तनको प्रस्थानविन्दु । लाखौँको संख्यामा जनता सडकमा निक्लिएके...आकाशमा यसरी होल्ड हुन्छ विमान ! काठमाडौं एयरपोर्टमा २८ वर्ष पुरानो संरचना
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको...

प्रतिकृया लेख्नुहोस्:
- बुटवलका माअोवादी नेता लेखनाथ न्याैपानेसहित पाँच पक्राउ
- हात्तीको आक्रमणबाट एकको मृत्यु
- कांग्रेसमा ‘६ भाइ’ को शीघ्र महाधिवेशन मागः गगनले पेश गरे संयुक्त दस्तावेज (पूर्णपाठसहित)
- प्रदेश तीनको विशेष बैठकलाई प्रमुख काइरालाले सम्बोधन गर्ने
- भ्यानले जोतेर १० को हत्या, १५ घाइते
- देशको समस्या समाधान हुने भन्दै प्रधानमन्त्रीले दिए राजिनामा