/  Fri, October 19, 2018

एकीकरणदेखि सुगौली सन्धिसम्मको तथ्य– के भएको थियो इतिहासमा ? सुगौली सन्धि रद्द भएको तेस्रो प्रमाणका रुपमा नेपाल र बेलायतबीच सन् १९५० अक्टोबर ३० मा भएको सन्धिलाई लिन सकिन्छ ।

phadindra nepalपृष्ठभूमि:
हाम्रा राजनीतिज्ञहरू र सरकारमा रहेका शासकहरूमध्ये अधिकांशलाई नेपालको ऐतिहासिक तथ्यप्रति समुचित चासो नभएको र कति जनालाई त नेपालको राजनैतिक इतिहासकै राम्रो जानकारी नभएको हुँदा नेपाल–भारत सीमा सम्बन्धमा उठेका प्रश्नमा जहिले पनि भारतीय हितले प्राथमिकता पाएको देखिएको छ । त्यसैले समस्त नेपालीले आफ्नो भूमिको साँध–सिमानाका विषयमा आधिकारिक जानकारी राख्नु अत्यन्त आवश्यक छ ।

नेपाल एकीकरणः
इतिहासको उषाकालले के देखाउँछ भने नेपालको क्षेत्रफल विशाल थियो । मध्यकालीन विशाल नेपाल तत्कालीन राजाहरूको व्यक्तिगत सम्पत्ति सरह अंशवन्डा गरिँदै गएपछि आपसी झैझगडा समेतका कारण खण्डित हुँदै गएको प्रमाण पाइन्छ ।

सन् १७४२ मा २० वर्षको उमेरमा गोरखाको राजगद्दीमा विराजमान भएका पृथ्वीनारायण शाहले नेपालको पुनःएकीकरण अभियान सुरु गरे ।

पृथ्वीनारायण शाहले सर्वप्रथम राज्य राजाको व्यक्तिगत सम्पत्ति होइन र सार्वभौमसत्ता अविभाज्य हुन्छ भन्ने तथ्यलाई हृदयंगम गरे । सन् १७४२ मा २० वर्षको उमेरमा गोरखाको राजगद्दीमा विराजमान भएका पृथ्वीनारायण शाहले नेपालको पुनःएकीकरण अभियान सुरु गरे । सन् १७४३ मा नुवाकोटमाथि गरिएको आक्रमण विफल भएपछि उनले दोस्रोपटक नुवाकोटमा आक्रमण गरी २६ सेप्टेम्बर १७४४ मा नुवाकोटमाथि विजय प्राप्त गरे । २८ मे १७५७ मा विजयादशमीको दिन पारेर गोर्खाली सेनाले कीर्तिपुरमाथि आक्रमण ग¥यो । बल्खु खोलाको किनारमा ६ घण्टासम्म भएको लडाइँमा ४०० गोर्खाली सैनिकसहित काजी कालु पाँडेको मृत्यु भयो । यसपछि पृथ्वीनारायण शाहले सैनिक व्यवस्था मिलाउने उद्देश्यले केही समयका लागि युद्ध रोके । यसै अवधिमा पृथ्वीनारायण शाहले आफ्ना भाइहरू महोद्दामकीर्ति शाह, दलजित शाह आदिको नेतृत्वमा मकवानपुरमा आक्रमण गर्न गोर्खाली सेना पठाए । गोर्खाली सैन्यले १७६२ अगस्त २१ मा कमवानपुरमा आक्रमण ग¥यो । त्यहाँका राजा दिग्बन्धन सेन हरिहरपुर गएका हुँदा ४ अक्टुबर १७६२ मा गोर्खाली सेनाले त्यहाँ पनि आक्रमण गरी हरिहरपुर विजय गरे ।
यसरी पराजित भएका दिग्बन्धन सेनले बंगालका नबाब मीरकासिमसँग सैनिक सहयोग मागी पुनः राज्य फिर्ता गर्ने योजना बनाए । परिणामस्वरुप २००० जति मुस्लिम सेनाले १२ जनवरी १७६३ मा मकवानपुरमाथि आक्रमण गरे । पृथ्वीनारायण शाहले वंशराज पाण्डे र केहरसिंहको नेतृत्वमा पठाएको गोर्खाली फौजसँग मुस्लिम सेनाको केही जोड चलेन । १७०० जति मीरकासिमका सेना मारिए । दिग्बन्धन सेन गोर्खामा नजरबन्द भए र पहाडी भूभागमा राज्यविस्तार गर्ने मीरकासिमको आकांक्षा धूलिसात भयो । यसैबीच गोर्खामा चौबिसी राज्यहरूको दोस्रो आक्रमण भयो तर गोर्खाली सेनाको अगाडि उनीहरूको केही लागेन । यसपछि गोर्खाली सेनाले १७६४ सेप्टेम्बर १६ मा कीर्तिपुरमा दोस्रो पटक आक्रमण ग¥यो तर यसपटक पनि कीर्तिपुरले गोर्खालाई पराजयको तीतो स्वाद चखाइदियो । यसरी दुई पटकसम्म असफल भएका पृथ्वीनारायण शाहले विशेष तयारीका साथ कीर्तिपुरमाथि तेस्रो पटक आक्रमण गरे । १२ मार्च १७६६ को मध्यरातमा गोर्खाली सेनाले कीर्तिपुरमाथि आफ्नो कब्जा जमायो ।
P N Shah showing Nuwakot Darbar to his troops

 

कीर्तिपुर हात पारेपछि गोर्खाको आँखा कान्तिपुरमाथि प¥यो । गोर्खाको प्रचण्ड शक्तिसँग जुध्ने साहस कान्तिपुरका जयप्रकाश मल्ल एक्लैले गर्न सकेनन् र उनले १७६७ मा कम्पनी सरकारसँग सहयोग मागे । कम्पनी सरकारले किनलकको नेतृत्वमा २४०० सेना पठायो । त्यो सेनालाई पृथ्वीनारायण शाहको सेनाले सिन्धुलीगढीको पौवागढीमा नराम्रोसँग हरायो । अब पृथ्वीनारायण शाहको ध्यान काठमाडौंमाथि केन्द्रित भयो । उनले जयप्रकाश मल्लकहाँ आफ्ना दूतहरू पठाई ‘आत्मसमर्पण गर्नुहोस्’ भन्ने सन्देश पठाए तर जयप्रकाश मल्ल त्यति सजिलै राज्य छोेड्ने चाल नदेखाएका हुँदा २६ सेप्टेम्बर १७६८ को मध्यरातमा गोर्खाली सेनाले कान्तिपुरमाथि आक्रमण ग¥यो । जयप्रकाश मल्ल भागेर ललितपुरमा शरण लिन पुगे । पृथ्वीनारायण शाह सोही रात कान्तिपुरको राजसिंहासनमा विराजमान भए । यता ललितपुरका काजीहरू पृथ्वीनारायण शाहसमक्ष आत्मसमर्पण गर्न राजी भएपछि जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल भागेर भक्तपुरमा शरण लिन पुगे । बिना रक्तपात गोर्खाली सैन्यले ६ अक्टुबर  १७६९ का दिन ललितपुर कब्जा ग¥यो । ललितपुर विजयपछि पृथ्वीनारायण शाहको ध्यान भक्तपुरमाथि प¥यो । उनले पहिले रणजित मल्लसँग फिर्ता गर्न आग्रह गरे तर रणजित मल्ल यसमा सहमत नभएपछि एक वर्षसम्म यो कुरा त्यत्तिकै रह्यो । त्यसपछि ९ नोभेम्बर १७६९ मा १५०० जति गोर्खाली सैनिक भक्तपुरको प्रवेशद्धार भत्काई सहरभित्र पसे । दुबै पक्षबीच १३ नोभेम्बरसम्म घमासान लडाइँ भयो । जयप्रकाश मल्लको दाहिने खुट्टाको गोलीगाँठामा गोरखाली पक्षले हानेको गोली लाग्यो र ११ नोभेम्बरका दिन रणजित मल्लका आठ पहरियाको पनि मृत्यु भयो । यस लडाइँमा ठूलो सँख्यामा भक्तपुरको सेनाको विनाश भएको र साधारण जनताको पनि ज्यान गएको हुँदा १३ नोभेम्बरका दिन रणजित मल्लले आफ्नो पगरी फुकाई झ्यालबाहिर झुन्ड्याई आत्मसमर्पण गरे । यसरी भक्तपुर पनि गोर्खामा एकीकृत भयो ।

काठमाडौं उपत्यका विजयपछि पृथ्वीनारायण शाह पश्चिम विजयको अभियानमा लागे तर उनी सफल भएनन् ।

काठमाडौं उपत्यका विजयपछि पृथ्वीनारायण शाह पश्चिम विजयको अभियानमा लागे तर उनी सफल भएनन् । अनि उनी फेरि पूर्वी अभियानमा लागे । यस क्रममा उनले किराँतप्रदेश (चौदन्डी र विजयपुर) मा सैनिक अभियान चलाए । सन् १७७३ को सुरुमा माझ किराँतमाथि गोर्खालीको आधिपत्य कायम भयो । १७ जुलाई १७७४ मा गोर्खाली सेनाले विजयपुरमा आक्रमण गरेपछि त्यहाँका राजा कर्णसेन र मन्त्री बुद्धिकर्ण भागेर सिक्किम गए । इलामका विषयमा सिक्किमका राजासँग कुराकानी गरेपछि इलाम पनि गोर्खामा गाभियो र सन् १७७४ को अन्ततिर गोरखाली सेना दार्जीलिङभित्र प्रवेश ग¥यो । यसरी गोर्खाको सिमाना पूर्वमा दार्जिलिङसम्म पुग्यो । यसबीच देवघाटमा १० जनवरी १७७५ को रातमा पृथ्वीनारायण शाहको मृत्यु भयो ।

पृथ्वीनारायण शाह गद्दीमा आसीन हुँदा गोर्खाको सिमाना उत्तरमा हिमालय, दक्षिणमा सेती नदी, पूर्वमा त्रिशुली एवं पश्चिममा माथितिर चेपे र तलतिर मस्र्याङ्दी थियो । उनको आर्जनमा यो राज्य विस्तारित हुँदै उनको अवसानको अवधिसम्म उत्तरमा रसुवागढी, दक्षिणमा मोरङ हनुमाननगर, पूर्वमा दार्जीलिङ र पश्चिममा मस्र्याङ्दी र चेपेसम्म पुगेको थियो ।

पृथ्वीनारायण शाहको अवसानपछि उनका छोरा प्रतापसिंह शाह नेपालको राजगद्दीमा बसे । यसपछि राजदरबारमा षड्यन्त्र सुरु हुन थाल्यो । १३ दिनको आशौचभित्रै प्रतापसिंह शाहले भाइ बहादुर शाह र काका दलजित शाहलाई नजरबन्द गर्नु यसको उदाहरण हो । जब बहादुर शाहलाई नेपाल एकीकरण अभियान अगाडि बढाउने सल्लाह दिए तनहुँ अन्तर्गतको चितवनको तराई क्षेत्रबाट अंग्रेजहरू अगाडि बढ्ने सम्भावनालाई दृष्टिगत गरी बहादुर शाहको सल्लाह मुताविक प्रतापसिंह शाहले चितवनमाथि आक्रमण गर्न अभिमानसिंह बस्न्यातलाई आदेश दिए । स्वरुपसिंह कार्कीको नेतृत्वमा गएको सैन्यदलले १४ जुलाई १७७७ मा कविलासपुर र ६ अगस्तमा चुरेपहाडको सोमेश्वरगढी विजय ग¥यो र चितवन गोर्खामा गाभियो  तर अल्पायुमै प्रतापसिंह शाहको अक्टुबर १७७७ र्इं मा देवघाटमा मृत्यु भयो ।

प्रतापसिंह शाहको मृत्यु हुँदा उनका छोरा रणबहादुर शाह केवल तीन वर्षका थिए । दाजुको मृत्युको खबर सुनेपछि बहादुर शाह काठमाडौं फर्किए ।

प्रतापसिंह शाहको मृत्यु हुँदा उनका छोरा रणबहादुर शाह केवल तीन वर्षका थिए । दाजुको मृत्युको खबर सुनेपछि बहादुर शाह काठमाडौं फर्किए । अनि आफ्ना भतिजा बालक रणबहादुर शाहलाई राजगद्दीमा राखेर आफू उनका नायब भई राजकाज गर्न थाले ।

आफ्ना देवर बहादुर शाहले आफ्नो हक खोसेको टुलुटुलु हेरिरहने स्वभाव रणबहादुर शाहकी आमा राजेन्द्र लक्ष्मीको थिएन । उनले मौका पाउनासाथ बहादुर शाहलाई कैद गरी आफैं नायब भई शासन चलाउन थालिन् । राजगुरु गजराज मिश्रको प्रयासले थुनाबाट मक्त हुनासाथै राजेन्द्रलक्ष्मीलाई कैद गरी बहादुर शाहले रणबहादुर शाहको नायबी पुनः सम्हाले तर राजेन्द्रलक्ष्मी चाँडै नै बहादुर शाहको कैदबाट मक्त भएकीले बहादुर शाह अब आफ्नो केही नलाग्ने देखेर पुनः बेतिया हुँदै पटना गई बस्न थाले ।
14
देवर भाउजूबीचको यस वैमनस्यताको फाइदा हरकुमारदत्त सेनले उठाए । उनले पर्वत र पाल्पाको सहायताले तनहुँको पहाडी भागमा पुनः अधिकार जमाए । यसले गर्दा चौबिसी राजाहरूको साहस बढेर गयो । पर्वत, लमजुङ, तनहुँ आदि चौबिसी राजाहरूको साहस बढेर गयो । पर्वत, लमजुङ, तनहुँ आदि चौबिसी राजाहरू एक गठ भई उनीहरूले संयुक्त रुपमा सन् १७८१ को डिसेम्बरमा गोरखामाथि आक्रमण गरे । चेपेपारि चिप्लेटीमा भएको यस युद्धमा अमरसिंह थापाले चौबिसीहरूलाई हराए । यसपछि सिह«ानचोकमा पुगेको चौबिसी फौज त्यहाँ पनि अमरसिंहसँग परास्त भयो । यो पराजयको बदला लिँदै चौबिसी फौजले कास्कीमाथि अधिकार जमायो । यसैबीच अमरसिंह थापा र पर्वत तथा लमजुङको संयुक्त शक्तिबीच तार्कुघाटमा रणसंग्राम मच्चियो । यस युद्धमा पनि अमरसिंह थापा नै विजयी भए । लमजुङे फौजका सरदार भक्तिथापा र पर्वते सरदार बलिभञ्जन नेपाली फौजको कैदमा परे । यी दुईमध्ये बलिभञ्जन कैदमै मरे भने भक्ति थापाले नेपालको पगरी स्वीकार गरेकाले उनी नेपाली फौजका सरदारमा नियक्त भए । यसरी कास्की नेपालमा समाहित भयो । कास्की नेपालमा समाहित भएपछि नेपाली फौज लमजुङ प्रवेश ग¥यो । लमजुङे राजा वीरमर्दन शाह पहिले आफ्नो शरणमा रहेका हरकुमार दत्त सेनलाई साथै लिई हरकुमार दत्त सेनको रामनगरको जमिनदारीमा पुगे । यसरी ई. १७८२ मा लमजुङ र तनहुँ नेपालमा एकीकृत भए ।

यसैबीच पर्वत ठूलो तयारीका साथ लम्जुङमाथि आक्रमण गर्न आयो । नेपाली फौज र पर्वतको मातहत आएको चौबिसी पल्टनबीच मकैडाँडामा लडाइँ हुँदा चौबिसी फौज परास्त भई लमजुङको इलाका छाडेर कुलेलम ठोक्यो । नेपाली फौजले यही बेला सतहुँ भीरकोट र रिसिङलाई पनि नेपालमा मिलायो । आफ्नो हातमा नायबी अधिकार आउनासाथ राजेन्द्रलक्ष्मीले ठूलो विजय–योजना बनाई एकीकरण अभियानलाई अगाडि बढाएकी थिइन् । नभन्दै उनले नेपालको पश्चिमी सरहद निकै विस्तृत पारिन् पनि, तर यो विजय योजना पूर्ण हुन नपाउ“दै इस्वी १७८६ को सुरुतिरै महारानी राजेन्द्रलक्ष्मीको देहान्त भयो ।

भाउजू राजेन्द्रलक्ष्मीको देहान्तपछि बहादुर शाहले पुनः रणबहादुर शाहको नायबी पाए । उनले तुरुन्तै राजेन्द्रलक्ष्मीले थालेको पश्चिम विजय–अभियानलाई निरन्तरता दिए ।

भाउजू राजेन्द्रलक्ष्मीको देहान्तपछि बहादुर शाहले पुनः रणबहादुर शाहको नायबी पाए । उनले तुरुन्तै राजेन्द्रलक्ष्मीले थालेको पश्चिम विजय–अभियानलाई निरन्तरता दिए । बहादुर शाहले पाल्पाली राजा महादत्त सेनकी छोरीसित विवाह गरी बृद्धिमत्तापूर्वक पाल्पालाई आफ्नो सहायक बनाई बाँकी रहेका चौबिसी राज्य एकीकरण गर्न दामोदर पाँडेको नेतृत्वमा एक फौज पठाए । पाल्पा र नेपालको संयुक्त फौजले पश्चिम ४ नम्बर नुवाकोट, अर्घाकोट, गुल्मी, इस्मालाई नेपालमा मिलायो । अमरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले बाग्लुङलाई आफ्नो अधिकारमा लियो । यसरी चारैतिरबाट घेरिएपछि पर्वतले पनि नेपाली फौजसमक्ष आत्मसमर्पण ग¥यो । यसपछि नेपाली फौजको एक दल भीरकोटतिर लाग्यो । प्यूठानले युद्ध नै नगरी नेपाली फौजसमक्ष आत्मसमर्पण ग¥यो भने यो फौजले सजिलै दाङ पनि सर ग¥यो । नेपाली फौजको अर्काे दलको नेतृत्व अमरसिंह थापाले गरेका थिए । उनी बाग्लुङबाट मुसीकोट पुगे । जाजरकोटले युद्ध नगरी सन्धि गरेकाले अमरसिंह थापा त्यहाँबाट फर्किएर आए । पाल्पा र नेपालबीचको आपसी सहायताको सन्धिअनुसार विजित प्रदेशमध्ये पाल्पालाई गुल्मी, अर्घा र खाँची दिइयो भने बाँकी सबै प्रदेश नेपालमा गाभिए ।

यतिमै यो विजय अभियान रोकिएन । अमरसिंह थापाको नेतृत्वमा एक फौज कर्णाली क्षेत्रतिर पठाइयो । यो फौज भेरी नदी तरी सुर्खेतमा दाखिल भयो र त्यहाँ दैलेखलाई पराजित ग¥यो । यो फौज भेरी नदी तरी सुर्खेतमा दाखिल भयो र त्यहाँ दैलेखलाई पराजित ग¥यो । अमरसिंह थापा यसपछि कर्णाली तरी अछाम र डोटीलाई नेपालमा मिलाउन समर्थ भए । यसरी सन् १७९० को सुरुतिर नेपालको पश्चिमी सिमाना महाकाली नदीसम्म पुग्यो । यसको लगत्तै नेपाली फौज महाकालीपारि अलमोडा पुग्यो । अलकनन्दावारिसम्म दखल गर्न कुनै युद्ध गर्नु परेन । अलकनन्दापारि गढवालका राजासँग युद्ध चल्दाचल्दै चीनले नेपालमाथि अक्रमण गरेको खबर पाएपछि नेपाली फौज ई. १७९१ मा गढवालसित सन्धि गरी काठमाडौं फक्र्याे ।

hqdefaultभोट (तिब्बत) र नेपालबीच नयाँ र पुराना नेपाली मुद्राको मूल्यको अन्तर र तिनको सट्टाको दर निर्धारित गर्ने विषयमा भएको मतान्तरले शत्रुताको रुप लिँदै १७८९ ई. मा दुई मुलुकबीच युद्ध हुन पुग्यो । यस युद्धमा नेपालले भोटका खिरु, कुती, लोङ्गाझुङ्गा र फलाक इलाकाहरू कब्जा गरेको थियो । नेपालले भोट उपर आक्रमण गरेको सूचना पाई चीनले सरदार चान्चुको नेतृत्वमा तीनजना अम्बा (सामान्य अधिकृत) सहित एक ठूलो फौज ल्हासा पठायो  चान्चुले वास्तविक वस्तुस्थिति बुझेपछि भोटका पन्ध्र–सोह«जनाको प्रतिनिधि मण्डल र नेपाली प्रतिनिधि मण्डलबीच छलफल हुँदा यस झगडामा सम्पूर्ण रुपमा भोट नै दोषी सावित भयो र उसले नेपाललाई हर्जाना तिर्नुपर्ने देखियो । यस सम्बन्धमा भोटका समक्ष केही सर्तहरू राखिए । भोटको अनुरोधमा नेपालीहरूले केवल पचास लाख रुपियाँमै सन्तुष्ट हुनु पर्ने, भोटले उक्त रकम तिरेको खण्डमा नेपालीहरू आफूले दखल गरेका क्षेत्रमाथिको दाबी त्याग्ने तर रकम नतिरे हिमालयको मुख्य श्रृंखलाभन्दा दक्षिणका भोटका इलाका नेपालकै कब्जामा रहने र यी कुनै पनि कुरा नमान्ने भए ल्हासा दरबारले नेपाललाई प्रति वर्ष एक लाख रुपैयाँ दिनु पर्ने भन्ने सर्तहरू रहेकोमा भोटले कुनै पनि सर्त मञ्जुर गरेन त चान्चुका प्रतिनिधिहरूको दबाबका कारण भोट प्रतिवर्ष पचास हजार रुपैयाँ नेपाललाई बुझाउन मञ्जुर हुन बाध्य भयो ।
बाध्यतावश उक्त निर्णयमा हस्ताक्षर गरे पनि भोटलाई यो निर्णयमा कदापि चित्त बुझेको थिएन त्यसैले सन्धि अनुसार तिरेको पहिलो वर्षको पचास हजार रुपैयाँपछि नेपालले भोटबाट कुनै रकम पाएन । फलस्वरुप अवसर पर्खिरहेको नेपालले भोटमाथि आक्रमण गर्ने निहुँ पायो र बहादुर शाहले सन् १७९१ मा भोटमाथि आक्रमण गर्न एक फौज पठाए । उक्त फौज हिमालय शृंखला पार गरी भोटमा उपस्थित हुन पुग्यो । नेपाली फौजल विगर्चाका प्रसिद्ध विहारहरू लुटी प्रशस्त सम्पत्ति हात पा¥यो । यसबाट भोट यति आतङ्कित भयो कि दलाइ लामा स्वयम् ल्हासाबाट भाग्न तयार भएका थिए । चीनले अविलम्ब सहयोग गर्ने आश्वासन दिएकाले उनी केही सन्तोषको सास फेरेर बसे ।

चिनियाँ फौज ७० हजारको संख्यामा रहेको कुरा इतिहासमा लेखिएको भए पनि एकजना चिनियाँ इतिहासकारका अनुसार यसमा केवल १० हजार जना मात्र थिए ।

ई. १७९२ को जनवरीमा भोटको सहयोगका निम्ति चिनिया“ फौज आइपुग्यो । दिगार्चाबाट लुटेको सम्पत्ति फिर्ता गर्ने र कैद गरिएका तिब्बती अधिकारी र नेपालमा शरण लिई बसेका सुमुर लामालाई बुझाउने भोटको मागका विषयमा नेपालले कुनै चासो नदेखाएकाले भोटको सहायतार्थ आएको चिनियाँ फौज नेपालतिर बढ्यो । यो चिनियाँ फौज ७० हजारको संख्यामा रहेको कुरा इतिहासमा लेखिएको भए पनि एकजना चिनियाँ इतिहासकारका अनुसार यसमा केवल १० हजार जना मात्र थिए । जे होस् यो फौज निरन्तर काठमाडौंतिर बढ्ने क्रममा त्रिशूलीको किनारै किनार नुवाकोटसम्म आइपुग्यो । घैबुङ इलाकामा भएको युद्धमा दुबैतर्फ गरी चार हजार सैनिक हताहत भए । चिनियाँहरू अझ अगाडि बढ्दै पाँचमाने भञ्ज्याङ आइ पुगे । भञ्ज्याङ काटी उक्त चिचियाँ फौज जितपुर फेदीसम्म आइपुग्यो । यस हिसाबले चाँडै नै चिनियाँ फौजले काठमाडौं घेर्ने निश्चित थियो । यस प्रत्युत्पन्न अवस्थामा नेपाली फौजले बडो बृद्धिमानी देखायो । १९ सेप्टेम्बर १७९२ को रात नेपालीहरूले चिनियाँ फौज बसेका तीनैतिरका जंगलका रुख र बुटाहरूमा बलेका राँकाहरू बाँधिदिए । घरेलु जनावरका सिङमा पनि यसैगरि राँकाहरू बालियो । चिनियाँहरूले यसलाई आफू तीन तिरबाट असंख्य शत्रुद्धारा घेरिएको सम्झेर भागाभाग गर्दै पछि हटे । यस घटनापछि दुवै पक्ष युद्धविराम गर्न सहमत भए ।
रणबहादुर शाह वयस्क भइसकेपछि उनी बहादुर शाहको नायबीमा बस्न तयार भएनन् । त्यसैले एक दिन एक्कासी रणबहादुर शाहले बहादुर शाहसित उनको नायबी कालको हिसाब मागी उनलाई कैद गरे । दरबारका शक्तिशाली भारदारहरूको दाउपेचमा परी ई. १७९५ मा कैदमै बहादुर शाहको हत्या गरियो । विशाल नेपालका महान् स्वप्नद्रष्टा र एकीकरण अभियानका एक संघर्षशील तर अथक योद्ध नायकको दुःखद अवसान भयो ।

रणबहादुर शाहको विलासिताको अनेक कथा छन् । यिनका पाँचवटी रानी भएको उल्लेख पाइन्छ । प्रथम रानी राजराजेश्वरीबाट कुनै सन्तान भएनन् । दोस्री रानी सुवर्णप्रभाबाट रणोद्यत शाह नामका युवराज जन्मेका थिए तर एकजना विधवा तिरहुत ब्राह्मणी कान्तमतीसँग तेस्रो विवाह गरी उनीबाट इस्वी १७९५ मा जन्मेका गीर्वाणयुद्ध विक्रम शाहलाई कान्तमतीको प्रेममा पागल भएका रणबहादुर शाहले ई. १७९७ मा राजसिंहासनको उत्तराधिकारी घोषित गरे । जेठी रानी राजराजेश्वरी गीर्वाणकी नायव भइन् र रणबहादुर सन्यासी भए । कान्तमती शीतला रोगबाट ई. १७९९ मा दिवङ्गत भएपछि प्रेमविह्वल रणबहादुर शाह बहुलाएझै“ जथाभावी गर्न थाले । आफूलाई सन्यासी घोषित गरे पनि उनले राजकाजमा पनि हस्तक्षेप गर्न कुनै कसर बाँकी राखेनन् तर दामोदर पाँडेसँग आखिर केही नलागेपछि सन् १८०१ मा उनी काशीतर्फ पलायन भए । तर उनी काशी प्रवासबाट केही वर्षमै काठमाण्डु फर्कन समर्थ भए । उनी काठमाण्डु फर्किएकै दिन दामोदर पाँडे र उनका जेठा छोरा समातिए र लुमडीको थान अगाडि मारिए । रणबहादुर शाह गीर्वाणयुद्ध विक्रम शाहका नायब भई पुनः राजकाज चलाउन थाले । पाँडेको हत्यापछि भमिसेन थापा प्रधानमन्त्री भए । रणबहादुर काशीबाट फर्केलगत्तै अमरसिंह थापाको नेतृत्वमा पश्चिम विजयका निम्ति एक फौज पठाए ।

पाल्पाली राजा पृथ्वीपाल सेनलाई उनकी बहिनीसित विवाह गर्ने निहुँ पारी रणबहादुर शाहले पुनः काठमाडौं बोलाई उनलाई यहीं नजरबन्द गरिदिए । चौतरिया शेरबहादुर शाह र रणबहादुर शाह सौतेला भाइहरू थिए । युद्ध क्षेत्रमा जाने विवादमा ई. १८०३ को अप्रिल (वैशाख शुक्ल १८६३)मा शेरबहादुर शाहले रणबहादुर शाहलाई तरबार प्रहार गरी मरणासन्न तुल्याएपछि तत्कालै तरबार प्रहार गरी बालनरसिंह कुँवरले शेरबहादुर शाहलाई समाप्त गरे ।

रणबहादुर शाहको मृत्युपछि भीमसेन थापाले आफ्ना समर्थक सैनिकहरूद्वारा राज्यका शक्तिशाली पचासभन्दा बढी आफ्ना विरोधीलाई एक एक गरी सखाप पारे ।

 

रणबहादुर शाहको मृत्युपछि भीमसेन थापाले आफ्ना समर्थक सैनिकहरूद्वारा राज्यका शक्तिशाली पचासभन्दा बढी आफ्ना विरोधीलाई एक एक गरी सखाप पारे । त्यसै दिन पाल्पाली राजा पृथ्वीपालसेन पनि आफ्ना सबै सैनिक अधिकृतहरूका साथ मारिए । भीमसेन थापाले तुरुन्तै आफ्ना पिता अमरसिंह थापालाई पाल्पा कब्जा गर्न पठाए । यसरी एकीकृत हुन बाँकी रहेको पाल्पा पनि नेपालमा मिलाइयो । तत्कालै भीमसेन थापाले चौतरिया बम शाहलाई कुमाउ“का हाकिम नियुक्त गरी पठाए ।

पृथ्वीपाल सेनको हत्यापछि पाल्पा नेपाल अधिराज्यमा गाभिनुभन्दा पहिले नै अमरसिंह थापा बाँकी रहेको पश्चिम विजय अभियान पूर्ण गर्न नेपालको अधिकारमा आइसकेको अलमोडा इलाकामा पुगिसकेका थिए । उनको नेतृत्वमा रहेको फौजले सन् १८०४ मा गढवालको राजधानी श्रीनगरमा आक्रमण ग¥यो । गढवालका राजा प्रद्युम्न शाह यस युद्धमा पराजित भएपछि गढवालमा पनि नेपालको प्रभुत्व कायम भयो । गढवाल विजयको वर्षदिनभित्र नेपाली सेनाले गढवालको उत्तर–पश्चिमका स–साना रजौटाहरूलाई आफ्नो राज्यमा मिलाए । यसरी सन् १८०५ को प्रारम्भतिर नेपालको पश्चिमी सीमा सतलज नदीसम्म पुग्यो ।

पूर्वी सिमानाको हकमा सन् १७८४ मा नेपालको सिमाना मेची र टिस्टा नदीका बीच अवस्थित दार्जीलिङको सम्पूर्ण तल्लो भूभागसम्म विस्तारित भएको थियो । मेची नदीदेखि पूर्वतर्फको पहाड र पर्वत शृङ्खलाको सम्पूर्ण भूभाग पनि नेपालका एकिकृत भयो । यसपछि नेपाली फौज अझै पूर्वाेत्तरतर्फ लाग्दै सन् १७८९ मा सिक्किममा प्रविष्ट भयो । टिस्टा नदीदेखि पश्चिमतर्फको सबै भूभाग नेपालमा मिलाइयो ।

 

अमरसिंह थापा ई.सं. १८०५ को अन्त्यतिर आफ्नो फौजसहित काँगडा राज्यमा प्रवेश गरे । त्यहाँका राजा संसार चन्द युद्धमा हारी काँगडाको दुर्गभित्र लुक्न पुगे ।

 

राज्यविस्तारको लालसा अझै मेटिएको थिएन । अझ यसो भनौं, नेपाल एकीकरण अभियान अmभै पूर्ण भइसकेको थिएन । अमरसिंह थापा ई.सं. १८०५ को अन्त्यतिर आफ्नो फौजसहित काँगडा राज्यमा प्रवेश गरे । त्यहाँका राजा संसार चन्द युद्धमा हारी काँगडाको दुर्गभित्र लुक्न पुगे । यस युद्धमा लड्दालड्दै नयनसिंह थापाले प्राण त्यागे । संसार चन्द सुर्जनपुराको किसानको छद्मभेषमा सपरिवार किल्लाबाट भागेपछि उनी पंजाबका राजा रणजित सिंहसँग मिल्न पुगे । कांगडा दुर्ग रणजित सिंहलाई दिने सर्तमा संसारचन्द मन्जुर भएपछि सन् १९०९ को मे महिनामा सिख फौजले नेपाली फौजमाथि आक्रमण ग¥यो । दुवै पक्षबीच घमासान युद्ध भयो । २४ अगस्ट १८०९ मा संसारचन्द र रणजित सिंहको संयुक्त फौजसित नेपाली फौज परास्त भएकाले अमरसिंह थापा सो दुर्ग छोडी सतलजवारि आई त्यहाँको शासन व्यवस्था संचालन गर्न थाले । यसरी सन् १८०९ सम्ममा नेपालको सिमाना पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म कायम भएको थियो । क्रमशः

अहिले हामी भारतीय हस्तक्षेपको पीडा सहिरहेको छौं । अहिलेको परिस्थितिमा इतिहासका केही तथ्यहरु  पुनःस्मरण गर्न उपयोगी ठानेर यो सामग्री प्रकाशित गरेका छौं । यसको बाँकी अंश भोलीको अंकमा प्रकाशित गरिने छ ।

मंसिर ८ गते, २०७२ - १३:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युवा अवस्थामा निर्णय क्षमताका लागी ११ टिप्स

युवा अवस्थामा निर्णय क्षमताका लागी ११ टिप्स

काठमाडौं । मानिसले युवा अवस्थामा के-के गर्न सक्छन् ? या के-के गर्नुपर्छ ? यसको ठ्याक्कै उत्तर पाउन गाह्रो...   
राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण [फोटो फिचर]

राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण [फोटो फिचर]

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा...   

आगलागीबाट चार लाखको क्षति

रुकुम , पश्चिम । पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ । स्थानीय...   

रिक्सामा सवार आठ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै...   

दसैंमा मासु : थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन

काठमाडौं । दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन...   

इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्छः खनाल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई...   
रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय, यस्ता यस्ता काममा खप्पिस छन् यी ‘खेलौना’

रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय, यस्ता यस्ता काममा खप्पिस छन् यी ‘खेलौना’

मस्को । रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुले को छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको...   

बेनि नाकाबाट मात्रै १७ हजार भेडाच्याङ्ग्रा निकासी

बेनी । दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु,...   

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

काठमाडौ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल...   

यो वर्ष लोकसेवाले असोज अन्तिम साता विज्ञापन ननिकाल्ने

काठमाडौं । लोकसेवा आयोगले कर्मचारी रिक्त दरबन्दी पूर्तीका लागि असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top