Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भारतीय राष्ट्रपतिको भ्रमणमा ग्रेटर नेपालको विरोध कार्यक्रम

काठमाडौं, १४ कात्तिक । भारतीय राष्ट्रपति प्रवण मुखर्जीको आसन्न नेपाल भ्रमणको कार्यक्रम राष्ट्रहीत विपरित भएको भन्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले त्यसको व्यापक विरोध गर्ने बताएको छ । भारतीय राष्ट्रपतिको नेपाल आउने कार्यक्रम नजिकीएको बेला ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विज्ञप्ती मार्फत उनको भ्रमण राष्ट्रिय हितमा नभएको विभिन्न तर्कहरु प्रस्तुत गर्दै भ्रमणको विरोध गर्ने जनाएको हो । मोर्चाले उनको भ्रमणमा कस्तो खालको विरोध कार्यक्रम गर्दैछ भन्ने कुरा स्पष्ट खुलाएको छैन तर सबैलाई त्यो भ्रमणको खुलेर विरोध गर्न आग्रह गरेको छ । [caption id=\"attachment_99278\" align=\"alignleft\" width=\"371\"] .[/caption] मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्धारा हस्ताक्षर गरिएको विज्ञप्ती पत्रमा भनिएको छ–‘सामान्यतया एउटा छिमेकी मुलुकका राष्ट्रपतिको भ्रमण हुनु खुशीको कुरा हो । तर भारतले असमानपूर्ण सन्धि सम्झौताको आडमा हाम्रो ६० हजार वर्ग किलोमिटर भन्दा बढी भूभाग माथि जबरजस्त आफ्नो उपनिवेश कायम गरिराखेको छ । यस्तो अवस्थामा उनको भ्रमणले हामी खुशी हुनुपर्ने अवस्थामा छैनौ ।’ मोर्चाले भनेको छ–‘नेपाल विरुद्ध गतिविधी गरिरहेको भारतीय सरकार अनी अन्तर्राष्ट्रिय मञ्चमा अपमानजनक भाषा प्रयोग गर्ने भारतीय राष्ट्रपति मुखर्जीको हामीले स्वागत र सम्मान गर्नुपर्ने आवश्यकता छैन । उनलाई सम्मान गर्नु नेपालमाथीको अपमान हो । तसर्थ उनको भ्रमणलाई मसाल बालेर,कालो झण्डा देखाएर,साँझमा बत्ती निभाएर,जे जसरी हुन्छ देशव्यापी विरोध गरौं ।’ भारतले नेपालको कालापानी,सुस्ता लगाएतका क्षेत्रमा सैनीक क्याम्प खडागरी तर्साएको,लिपुलेकमाथी दाबी गर्न खोजेको,भूकम्पकै बेला नाकाबन्दी गरेको,सयौं स्थानमा सीमा अतिक्रमण गरेको,सीमा बाँधका कारण डुबानमा पारेको, दश गजा मिचेर नेपालमाथी आफ्नो हैकम जमाउन खोजेको र नेपालको सार्वभौमसत्तामाथि नै गम्भिर प्रहार गर्ने गतिविधी गरिरहेको आरोप लगाउदै मोर्चाले भारतीय राष्ट्रपतिको भ्रमणलाई विरोध गर्ने जनाएको छ । विरोधको स्वरुप कस्तो हुन्छ भन्ने विषयमा खबरडबलीसँग कुरा गर्दै मोर्चाका अध्यक्ष नेपालले भने–‘उनको नेपाल भ्रमणलाई सरकारले जसरी ठूलो सम्मान दिन खोजेको देखिन्छ, हामीले त्यो आवश्यक छैन र मुलुको हीत विपरीत छ भनेका छौ । नेपालको भूमिमाथी विभिन्न ढंगले आफ्नो शासन लाद्न खोज्ने राष्ट्रप्रमुखको भ्रमणलाई राष्ट्रवादी साथीहरुले विभिन्न ढंगले विरोध गर्छन । कालो झण्डा देखाउने देखि मसाल जुलुस निकाल्ने वा कुनै पनि तरिकाले हामी उनको विरोध गछौ । हामीले यही निर्णय गरेका छौ ।’ भारतीय राष्ट्रपति मुखर्जी यहि कार्तिक १७ गते नेपालको राजकिय भ्रमणमा काठमाडौ आउने कार्यक्रम तय भएको छ । उनी काठमाडौमा उच्च स्तरीय भेटघाट गरि सरकारको औपचारीक कार्यक्रम सकेर जनकपुरको पनि भ्रमण गर्ने बताइएको छ । नेपाल भ्रमण सकेर उनी १९ कार्तिकमा भारत फिर्ताहुने छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies