Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कांग्रेस महामन्त्रीमा शशांक कोइराला बिजयी

\"Sashanka-Koirala-750\" काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट महामन्त्री पदमा शशांक कोइराला विजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनको पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिएको मतगणनामा शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसी र सिटौला प्यानलका गगन थापालार्ई पराजित गर्दै निर्वा्चित भएका हुन्। उनी १३४७ मत पाएर १४० मत गणना गर्न बाँकी छँदै विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी शेरबहादुर देउवा प्यानलका अर्जुन नरसिंह केसीले ९८३ मत पाएका छन्। कृष्ण सिटौला प्यानलबाट महामन्त्री पदमा प्रत्यासी बनेका गगन थापाले ५३७ मतमै सिमित रहे । काे हुन शशांक काेइराला ? नेपाली कांग्रेसको महामन्त्री पदमा विजयी बनेका डा. शशांक कोइराला वीपीका कान्छा छोरा हुन् भन्ने सबैलाई थाहा छ । नेपाली कांग्रेसमा कोइराला परिवारको अवसान सुरु भएको चर्चा चल्दै गर्दा केन्द्रीय पदाधिकारी टीममा डा. शशांक एकमात्र पारिवारिक प्रतिनिधिका रुपमा उदाएका छन् । पेशागत दक्षताका हिसाबले आँखाका डाक्टर रहेका ५९ वर्षीय डा. शशांक बहुदल आएपछि सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् डा. कोइराला नवलपरासीबाट संविधानसभामा दुई कार्यकाल विजयी जनप्रतिनिधि समेत रहेका छन् । ०४६ को जनआन्दोलनमा शशांकले सहभागिता जनाउदै राजनितिमा प्रबेश गरेका थिए । जनआन्दोलनकै क्रममा उनी ०६३ सालमा पनि उनी प्रअरी हिरासतमा परेका थिए । वीपी कोइराला ०१५ सालको चुनावमा खट्ने तयारीमा रहेका बेला शशांकको जन्म भएको हो । वीपी जेल परेपछि शशांक भारतको बनारसमा र्पुयाइए र उतै उनले विद्यालय तहको अध्ययन पूरा गरे । शशांकले भारतमै आइएस्सी उत्तीर्ण गरे र उतै एममीबीबीएस अध्ययन गरे । एमबीबीएस पढ्दै गर्दा थाइल्याण्डकी युवतीसँग शशांकको प्रेम सम्बन्ध भयो । भारतीय पिता र थाई आमाबाट जन्मेकी सुपात्रा (सुफात्रा) भाटिया भारतमा छात्रवृत्ति पाएर अध्यययनरत थिइन् । पछि उनीहरुले नेपालमै आएर विवाह गरे । र, भारतबाटै शशांक र सुपात्रा दुबै जना एमडीसम्मको अध्ययन पूरा गरी दुबैजना डाक्टर बने । राजनीतिमा लाग्नुपूर्व शशांकले काठमाडौंको टिचिङ एवं वीपी कोइराला मेमोरियल अस्पतालमा काम गरेका थिए । हाल काठमाडौंको टोखामा बसोबास गर्ने डा. शशांक र डा. सुपात्राकी एक छोरी छिन् । डा. शशांक कोइराला २०१५ साल कात्तिक ८ गते बिराटनगरमा जन्मेका हुन् । तर, उनी ०६४ देखि नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट चुनाव लड्दै र जित्दै आएका छन् । दोस्रो संविधानसभामा पनि शशांकले नवलपरासी १ नै रोजे र त्यहाँबाट जित हात पारेर संविधानसभामा आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies