Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जीवनबारे पारिजात

समग्र नेपाली साहित्यकै विशिष्ट प्रतिभा तथा सुप्रसिद्ध साहित्यकार हुन् पारिजात । पारिजात समय चेतना र विचार दृष्टिकोणमासमेत उच्च क्षमता राख्ने साहित्यकार हुन् । पारिजातको यो भनाई साहित्यक पत्रिका वेदनामा २०४४ कार्तिक–चैत्रको अंकमा प्रकाशित भएको थियो । \"parijat-bishnukumariबेदनाका सम्पादक राजेन्द्रप्रसाद अधिकारीले २९ वर्षअघि सोधेको जीवनबारे एक प्रश्नको जवाफ पारिजातकै शब्दमा ः ... समाज परिवर्तनको विभिन्न कालमा विभिन्न युगद्रष्टा, विभिन्न दार्शनिक, विभिन्न धर्म प्रर्वतक तथा वैज्ञानिकहरुले आफ्ना–आफ्ना परिभाषा दिएर गएका भएतापनि यस कठिन प्रश्नको सरल प्रत्युत्तर दिन मबाट सम्भव छैन । प्रकृतिमा रहेका लाखौं जीवधारीहरुमध्ये मान्छे जात (पृथ्वीबाहेक अरु ग्रह नक्षत्रहरुको संभावित प्रकृतिलाई छोडिकन) उच्च मस्तिष्कधारी र विकासशील सामाजिक प्राणी भएकोले मान्छेले मान्छेको जीवनको परिभाषा दिन सक्दैन, यसो पनि भन्न सकिन्न । यस अनन्त (Infinite) र अन्तहीन समय (Enternity) भित्र म जीवनलाई कसरी खोजुँ ? कुनै पनि वस्तुको रुप र आकार हुन्छ, जस्तो गरिकन विन्दु, रेखा र मान्छेको जीवन पनि तर अनन्त... मलाई सम्झँदा पनि कहाली लागेर आउँछ । यस अनन्तभित्रबाट एउटा जीवनलाई चोइट्याएर परिभाषित गर्नु, के म साँच्चै दुस्साहस गरुँ यस प्रश्नको जवाफ दिन ? कोही भन्छन्,– जीवन मायाजाल हो, कोही भन्छन्, जीवन सपना हो, कोही भन्छन् –जीवन आज हो की भोलि, कोही भन्छन् – जीवन बग्ने नदी हो, भैगो छोडिदिउँ यी सबै । सामान्यताः जन्मदेखि मृत्युसम्म (त्यो अवधि चाहे लामो होस् अथवा छोटो) उमेर र अनुभूतिहरुसँग हेलिँदै, परिवर्तन हुँदै, विकसित हँुदै जाने एउटा निश्चित अवधिको नाउँ हो – जीवन । जीवन सँधै गतिशील छ, जीवनमा विभिन्न अनुभवहरु हुन्छन्, माया, प्रेम, घृणा, भोक, शोक, यौन, संगति, विसंगति, सह–अस्तित्व, आशा, निराशा र हुन्छ–परिस्थितिहरुसँग जुझ्दै बाँच्चै चाहने एउटा प्रवल जिजीविषा । एक हत्केलामा मृत्यु लिएर जन्मेका मान्छे जात बाचुञ्जेल यस मृत्यु विभिषिकाप्रति अचेत जस्तै रहन्छन् । जीवनसँग जिउनुको यो कस्तो अनुबन्ध, अनौठो छ । तपाईहरुले मलाई जीवन के हो भनी सोध्नु भएको छ, यसको मूल्य होइन, त्यसैले म यत्ति नै भन्न सक्छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies