Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यस्तो छ प्रचण्डसँग बदला लिने भारतीय रणनीति

\"Capture\"काठमाडौं । संविधान निर्माण प्रक्रियामा आफुलाई नटेरेको आरोपमा नेपालमाथि अघोषित नाकाबन्दी लगाइरहेको भारतले एकिकृत नेकपा माओवादी र अध्यक्ष प्रचण्डमाथि बदला लिने रणनीति बनाएको छ ।   नेपालमा भारतविरोधी भावना जागृत हुनुमा एमाओवादी अध्यक्ष प्रचण्डको मुख्य भुमिका रहेको भारतले पछिल्लोपटक नेपालको राजनीतिमा पनि प्रचण्डकै कारण भारतीय भूमिका घटेको निष्कर्ष सहित उनीसँग बदला लिन थालेको छ ।   जेनेभामा जारी राष्टसंघीय मानवअधिकार परिषदको २३ औं विश्वव्यापी आवधिक समिक्षासत्रमा नेपालले भारतको नाम नलिईकनै नाकाबन्दीले मानविय संकट पैदा हुनसक्ने बताउँदै पारवहन सहजताको कुरा उठाएपछि भारतले नेपालको द्वान्दकालिन मुद्धा उठाएको हो ।   १० वर्ष जनयुद्द लडेको एमाओवादीलाई लक्षित गर्दै भारतले द्वन्दकालिन मुद्धा उठाएको हो । द्वन्दकालिन मुद्धामा आम माफि दिन लागेको भन्दै नदिनका लागि अन्तराष्ट्रिय मन्चमा भारतले पहिलोपटक कुरा उठाएको हो ।   यो घटनाबाट भारत एमाओवादी र मुख्यत एमाओवादीका अध्यक्ष प्रचण्डसँग बदला लिन खोजिरहेको बुझ्न कुनै कठिनाई हुँदैन । विना सन्दर्भ भारतले द्वन्दकालिन मुद्धा उठाउनुलाई कुटनीतिक क्षेत्रमा बदला लिने रणनीतिका रुपमा हेरिएको छ ।   प्रचण्डले भारतलाई अझै नटेरी द्वन्दकालिन मुद्धालाई अन्तराष्ट्रिय अदालतमा लैजाने रणनीतिमा भारत छ । यसरी प्रचण्डलाई गलाउने रणनीति भारतले अख्तियार गरेको देखिन्छ ।   यतिमात्र होइन भारत नेपालका उसका प्रतिनिधिमार्फत प्रचण्डलाई अख्तिायार लाउने रणनीतिमा समेत छ । अख्तियार प्रमुख लोकमान सिंहको नियुक्तिमा प्रमुख भुमिका खेलेको भारतले उनै लोकमानलाई आफ्ना प्रतिनिधि मार्फत संविधान निर्माण प्रक्रियाको अन्तिम अवस्थामा काठमाडौंको रानिवारीस्थित ओशो तपोवनमा भेटेर प्रचण्डलाई अख्तियार लाउन निर्देशन दिएको बुझिन्छ ।   लोकमानले संविधान निर्माण लगत्तै उनका अख्तियारका सहकर्मीहरुसँग यसबारेमा छलफल गरेका मात्रै थिएनन् पार्टी परित्याग गरेका बाबुराम भट्टराईसँग समेत छलफल गरेका थिए । सोही छलफललाई आधार मान्दै भट्टराईले नवलपरासि पुगेर प्रचण्डलाई अख्तियारले समात्ने उद्धघोष गरेका समेत थिए ।   पछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले लोकमानको यो कदमबारे थाहा पाएपछि ओलीले आफ्ना प्रतिनिधिमार्फत ‘भारतको गोटी बनेर कुनै अप्रिय कदम चाले राम्रो नहुने’ कार्कीलाई खबर पठाएका थिए । यसैगरी प्रचण्डले पनि आफ्ना विरुद्ध कुनै षड्यन्त्र गरिए ‘चुप नबस्ने र लड्ने’ चेतावनी दिएपछि कार्की पछि हटेको अख्तियार स्रोत बताउँछ । स्मरण रहोस, एमाओवादी अध्यक्ष प्रचण्ड भारतीय नाकाबन्दी विरुद्ध खरो उत्रिएका नेपाली उच्च तहका नेता हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies