Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

वास्तुकला संरक्षणमा वर्षको एक लाख बजेट– नारदमणि

नारदमणि हार्तम्छाली ‘कलाङ’ कुशल चित्रकार र मुर्तिकार हुन् । हाल उनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्यका रुपमा क्रियाशील छन् । प्रतिष्ठानमा वास्तुकला र सिर्जनात्मक कला विभागका प्रमुख हुन् उनी । अखिल नेपाल ललितकला संघका महासचिव समेत रहेका उनले फाइन आर्टमा स्नातक र समाजशास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन गरेका छन् । भूकम्पले नेपालका धेरै पुरातात्विक अमुल्य वास्तुकलाहरु नष्ट ग¥यो । वास्तुकलाको पुर्नसंरचना गर्ने कुरा चलिरहेकोछ । प्रस्तुत छ, वास्तुकलाको पुनःनिर्माण र संरक्षणका लागि प्रतिष्ठानबाट कस्ता कार्यहरु भइरहेका छन् भन्ने सेरोफेरोमा आधारित रहेर खबरडबलीले गरेको सम्वाद । \"narad\"नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका गतिविधिहरु के छन् ? यसमा अलिकति पूर्वभूमिकाबाटै जान पर्ला, कला आफैमा स्वस्फूर्त अनुभूतिको व्यक्तिगत अभिव्यक्ति जस्तो देखिए पनि व्यष्टिभित्र समष्टीको सार जोडिएको हुन्छ । अतः यसमा सिर्जना, संघर्ष, सिद्धान्त, संयोजन, संगठन जस्ता पक्षहरूको महत्त्वपूर्ण भूमिका र औचित्य हुने गर्दछ । यसैले भन्ने गरिन्छ “समाज–संस्कृति कलाको जग आधार हो भने कला समाजको दर्शन पनि हो ।” जसमा अर्थ राजनीतिले एउटा साझा नीतिगत मूलनेतृत्व गर्दै कलासिर्जना गराउने संचालकमा मानवस्रोत र संगठित उर्जाशील वातावरण सम्बन्धित राज्य र विश्व संजालले दिएको हुन्छ । यो अर्थमा “नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान–संस्थागत नेतृत्व र कला अनुसन्धान !” गर्ने औपचारिक सोच–परिकल्पना, लक्ष्य र उद्देश्यहरूको उद्घोष गर्दै संस्थागत नीति–विधिको रणनैतिक कार्यक्रमिक योजना सहितको कार्यक्रम तथा गतिविधिहरू गर्दै जानुपर्ने हुन्छ ।   हाम्रो देशको सांस्कृतिक–सामाजिक परिवर्तन र राजनैतिक उत्तरचढावसँगै विगतदेखि सामुदायिकरूपमा ललितकला सिर्जना र संस्थागत विकासकोक्रम पनि अनौपचारिकरूपले चल्दै आएपनि वि.स. २०२२ सालबाट औपचारिक तवरले नेपाल ललितकला संस्था गठन भई राष्ट्रिय कलाप्रदर्शनी र विभिन्न गतिविधि सुरू हुनथालेको पाइन्छ, तर वि.स. २०३४ मा त नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा सिमित र समाहित बनाईयो । अतः वि.स. २०३६–२०४६ साल र पछि दशबर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन(२०६२÷६३) पछि भने यसमा विशेष प्रावधान सुरु भई वि.स. २०६६ चैत्र ३१ गते सरकारबाट २०६७ बैशाख २ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान विधिवत गठन भइ त्यही दिनलाई वार्षिक ‘कला दिवस’ कै रुपमा मनाउँदै आइरहेका छौँ ।   बुँदागत रुपमै भन्नुपर्दा विषयगत कलाका प्राज्ञिक विभागहरुमा, समसामयिक चित्रकला, परम्परागत चित्रकला, लोककला, मूर्तिकला (परम्परागत तथा समसामयिक), हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मककला हुन्छन् । यी माथिका विभिन्न विभागहरूबाट कामहरु गर्न सकिन्छ । त्यसमा परम्परागत प्रचलनका नियमित गतिविधी भन्दा ठोस र प्राज्ञिक स्तरका विशेष उल्लेखनीय काम छ ? खास गर्न सकिएको छैन, कारण हाम्रो परिकल्पना र सोच नै योजनात्मकरुपले संस्थागत विकास गर्ने तयारी तथा अलिक बढी चासो÷खोजतलासको जाँगर चलाइएको छैन । त्यसमा पनि यो हाम्रो पालोको पहिलोबर्षे अनुभव गर्न मै वित्यो । त्यसमा पनि भुकम्प र नाकाबन्दी जस्ता प्राकृतिक–मानवीय पक्षहरु पनि अर्को बाध्यता र बाहाना दुवै भयो ।   तर पनि राष्ट्रिय कला प्रदर्शनीका अलवा केही विशेष कला कार्यशाला–गोष्ठीहरु ३÷४ वटा देशमा कलामैत्री भ्रमण र प्रदर्शनीमा सहभागीता, केही सानातिना भए पनि कार्यपत्रात्मक कला अनुसन्धान तथा पूर्व पश्चिममा केही ठाँउको अध्यनभ्रमणहरु लगायतका गतिविधीहरु चलाईको छ । तपाई वास्तुकला एवं सिर्जनात्मक कला विभागका प्रमुख हुनुहुन्छ । यस विभागमा के के पर्छ ? मेरो विभागमा विभिन्न उपविधाहरू पर्छ जस्तै, पहिलो, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागमाः –यसमा वास्तुकला, कलाभिडियो, प्रतिस्थापनकला–भावभंगीमाकला, नवमाध्यमकला, सामान्य वस्तुकोकला, रेडिमेटकला आदि उपविधाहरू पर्दछ । यो पद्धतिमा कुनै पनि क्षेत्र, विषयवस्तु, माध्यमलाई खुल्ला छोडेर प्रस्तुत गरिन्छ । यसमा कठोर नियम र खासपद्दति छैन, यो परिक्षणिक छ । दोस्रो, प्रतिस्थापन–भावभंगीमाकला (भावनाटिका), नाटक÷नाट्य र नाटिकासँग केहि सम्बन्धित छ । –एउटा झलक मात्रै भाव–विम्बको रुपमा देखाइन्छ । जसमा प्रस्तोतासहितको वा विना पनि (स्थिति बोध गराएर) बहुवस्तु र माध्यम तथा तरिका अपनाइन्छ । कला दोहोरिदैन, पूर्वाभ्यास चाहिँदैन । तेस्रो, कार्टुन तथा अन्यः चित्रकला वा अन्य वस्तुमाध्यमद्वारा व्यङ्गसहीत हाँस्य–रमाइलो तरिकाले गम्भीर कुरालाई पनि सम्प्रेषण गरिने हुन्छ । चौथोमा चाँही कला–फोटोग्राफी पर्छ । –यसमा ललितकलामा फोटोग्राफी भन्ने हुन्छ । भाव–अनुभूति प्रधान हुने, विषय, सूचना वा सन्देश र प्रविधि भन्दा शैलीगत प्रस्तुतिको कुरामा ध्यान । विषयवस्तमा प्रस्तुति वेजोड र सटीक हुनुपर्ने । –रङ्गलाई भावानुसार प्रकाश–छायामा खेलाउने तथा प्रस्तुतिमा विविधता पनि बनाइने । पाँचौं, भिडियो आर्टः –झलक देखाइने, कथा वा प्लटको आवश्यक नहँुने । डाइलग पनि भावभंगिरुपमा नै राख्न हुने तर श्रव्य–दृष्यको रसराग भाव अनुसार हुनुपर्ने पात्र आफै सूत्राधार, निर्देशक, नायक–खलनायक, प्रस्तोता वा कर्ताले नै स्थितिको वोध गतिशिल परिवर्तित दृष्य–स्रव्यको भावुक विम्व–प्रभाव देखाइने । तपाईको विभागले गरेका केही कार्यहरु ? मेरो विभागबाट पनि नियमित र सामान्य खालकै कार्यक्रम संचालन भयो । कार्टुनकला अन्तरक्रिया गोष्ठी –नाफा, (काठमाण्डौमा), पोष्टरकला गोष्ठी (प्रतियोगितात्मक) देशका विभिन्न तिन ठाँउहरूमा,प्रतिस्थापन÷भावभंगिमाकला नेपालका तिन ठाँउमा, कला भिडियो र फोटोग्राफिकला गोष्ठी काठमाडौंमा सम्पन्न भयो । यसरी नै पोखरा–मुस्ताङ भ्रमण तथा भुकम्प राहत कलाकार्यक्रम र विभागीय वार्षिक प्रतिवेदन प्रकाशन भयो । यस मध्ये वास्तुकलामा विशेष अनुसन्धानको लागि लोकाधुनिक वास्तुकलामा सोधपत्र तयारी गर्न प्रतियोगिता गराई सोधार्थी (अनुसन्धान कर्ता) छनौट गरियो । त्यो अनुसन्धानपत्र यसबर्ष बजेटबाटद तयार हुदै छ । ती कार्यक्रमहरूको कमीकमजोरी पाटोमा चाँही के भन्न सकिन्छ भने, तयारीको क्रममाः वस्तुगत तथ्याङ्क खास नउठाई, विना पूर्वअध्ययन, भावुकताको भरमा कार्यक्रम आयोजना गर्नु, धेरैठाउँ र संख्यामा हुनु, तर लागत रकम र पूर्वतयारी भने कम भयो । सम्बन्धित विधाको कार्यपत्र तथा प्रस्तोता र सहभागीहरू छनौटमा कमध्यान, जसको कारण लक्षितसमूह केन्द्रित गरी विशेष आवश्यकता अनुसारको सहजीकरण गर्नु, गाह्रो हुनु । –परिषद्बाट नाफा हालखबर सम्पादनमा यस विभागको भूमिका प्रष्ट नगरिनु लगायत विभागहरूबीच समन्वयन कम र केन्द्रीय तथा विभागीय कार्यक्रमबीच तालमेल पनि नमिलाइनु । सवलता÷सक्षमताः– विभागीय सदस्यहरूका राम्रै सक्रियता, कार्यविधि ने. ल. प्र.प्र.वा. तथा अन्य सिर्जनात्मककला विभागको नियमानुसार चल्ने प्रयास तथा व्यवहारसम्मत लचकता, एकाआपसी सद्भाव, सरसहयोग सल्लाह र विभागीय वैठक समेत नियमित भएको । परिषद्बाट विभागीय कार्यक्रम सहज स्वीकृति तथा समयमै रकम निकासा र मुख्य पदाधिकारी प्राज्ञहरूबाट आन्तरिक प्रोत्साहन र निर्देशन तथा आपसी सरसल्लाह समेत हुनेगरेको । अवसर÷मौका ः –कार्यक्रम तय गरी, सञ्चालनार्थ नीति–विधि बनाई, कार्यान्वय गर्न÷गराउनु आन्तरिक स्वयत्तता पाइएको र क्षमता विकासार्थ अन्य विभागहरूको सद्भाव र विश्वास यस विभागमा राम्रो रहेको । –अन्य विभागहरूले यस विभागलाई विशेष कार्यक्रमहरूमा सहभागिता गराएको, एकापसी सरसल्लाह लिए–दिएको । परिषदले यो विभागीय प्रमुखलाई पनि अन्तराष्ट्रिय कलाअध्ययन–भ्रमणको मौका दिएको । बाधाहरू÷चुनौती ः –प्रतिष्ठानको मूल समस्य पहिचान तथा प्राथमिक आवश्यकताको किटान सहितको रणनैतिक कार्यक्रमिक कार्यनीति–विधिको दीर्घकालीन सोच र निश्चित योजना खास नभएका कारण यस विभागको सारआधार–योजना पनि प्रष्ट हुन सकेको छैन । –यस विभागमा वास्तुकला जस्ता गम्भीर विधादेखि उत्तरआधुनिक कलाशैलीका उपविधाहरू पनि समावेश, प्रशिक्षण तथा अभ्यास भइरहेकोले यस्तो बहुक्षेत्रलाई समेटेर यति थोरै(८लाख) बजेट तथा सिमित मानवीय संसाधनले भ्याउन÷पु¥याउन मुस्कील तथा कम कार्यक्रम हुने । नेपालमा वास्तुकलाको स्थिति, सम्भावना र चुनौतिहरु कस्तो देख्नुहुन्छ ? ललितकलाको दृष्टिले वास्तुशास्त्रलाई हेर्दा हामी भौतिक भन्दा पनि साँस्कृतिक अर्थभावमा सौन्र्दय अनुभूति र उपयोगको दृष्टिले बोध गर्दछौ त परम्परागत मठ–मन्दिर तथा अहिलेको भन्दा आधुनिक भावनाको सवाल अलिक अर्को पाटा हो । त्यसमा निकै विकास भएको भन्नु पर्दछ तर लालित्यको दृष्टिले हाम्रो प्रतिष्ठानमा वास्तुशास्त विशेष पक्षलाई खास किटान गरिएको छैन तापनि लोक–परम्परामा भए गरेका नमुनाहरु सामान्य अर्थमा प्रचलनमा छदैं छ र त्यसले नेपाललाई प्रतिनिधित्व गरेकै मान्नु पर्दछ । यस सवालमा नयाँ सम्भावना खोज्दै प्राकृतिक प्रकोपहरुको धक्का खाँदै जाँदा र हामीमा नेपाली पहिचानहरुको मौलिकता खोजी र जगेडा गर्नु हो भने अब नयाँ प्रयासहरु गर्नै पर्ने हुन्छ । त्यो अर्थमा स्थानीय लोक परम्पराका वास्तुकलाको खोजी र संरक्षण प्रवर्धन तथा नव सिर्जना पनि अति आवश्यक छ । अब त्यही धरहरा र पशुपतिनाथ तथा लुम्बिनी र जनकपुरको जानकीमन्दिरको सम्पदा मात्र देखाएर पुग्दैन नै अवका नवपुस्ता र युगलाई । त्यसैले नयाँ सोच हुँदैछ । नेपालका मौलिक वास्तुकलाहरु दिनानुदिन हराउँदै गएका छन् । भूकम्पले पनि धेरै मौलिक वास्तुकला ती अमूल्य वास्तु निधिहरु जगेर्ना र थप विकास गर्ने प्रतिष्ठानसँग कस्तो योजना छ ? कुनै बाधासँग अवसर पनि सँगै आउँछ र भोकलाई भोजन भने झंै समाधान खोजिन्छ नै तर भौतिक संरचनाको नमुना बनाउने प्रत्यक्ष उपयोगी वस्तुको अर्थमा योजनागत डिजाइन हेर्ने काम त भौतिक निमार्ण मन्त्रालयसंग सम्बन्धित वास्तुशास्त्री(इन्जीनियरहरुको) नै विशेष जिम्मा हुने गर्दछ तर हामी ललितकलाको पाटाबाट भने वास्तुशास्त्रमा मानवशास्त्रीय पाटाको पनि भाव–सौन्दर्यलाई मात्रै कल्पिने रचनाको अर्थमा हेरिने हुँदा हामी सौन्दर्यशास्त्री र कलाकारको रुपमा मात्रै योजना गर्दछौं र त्यस पक्षमा आवश्यक सहभागीता जनाउँदछौं तसर्थ हाम्रो जिम्मेवारीमा नेपाली वास्तुकलाको पुन र सुन्दरता पक्षमा सरकारले वा आर्किटेक्चर सोसाइटी जस्ता निकायले सरसल्लाह मागे सहभागी बन्ने मात्रै हो तर त्यस बारे खास सरकारले चासो गरेको पनि छैन र हामी पनि त्यती लागि परेका छैनौ । त्यसमा पनि वर्षको एक लाख बजेट पनि वास्तुकलाको क्षेत्रमा छुट्याउन मुस्किल परिरहेको छ । तर आगामी दिनमा यस बारे नयाँ स्तरका अन्तरक्रिया चलाउन थालिदैछ । प्रत्येक देशलाई चिनाउने आफ्नो छुट्टै प्राचिन वास्तुकलाहरु विभिन्न देशहरुमा पाइन्छ । युनान, चिन, भारत जस्ता मूलुकहरुमा उनीहरुको देश चिनाउँने छुट्टै वास्तुकलाहरु छन् । नेपालको सन्दर्भमा वास्तुकलाको नमूना कुनलाई लिन सकिन्छ ? नेपालको चिनारी वास्तुहरुमा प्राचिन मन्दिर, पोखरी–पार्क र स्तम्भहरु नै हुन जस्तै ः धरहरा (जो ढल्यो) पशुपतिनाथको, पाटन र बोद्धको मन्दिरहरू, स्वयम्भु र बौद्धका स्तुपा, रानीपोखरीको मस्जित, लुम्बिनीको स्तम्भ, भक्तपुरको न्यातपोल, राजाकालिन दरबारहरु र पश्चिम नेपालका घुम्तीघर, देउराली चुली, मानवनिर्मित विभिन्न पार्क र घण्टाघर, अन्य आवासीय भवन, राष्ट्रिय सभाहल, होटल रिसोर्ट आदि नै त हुन् । एउटा पढ्दै गरेको विद्यार्थीलाई भविष्यको योजना सोधियो भने डक्टर, पाइलट, इन्जिनियर, यस्तै यस्तै बन्ने हुन्छ । आर्थिक धरातल कमजोर भएका विद्यार्थीको त झन सपना नै हुँदैन भन्दा पनि हुन्छ । कलाको क्षेत्रमा समर्पित भएर लाग्ने कुनैपनि नयाँ पुस्ताको सपना देखिदैन । यसको कारण ? कलाको क्षेत्रमा खास लाग्न नचाहेका भन्नुमा दुईवटा कारणहरू हुनसक्छन् । यो क्षेत्रमा कला–विद्वान धेरै हुन सकिन्छ तर कलाकार नै चाही कम, कारण खास सर्जक बलगरेर, टेक्निकल पक्षमा अध्ययन अनुसन्धानको भरमा हुदैँन । प्रकृतिप्रदत्त पक्षमा श्रमसंग सिर्जनात्मकताको पनि ठूलो जगाधार हुन्छ । त्यसैले जो कोही पढेकै भरमा विद्वान चाँही गनिन सक्छ तर कलाकार नहुन सक्छ । अतः यो पक्ष नर्चर मात्रै हैन नेचर पनि हो । तर जहाँसम्म नेचर भएकैको पनि कला नर्चरमा त्यति रुचि हुदैँन भन्ने सवाल छ । यो चाहीँ आर्थिक र सामाजिक पक्षसंग पनि सहसम्बन्ध छ भन्ने मलाई लाग्छ । अतः कला प्रतिभा बन्नमा अन्य जस्तै तीनपक्ष अनिवार्य नै हुन्छ । एकः सार (नर्चर) दुईः सक्सक (क्रियाशीलता) र तीनः सहजता(उत्पे्ररक बाध्य वातावरण) । यी पक्षहरुको सन्तुलन हाम्रो समाजमा मिलाए यो क्षेत्र पनि आकार्षित नहुने कुरै हुँदैन । ठट्टा गरौं, सबै जना कलाकार भएमा त्यो कला चाँही कसले हेरि दिने किनीदिने, बेचीदिने, बुभी दिने ?! थोरै भएरै पनि सर्जकको महत्व आफ्नै स्थानमा हुन्छ नी हैन र ? तर यहाँले भन्न भएको क्षेत्रमा परिमाणात्मकबाट गुणात्मक फड्को मार्न भने सजिलो हुन्छ ? त्यो अर्को कलाफड्को र विकास पनि हो । विभिन्न योजनाहरु बनाउँदा बनाउँदै कार्यकाल सकिने तर काम खासै नहुने रोग तीन वटै प्रतिष्ठानहरुमा विगतमा पाइन्छ । ललितकला प्रज्ञा प्रतिष्ठानको यस पटकको टिम यो रोगबाट मुक्त हुनसक्छ कि सक्दैन ? तपाईले योजनाको कुरा गर्न भयो । हाम्रोमा त, योजना नै यो किन चाहिन्छ र कलाकारलाई कल्पना र भावना भए हुँदैन र ? भन्ने खतरा भएरै एक डेढ वर्ष बित्यो । एउटा राम्रो चित्र, मूर्ति र वास्तु नमूना रचना गर्नसक्नु एक ठाँउमा छ तर यो त संस्थागत नेतृत्व सहित कलाको गतिमा प्रगति थप्ने, मिसन, भिजन र गोलसहितको योजनागत क्रियाकलाप चलाउनु एउटा हाम्रो वस्तुगत कार्यरचना गर्नु हो । जसको लागि चाहिने सिर्जनात्मक पद्धति जो बैज्ञानिक कार्य व्यवस्थापनसंंग सम्बन्धित हुन्छ । त्यो विधी र प्रक्रिया अपनाई इमान्दारितका साथ सक्रिय हुनुपर्ने हुन्छ तर हामी भावुकताबाट उठेर सजकतामा भरखर जाँदैछौ । अबको २÷३ वर्षमा भने केही नतिजा देखाउनु पर्ने हाम्रो कर्तव्य ठान्दछौ । तपाई चित्रकला, मुर्तिकला सबै विधामा पोख्त मानिनुहुन्छ । नयाँ आउने पुस्तालाई के भन्नुहुन्छ ? पोख्त त केही अर्थमा मान्न सकिएला तर वर्तमानको व्यष्टी, भूत र भविष्यसंग समष्टीमा जोडेर उर्वर उमेरका उत्सुक, इच्छा र आवश्यकताको कलामन र स्वःपन जोगाउँदै भावुकता साथै सर्जक भएर बढिरहँदा समाजमा समय र लगानीको भागी जो पनि हुनै पर्दछ । कला सर्जकहरु त त्रिकाल नै वाच्दछन् भन्नु कारण हो की सिर्जना अमर छ । मान्छे मात्रै मरिन्छ तर मरिँदैन— एक अर्थले पुस्ता हस्तान्तरण हुन्छ । कलामा पनि त्यही सार लागु हुन्छ । यो कुवाहरूलाई भन्न मन लाग्छ । अन्तमा केही छन् कि ! यो सञ्चारको संसारमा अवसर पाएँ र गफ लाएँ, धेरै धन्यवाद र नमस्कार !  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies