Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

शीर्ष ६ नेताका जीवनसाथी के काम गर्छन् ?

काठमाडौं, २२ भदौ ।  सधै राजनीतिको चर्चामा रहिरहने हाम्रा देशका शिर्ष नेताहरुको पारिवारिक अवस्थाका बारेमा भने कमै चर्चा हुने गरेको छ । मुलुक परिवर्तन राजनीतिबाट मात्रै सम्भव छ भन्ने नेताहरुले आफ्ना परिवारलाई राजनीतिमा लगाएका छन् या छैनन् ? खबरडबलीले हाम्रा शीर्ष ६ राजनीतिक नेताहरुको पारिवारिक अवस्थाकाबारेमा अध्ययन गरेको थियो । सुरुवातको अवस्थामा सँगसँगै राजनीतिमा लगाएपनि विस्तारै गृहणी बनाएको भेटिन्छ । मुख्यत कम्युनिष्ट नेताहरुका जीवनसाथी पहिला सँगसँगै एउटै फिल्डमा राजनीति गर्ने भएपनि क्रमश : परिवारको निजी जिम्मामा आफ्ना जीवनसंगिनीहरुलाई विस्थापित गरेको भेटियो । उनीहरु पार्टी सदस्य रहेपनि खासमा शीर्ष नेता हुनुको हैसियतमा दिइएको सम्मान जस्तै भूमिकामा भेटिए । हेर्नुहोस् खबरडबलीका लागी लोकराज जैसीले तयार गरेको रिपोर्ट– \"leader\'sप्रचण्डकी जीवनसंगिनी सीता : पार्टीकी सल्लाहाकार, घरकी गृहिणी \"prachanda_sita\" माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनीको नाम सीता दाहाल हो । उनको प्रचण्डसँग मागी विवाह भएको हो । चितवन माइती रहेकी सीता प्रचण्डसँगै लामो समय भूमिगत जीवन विताइकी महिला हुन् । भूमिगत जीवन बिताउँदा समेत उनले प्रचण्डको सहयोगीको भूमिकामा पार्टीको जिम्मेवारी पुरा गरिन् । सामान्य ग्रामीण परिवेशमा हुर्किएकी सीता पछिल्ला १० वर्ष प्रचण्डको कार्यव्यस्तता बढेसँगै घरमा गृहणीको भूमिकामा बढी भेटिन्छन् । सामान्य साक्षर मात्रै रहेकी सिता स्कुल भने गइनन् । देउवा पत्नी आरजुः नेता, व्यवसायी र समाजसेवी \"deuwa_Rju\"काङ्ग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राजनीति र विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुमा समेत संलग्न छिन् । आरजु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अलग्गै पहिचान बनाउन सफल महिला नेतृ हुन् । उनले पार्टीको काममा पनि त्यत्तिकै समय दिने गरेको देखिन्छ, जति अन्य संघ संस्थाको काममा क्रियाशील देखिन्छिन् । व्यवस्थापिका संसदमा संस्द समेत भएकी उनी ‘साथी’ नामक गैरसरकारी संस्थाको प्रमुख, समानता इन्स्च्यूटको डाइरेक्टर, सेफ मदरउड फेडेरेशनको चियर पर्सन, ग्रामीण महिला विकास कार्यक्रमको फाउण्डर तथा युनिटी सेन्टरको चियर पर्सन समेत हुन् । त्यसका साथै समाजिक सेवा सम्बद्ध गैरसरकारी संस्थामा अनुसन्धानमुलक विषयकोवारेमा विज्ञ तथा ट्रेनर पनि हुन् । हाल उनी काठमाडौको जोरपाटीमा रहेको नामी कलेजको चियर म्यान पनि छिन् । पञ्जाव यूनिर्भसिटीबाट साइकोलोजीमा पीएचडी गरेकी आरजु कांग्रेसको सफल नेता, व्यवसायी, समाजसेवी समेत हुन् । काठमाडौं ललितपुरमा जन्मिएकी देउवा आर्थिकरुपले ठूलो रकम परिचालन हुने दर्जनौ संघ संस्थामा जोडिएकी छन् । माधव नेपालकी जीवन संगिनी गायत्री : कर्मचारी र गृहिणी \"madhab_gayatri\"एमालेको निवर्तमान अध्यक्ष माधवकुमार नेपालकी जीवन संगिनी गायत्री आचार्य नेपाल हुन् । उनी पेशाले कर्मचारी हुन् । उनले राष्ट्रिय वाणिज्य बिकास बैकको डेपुटी डाइरेक्टर पदमा रहेर लामो समय सेवा गरेकी थिइन् । झण्डै चार महिना जति भयो उनी बैकिङ सेवाबाट रिटायर्ड जीवनमा फर्केकी छिन् । यतिबेला उनी पार्टीको वन तथा वातावरण विभागमा रहेर काम गरिरहेकी छन् । आजभोली पार्टी विभागको काम का साथै घरायसी काममा समय बिताउँछिन । उनका छोराबुहारी अध्ययन र कामको लागि अस्ट्रेलियामा बस्ने गर्दछन् । छोरीले विवाह गरेर घरजम गरेपछि परिवारका अरु सदस्य घरमा नभएपछि पनि उनी घरको आन्तरिक काममा आफै सक्रिय हुन्छिन् । उनको बारेमा जानकारहरुका अनुसार विद्यार्थी जीवनको क्रममा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूमासमेत जोडिएर काम गरेकी थिइन् । शंकरदेव क्याम्पसको तत्कालीन कोषाध्यक्षमा विजेता भएपछि संगठनको कामका शिलसिलामा माधव नेपालसँग भेटभएको थियो । झापामा जन्मिएकी गायत्री र पार्टी नेता माधव नेपालको बिचमा प्रेम भएको थियो तर विवाह भने मागेर भयो । पार्टीले नै उनीहरुको विवाहको लागि सबै वातावरण मिलाएको थियो । ओलीकी जीवनसंगिनी राधिका शाक्य : कर्मचारी,गृहिणी र समाजसेवी \"oli_shakya\"नेकपा एमालेका अध्यक्ष केपी ओलीकी जीवनसंगिनी राधिका शाक्य नेपाल राष्ट्र वैकमा पहिलो श्रेणी अफिसर थिइन् । उनी सेवाबाट रिटायर्ड भएको चार बर्ष हुन लाग्यो । जागिरबाट रिटार्यड भएपछि गृहिणीको भूमिकाबाहेक उनको अरु कुनै पेशा वा व्यवसाय छैन । घरमा आउने पाहुना र नेता कार्यकर्ताहरुको स्वागत गर्ने र घरका सदस्यको खानपिनको काममा नै प्रायः उनको दैनिकी बित्छ । एमाले अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आर्चायका अनुसार शाक्य एमालेको संगठित सदस्य समेत हुन्। संगठित सदस्य भएपनि कुनै जिम्मेवारीमा उनी छैनन् । राजनीतिक कार्यक्रम तथा मुख्य त महिला संगठनको कार्यक्रममा शाक्य पुग्छिन् । उनको माइतीघर ललितपुरको मंगलबजार हो । ०४३ सालमा उनको विवाह ओलीसँग पार्टीको अनुमतिमा भएको हो । बाबुराम कि पत्नी हिसिला यमी : महिला नेतृ \"baburam_hishila\"नयाँ शक्ति नेपालका संयोजक बावुराम भट्टरार्इ कि जीवन संगिनी हुन हिसिला यमी । उनी तत्कालीन माओवादीले संचालन गरेको जनयुद्धमा सामेल भएकी महिला नेतृ हुन् । माओवादी जनयुद्ध हुनुभन्दा अगाडि उनी काठमाडौं पाटन क्याम्पसमा अध्यापन गर्दथिन् । माओवादी जनयुद्धको सुरुवातदेखि नै माओवादीमा सक्रिय रुपमा लागेकी उनी अन्य नेताजस्तै भूमिगत जीवन लामो समयसम्म विताउने नेतृमा पर्छिन् । उनले पार्टी र महिला संगठनमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेकी गर्दै अएकी छन् । जनयुद्धको आँधीबेहेरीबाट खारीएकी यमी राजनीतिक रुपमा अहिले पनि सक्रिय रहेकी छन् । दोस्राे संविधानसभाबाट संविधान घोषणा भएपछि माओवादीबाट अलग्गिएर बाबुरामले नयाँ शक्ति नेपाल पार्टी खोलेसँगै उनी पनि त्यतै गइन् । हाल उनी केन्द्रीय परिषद सदस्य तथा अन्तराष्ट्रिय विभागको प्रमुखको जिम्मेवारीमा रहेकी छिन् । उनको विवाह बाबुराम भट्टराईसँग जनवादीरुपमा भएको थियो । रामचन्द्रकी जीवन संगिनी सविता : घरकी गृहिणी \"ramchanda_sabita\"नेपाली काङ्ग्रेसका परिष्ठ नेता रामचन्द्र पौडेलकी जीवन संगीनी हुन् सविता पौडेंल । उनी घर भित्रको काम गर्नमा रमाउने स्वभावकी छन् । पार्टीका कार्यक्रम र जमघटहरुमा भन्दा पनि उनले घरमै बसेर आफ्नो काम गर्ने गरेको देखिन्छ । पार्टीको क्रियाशील सदस्यसमेत रहेकी पौडेल कार्यक्रमहरुमा त्यति नगए पनि घरमा आउने नेता कार्यकर्ताहरुको भने आफैले खाजा नास्ता बनाएर स्वागत गर्ने गर्दछिन् । उनको परिवारमा ४ छोरी र एक छोरा रहेका छन् । छोरीको विवाहपछि जागिरको शिलशिलामा लण्डनमा बस्छिन् । तनहुँ माइती भएकी सविताको पौडेलसँग परम्परागत ढंगले मागी विवाह भएको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies