Khabar Dabali Logo
  November 22, Fri

पर्दा उघ्रिएपछि

indra kumar shrestha saritउफ ! पाँचवटा तल्लाको भर्याङ पनि किन योविधि लामो भएको होला ? जत्ति ओर्लिए पनि किन नसक्किएको होला भ¥याङ्कको शृङ्खला ? दायाँ हल्लिएको छ, बायाँ हल्लिएको छ । मजबुतीका साथ समात्दा पनि आफ्नै शरीर थाम्न सकिरहेको छैन । भर्याङ ओर्लिनेक्रममै चक्कर लागिसक्यो । पेट हुँडलिएर बान्ता होला होलाभैंm भइरहेको छ । आत्तिएर दौडिँदा चियाको ग्लास बोकेरै दौडिएछु । आफैले बोकेको ग्लासबाट पोखिएको चियामा चिप्लिएर एकैचोटि तीन खुड्किला तल झर्दा खुट्टा धसारिनु र शरीर थाचारिनु एकैचोटि भएकोले पीडाले मरणान्त भएर म त भ¥याङ्कको आधा बिसौनीमै लोट्न पुगेछु ।

‘के भयो सर, हजुरलाई गारो भयो ?’— संस्कारको प्रश्नको जवाफमा मैले केही बोल्नै सकिन बरु पीडा अाँसु बनेर अाँखाबाट छचल्कियो । उसले मेरो जवाफको प्रतीक्षा नै नगरी मलाई दूधे बालक झै जुरुक्क उठायो र भर्याङ ओर्लिन थाल्यो । हामी खुल्ला चौरमा पुग्दा आज बैशाष २९ गतेको त्रास अाफै थामिएको थिएन । संस्कारले मर्किएको मेरो गोडा तनाकतुक पारिदिएकोले मैले अलि राहतको अनुभव गरिरहेको थिएँ । अहो ! कार्यालय त खुल्लै छाडिएछ । मनै चिसो भयो । मेरो मनको कुरो बुझेभैं संस्कार कार्यालयतिर दौडियो ।

निजी प्रतिष्ठानमा मभन्दा तीनचार तह मुनिको कर्मचारी संस्कारको बोली, वचन र व्यवहार मलाई कहिल्यै निको लागेन । उसको छवि पैसालोलुप र अल्छीको भन्दा गुणस्तरीय थिएन नै । त्यसैले तीन बर्षे कार्यकालमा उसको र मेरो सम्बन्ध औपचारिकताभन्दा अघि बढ्न सकेन । तर बैशाष १२ गतेपछिको दिन अर्थात् आज फेरि एकपटक धर्ति थर्किरहेको बेलामा कार्यालयका अन्य कर्मचारीहरु कता गए र यो संस्कारमात्र मेरो नजीक छ ? भयभीत भएर ज्यान जोगाउँन भाग्ने क्रममा कर्मचारीहरुको तलब बाँड्न ल्याएको तीन लाख चालीस हजार रुपैया, आई फोन र गाडीको साँचो पनि छाडेर भागिएछ, जुत्ता लाउने त झन कसको होस् हुन्थ्यो र ? त्यहीबेलामा संस्कारले पैसा, मोवाइल र गाडीको साँचो ल्याएर मेरो हातमा राखिदियो । मैले उसलाई हेरिरहँदा उसले अर्को हातले मेरो जुत्ता पनि म नजिकै राखिदियो ।

‘संस्कार ….। ’— म उसलाई धेरै कुरा भन्न चाहन्थें तर भाव अनुकुलका शव्द मैले भेटिरहेको थिइनँ । के मानिसलाई चिन्न एउटा शताव्दीको दोश्रो ठूलो भूकम्पको आवश्यकता पर्छ ? के म यस्तै सोचिरहेको थिएँ ?

जेठ ८ गते, २०७३ - १२:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top