Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बाबुरामलाई सांसद बनाउने तयारी, बालुवाटारमा प्रचण्डसँग छलफल

\"baburam_prachanda\" काठमाडौँ, १४ मंसिर । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई व्यवस्थापिका संसद्को सदस्य बनाउने भएको छ । नयाँ संविधान जारी भएलगत्तै तत्कालीन एमाओवादी र सांसदबाट राजीनामा दिएका भट्टराईलाई सांसद् बनाउने तयारी भएको उच्च स्रोत बताउँछ । मन्त्रिपरिषदबाट मनोनित हुने सांसद कोटामा भट्टराईलाई सांसद् बनाउने तयारी भएको हो । भट्टराईलाई सांसद बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सहमत छन् । स्रोतका अनुसार प्रचण्ड, देउवा र भट्टराईबीच यस विषयमा छलफल समेत भएको छ । ‘पछिल्लो राजनीतिक परिस्थितीलाई मध्यनजर गर्दै राजनीतिक निकासका निम्ति शीर्ष नेताले भट्टराईको महसुस गर्दै सांसद् बनाउने छलफल भइरहेको छ,’ खबरडबलीसँग कांग्रेस सभापति देउवा निकट स्रोतले भने । उनीहरुबीच परिस्थिती हेरेर मन्पिरिषदबाट निर्णय गर्ने समेत सहमति भएको छ । बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीका तर्फबाट हाल कोही सांसद छैनन् । तर भट्टराईले भने सांसद बन्न संवैधानिक अड्चन आउन सक्ने सम्भावना औल्याएका छन् । प्रचण्ड र देउवासँगको छलफलका क्रममा भट्टराईले अन्तरिम संविधानमा मन्त्रिपरिषद्ले सभासद मनोनीत गर्न सक्ने व्यवस्था भएता पनि नयाँ संविधानमा त्यस्तो व्यवस्था नभएकाले संवैधानिक अड्चन आउन सक्नेमा आशंका व्यक्त गरेका हुन् । प्रचण्ड र देउवाले भने राजनीतिक सहमति भएको खण्डमा संवैधानिक अड्चन नआउने बताएका छन् । सोमबार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डसँग भएको भेटका क्रममा भट्टराईसँग संविधान संशोधनसँगै सांसद् बनाउने विषयमा छलफल भएको थियो । भेटमा प्रचण्डले आगामी निर्वाचनसम्म कार्यगत एकता अघि बढ्नुपर्ने प्रस्ताव राख्दै संविधान संशोधनका पक्षमा उभिन आग्रह गरेका थिए । भट्टराईराई सांसद् बनाउने विषयमा आफूले छलफल थालेको प्रचण्डले जानकारी गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies