Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

यी हुन्, लोकमानले ठहर्याएका १० भ्रष्टाचारी

\"\"काठमाडौं, ८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मुलुकका दश भ्रष्टाचारी सार्वजनिक गरेका छन् । कार्कीविरुद्ध परेको मुद्दाको पेशीका लागि विहीबार सर्वोच्च अदालत पुगेका कार्कीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट दुई क्रान्तिकारी विद्यार्थीले अदालत परिसरमै कालोमोसो दलिदिएका थिए । आफूलाई कालोमोसो दलिएपछि विहीबार नै कार्कीले अख्तियार प्रमुखकै हैसियतमा अपिल जारी गर्दै विभिन्न क्षेत्रका १० भ्रष्टाचारी सार्वजनिक गरेका छन् । भ्रष्टाचार सून्य कुनै संस्था छैन अख्तियारका निलम्बित प्रमुख कार्कीले आफू पदमा आसिन हुँदा भ्रष्टाचारको जालो सवर्त्र रहेको र भ्रष्टाचार सून्य नरहेको जनाएका छन् । एनजीओ/आईएनजीओ, सहकारी संस्थाहरु, ट्रेड युनियन, सञ्चार गृहमा भ्रष्टाचार रहेको कार्कीले ठहर्याएका छन् । यी हुन्  १० भ्रष्टाचारी  १) राज्यको बजेट बराबरको समानान्तर बजेट अपारदर्शी र मनोमानी ढङ्गबाट परिचालन गर्ने एनजीओ/आईएनजीओहरु । २) सरकारी, अर्धसरकारी निकायहरुमा आफ्नो बाहुल्य र दवाब सिर्जना गरी आफू अनुकुल निर्णय गराउन बाध्य पार्ने ट्रेड युनियनका नाममा सक्रिय कतिपय व्यक्तिहरु । ३) राज्यलाई ठगी गरी विलासी जीवन बिताउने व्यक्तिहरु । ४) सिण्डिकेट र कार्टेलिङ्ग गर्ने व्यवसायी र सस्तो लोकप्रियताका निम्ति पत्रकारिताको आधारभूत मुल्य मान्यता बिपरित जस्तो सुकै सामाग्री समाचारका रुपमा प्रकाशित गरी राष्ट्रलाई नै दिग्भ्रमित गर्न खोज्ने केही संचार गृहहरु । ५) सञ्चार व्यवसायीको आवरणमा रही विभिन्न भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न केही सञ्चारगृहका मालिकहरु । ६) जनताबाट ठूलो भ्याट बापतको धनराशी उठाई राज्यमा दाखिला नगर्ने राष्ट्रिय स्तरका भनिने व्यापारीहरु । ७) सांसद बनाउनका लागि बिभिन्न व्यक्तिहरुबाट करोडौँ रुपैयाँ उठाई सांसद नियुक्त गर्ने गराउने व्यक्तिहरु । ८) राष्ट्रिय स्वार्थ भन्दा एनजीओ र आइएनजीओबाट ठूलो धनराशी लिई तिनीहरुकै स्वार्थका लागि अनेकौं गैरकानूनी माग राखी रहस्यमयी तवरबाट भोक हड्ताल, अनसन गर्ने व्यक्तिहरु । ९) मन्त्रालयलाई प्राप्त अधिकारलाई समेत प्रयोग नगरी मन्त्रीपरिषदमा लगेर गराइने नीतिगत बाहेकको अन्य निर्णयमा संलग्न मन्त्रीहरु । १०) अकुत सम्पत्ति सम्बन्धी सम्पूर्ण छानबिन प्रक्रिया गरी मुद्दा दायर हुनै लागेका राष्ट्रियस्तरका केही नेताहरु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies