कलाले शासकवर्गको इच्छालाई भरमग्दुर सहयोग गरिरह्यो । कला नै यस्तो माध्यम थियो शासकवर्गका लागि जसले मानिसमा विश्वास पैदा गर्न सक्थ्यो । धर्मप्रति विश्वास बढाउन सक्थ्यो र मानिसलाई शासकवर्गप्रति वफादार बनाउन सक्थ्यो ।कलाले शासकवर्गको इच्छालाई भरमग्दुर सहयोग गरिरह्यो । कला नै यस्तो माध्यम थियो शासकवर्गका लागि जसले मानिसमा विश्वास पैदा गर्न सक्थ्यो । धर्मप्रति विश्वास बढाउन सक्थ्यो र मानिसलाई शासकवर्गप्रति वफादार बनाउन सक्थ्यो । यसको प्रारम्भ मिश्रबाट भयो । त्यसपछि विभिन्न सभ्यताको नाममा कलाले शासक र धर्मको पक्षपोषण र सेवा गर्दै अगाडि बढ्यो । मिश्र, ग्रिक, रोमन जस्ता साम्राज्यमा कलाको विकास व्यापक रूपमा भयो । कलालाई राज्यको अभिन्न र शक्तिशाली माध्यमको रूपमा विकास गर्दै लगियो । हुन त त्यसबेलाको विकास निर्माण र प्रगति भनेकै कलाको विकास थियो । जति धेरै कलाकृतिहरू निर्माण गर्न सक्यो राज्य त्यत्ति नै सम्पन्न र वैभवशाली ठहर्ने हुनाले राज्यले यसमा लगानी पनि धेरै नै गरेको पाइन्छ । यिनै कलाकृतिको आधारमा नै हामीले ती सभ्यताको अध्ययन एवम् विश्लेषण गर्ने गरेका छौं । कला र संस्कृतिको जग बलियो गरी बसाल्न सके राज्यव्यवस्थामा लामो समयसम्म रहिरहने सोचका कारण त्यत्तिबेलाका शासकले कला र संस्कृतिमा व्यापक लगानी गरे । जुन कला र संस्कृति उनीहरूले चाहे जस्तो अनुकूल थियो । कला र संस्कृति भनेका व्यापारिक चीज नभई सभ्य समाजको निर्माणमा भूमिका खेल्ने शसक्त माध्यम भएकाले यसलाई शासक वर्गले जति राम्ररी बुझ्न सक्यो त्यत्ति नै समृद्ध समाजको निर्माण हुन सक्छ । साथै यसलाई आफू अनुकूलको बनाउन सकेमा मानिसमा आफ्ना विचारलाई सहज ढंगले प्रवाहित गर्न सकिन्छ । यो तथ्यलाई प्राचीनकालका शासकले राम्ररी बुझेकाले कला र संस्कृतिलाई व्यापक ढङ्गबाट उपयोग गरेको पाइन्छ । यसैको पृष्ठभूमिमा रही मिश्र, ग्रिक, रोमन कलाले आफ्नै मौलिक दर्शन र सभ्यताको विकास गरे । शासकवर्गले आफ्ना दर्शन र मौलिक पक्षलाई कलामा अभिव्यक्त गर्दै आए । यो क्रम पुनर्जागरण कालसम्म रहिरह्यो । ग्रिककालमा विज्ञानको विकासप्रतिको सोच आयो । केही वैज्ञानिक चिन्तन र विश्लेषणको सुरु भयो । प्रजातान्त्रिक विचारधारामा छलफल सुरु भयो । ग्रीककालमा थुप्रै चित्र÷मूर्ति, वास्तुकला बने । चित्रमूर्ति ग्रीक मिथकमा आधारित थिए भने केही राजामहाराजा, वलिष्ठ योद्वा तथा विद्वान्का बनेका थिए । रोमनकालमा पनि वास्तुकला, चित्र तथा मूर्तिको विकास भयो । मध्ययुग पछाडि भने युरोपमा क्रिस्चियनहरूको प्रभाव प¥यो । यसले कलामा नराम्ररी प्रभावित पा¥यो । यसले समाजलाई अधोगतितिर धकेल्न सुरु ग¥यो । कलामा पुनर्जागरण (रेनेसा) युग सुरु हुनु अगाडि क्रिस्चियन धर्मको वर्चस्व पश्चिमी समाजमा रहेको थियो । यसले सारा युरोपमा धार्मिक साम्राज्यसँगै कलामा पनि पोपहरूको प्रत्यक्ष निगरानीलाई दीर्घकालसम्म जीवित राख्यो । क्रिस्चियन धर्ममा आधारित चित्र÷मूर्तिले लगभग १५०० वर्षसम्म युरोपलाई घपक्कै ढाक्यो । त्यस्तै पूर्वीय समाजमा पनि पूर्वीय दर्शन र मान्यताका आधारमा कलाको निर्माण भयो । हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन, जैन आदि जे धर्म भए पनि यी र यिनका दर्शनले पूर्वीय र पश्चिमी समाजलाई निकै प्रभाव पा¥यो । यिनकै दर्शन र मान्यतामा आधारित कला रचना हुन थाले । हिन्दु धर्मका ब्रह्मा, विष्णु, महेश्वर लगायत सयौं देवदेवीका आ–आफ्नै दर्शन र कथाहरू रचिए । निर्धा र कमजोरलाई अलौकिक शक्तिको त्रास देखाई शासन व्यवस्था सञ्चालनमा चित्र÷मूर्तिको उपयोग शासकवर्गले लामो समयसम्म गरे । धर्मकै आधारमा कला र साहित्य रचिन थालियो । धर्मलाई उपयोग गर्दै रचिएका कलाले समाजमा दरो गरी धार्मिक पृष्ठभूमि निर्माण ग¥यो । यसले मानिसमा ईश्वरप्रतिको आशक्ति गहिरोसँग गड्यो । सबै कुरा ईश्वरबाट निर्देशित छ भन्ने मान्यता १९ औं शताब्दीको मध्यमा आएर खण्डन भयो । धार्मिक आधारमा बनेका संरचनालाई चुनौति दिदैं कार्ल माक्र्स र एङ्गेंल्सले कला र साहित्यलाई भौतिकवादी दार्शनिक रूपबाट व्याख्या गरे । त्यसपछि बिस्तारै कलामा भौतिवmवादी चिन्तन सुरु भयो । यसले समाजमा रहेका तथ्य विषयलाई बाहिर ल्याउन र सबै तह र तप्काका मानिसका विषयलाई समेटने आधार निर्माण ग¥यो । धर्म र शासक वर्गका मात्रै कला नबनी कमजोर, निर्धा, किसान, मजदुर, महिला तथा सम्पूर्ण उत्पीडित वर्गका मानिसका विषयमा कलाकृति बन्न थाले । यसले समाजमा नयाँ ढङ्गले विचार र दर्शनको बहसलाई बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेल्यो । कला शासक वर्गको मात्रै रहेन । यो सम्पूर्ण जनताको विषयमा केन्द्रित भई आमजनतामै आउन सक्यो । पुराना मान्यता र तिनले निर्माण गरेका जगलाई तोड्दै अगाडि बढ्ने महत्त्वपूर्ण आधार यसले खडा गर्न सक्यो । कला र साहित्यमा माक्र्सले प्रतिपादन गरेको सिद्धान्तले यथार्थवादको जग बसाल्यो । यसैको जगमा कलामा सामाजिक तथा यथार्थ विषय घनीभूत ढङ्गले आउन सके । समाजका सत्य र यथार्थ पक्षलाई बिना हिच्किहाट कलाका विषय बनाउन थालियो । रेनेसा कालमा आएको परिवर्तनले कलाका क्षेत्रमा केही सकारात्मक लक्षण देखा परेता पनि धार्मिक विषयले प्रभाव पारिरहेको थियो । यसलाई माक्र्सको दाशर्निक मान्यताले भत्काएर नयाँ ढङ्गले अगाडि बढ्ने आधार खडा ग¥यो ।
कलामा यथार्थवाद भन्नु कलाभित्र आउने यथार्थ विषय हो । वादको जन्म, जब वस्तुमा विचार, चिन्तन, अवधारण वा सौन्दर्य चेतको प्रचुरता हुन्छ तब हुन्छ । कला र अन्य सृजनात्मक क्षेत्रले यी अवधारणा, विचार वा चिन्तन एवम् सौन्दर्य चेतना बोकेका हुन्छन् ।कलामा यथार्थवाद भन्नु कलाभित्र आउने यथार्थ विषय हो । वादको जन्म, जब वस्तुमा विचार, चिन्तन, अवधारण वा सौन्दर्य चेतको प्रचुरता हुन्छ तब हुन्छ । कला र अन्य सृजनात्मक क्षेत्रले यी अवधारणा, विचार वा चिन्तन एवम् सौन्दर्य चेतना बोकेका हुन्छन् । कलामा यथार्थवाद सामाजिक मूल्य र मान्यतासँग निकै नजिक रहेको पाइन्छ । समाजका प्रायः गतिविधि र तिनका सत्य पक्षहरू उद्घाटन यथार्थ ढङ्गले यथार्थवादमै हुन्छ । असत्य मान्यताका आधारमा केन्द्रित नभई मानव जीवन र जगत्सँग जोडिएका चीजहरूको वास्तविक रूप, निश्चित विचार, चिन्तन, अवधारणा एवम् सौन्दर्य चेतना बोकेर आउने वाद नै यथार्थवाद हो । कलामा यथार्थवादको विकास यसले बोकेका सामाजिक, राजनीतिक भावभूमि, सांस्कृतिक विम्बहरू आदि हुन् । हुन त कलामा यथार्थवाद कम्युनिस्ट घोषणापत्र सार्वजनिक भएपछि आएको एउटा वाद हो । यसले समाजका विभिन्न घटना एवम् परिवेशलाई यथार्थ ढङ्गले प्रस्तुत गर्ने गर्दछ । बार्विजियन स्कुल, जसको स्थापना सन् १८२० को दशकमा फ्रान्समा भएको थियो, सो स्कुलमा रोमान्टिक कलाकारहरूले काम गर्दथे । गुस्ताव कुर्वे, क्यामियल कोरो लगायतका कलाकारहरू पनि त्यसमा संलग्न थिए । यस स्कुलले प्रकृतिको चित्रण गर्ने भन्ने मान्यता पनि राख्दथ्यो । यही क्रममा गुप्ताव कुर्वे, क्यामियल कोरो आदिले यथार्थ चित्रणलाई अगाडि ल्याए । विशेष गरी सन् १८४८ को कार्ल माक्र्सले कम्युनिस्ट घोषणापत्र जारी गरेपछि कलामा यथार्थवादको उदय भयो । माक्र्सले कला र साहित्यलाई सामाजिक अवस्था, तिनको आर्थिक स्थिति र चिन्तनसँग जोडेर व्याख्या गरे । सन् १८५५ मा गुुस्ताव कुर्वेले फ्रान्समा यथार्थवादी कला प्रदर्शनी गरे । त्यो प्रदर्शनी नै यथार्थवादी कलाको पहिलो हो । त्यसैगरी गुस्ताव कुर्वेलाई कलामा यथार्थवाद भिœयाउने कलाकारका रूपमा चिनिन्छ । उनको सक्रियतामापछि मिले, दोमिएर लगायतका कलाकारहरू पनि यथार्थवादी शैलीमा काम गर्न थाले । यथार्थवादको सुरुवातसँगै कला सिर्जनामा नयाँ–नयाँ सोचविचार र चिन्तनको विकास हुन पुग्यो । यथार्थवादलाई माक्र्सवादबाट प्रेरित मान्यताका रूपमा आएको किसान, मजदुर, उत्पीडित वर्गको पक्षबाट हेरिन्छ । यथार्थवादको जन्म रोमान्टिक धारा पछाडि भएको हो । उन्नाइसौं शताब्दीको सुरुको दशकमा विश्वकला धारमा स्वच्छन्दवादको जन्म भएको हो । परम्परागत मान्यता छोडेर अर्थात शास्त्रीयवाद÷नवशास्त्रीयवादबाट अलग्गै रही केही कलाकारले सुरु गरेको रोमान्सवादले युरोपमा राम्रो प्रभाव पा¥यो । कल्पना, भावना र अन्र्तज्ञान वा प्राकृतिक स्वभावको मिश्रणबाट अभ्युदय भएको मानिएको रोमान्सवादले हिंसा, प्रकृति, दन्त्यकथा, मिथकीय विषय आदिलाई मूल विषय मानेको थियो । तर, यसले मात्रै मानव जीवन जगत्को उचित सम्बोधन नहुने देखेर उन्नाइसौं शताब्दीको मध्यतिर यथार्थवादको विकास भयो । यसमा वर्गीय दृष्टिकोण रहेको हुन्छ । धर्म तथा उच्चवर्गका धनाढ्य तथा राजामहाराजा आदिका मात्रै चित्र÷मूर्ति बनाउने परम्पराका विरुद्ध मजदुर, किसान, श्रमिक वर्ग आदिको पेसागत चिनारी, जीवनस्थिति अर्थात् सामाजिक घटना परिघटनालाई यथार्थवादले आत्मसात् गर्दै अगाडि बढ्यो । समाजमा हुने गरेका यथार्थ पक्षलाई कलात्मक रूपले यथार्थवादले समेट्ने भएकाले समाजका सत्य विषयलाई अनुकरण तथा समेट्ने कार्य यसले ग¥यो । तर यतिमा मात्रै यो सीमित रहँदैन । यसले समाजका यावत् सत्य घटनाको रचनात्मक तथा सिर्जनात्मक ढङ्गले उद्घाटन गर्दछ भने मानिसलाई रचनात्मक तथा सिर्जनात्मक बन्नका लागि समेत प्रेरित गर्दछ । यसरी सामाजिक मूल्य र मान्यताको विकास हुँदै यथार्थवाद मौलाउँदै र झाँगिँदै आयो । यथार्थवाद पछि विभिन्न हाँगामा विभक्त हुँदै अगाडि बढ्यो । यथार्थवादको व्याख्या पनि सङ्कुचनबाट फराकिलो हुँदै गयो । कला समाजका विषयमा मात्रै केन्द्रित नभई समाजमा चेतना फैलाउने सशक्त माध्यमको रूपमा विकास भएको छ । आम जनतामा वर्गीय चेतनाको विकास गराई आन्दोलनमा सरिक गराउन पनि कलाको भूमिका रहन्छ । यसर्थ कला समाज रूपान्तरणको एक महत्त्वपूर्ण सांस्कृतिक आन्दोलन भएकाले यसको महत्त्वलाई बोध प्रगतिवादी÷समाजवादी आन्दोलनकर्मीले बेलै गर्नु पर्दछ ।
प्रतिकृया लेख्नुहोस्: