Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

लौ हेर्नुहोस्–कोइराला सरकारको राष्ट्रघात र राज्यमाथि ब्रम्हलुटको फेहरिस्त

\"koirala_vrastachar\"काठमाडौं । स्वच्छ छवि, त्यागी र निस्वार्थी भनिएका प्रधानमन्त्री सुशील कोइरालाले ‘कामचलाउ’ भएपछि पदको दुरुपयोग गर्दै करोडौं रुपैयाँ नगद बाँडेका छन् । भूकम्पबाट थिलथिलो भएको देश यतिखेर भारतीय नाकाबन्दीले झन् आक्रान्त भएका बेला प्रधानमन्त्रीबाट बिदा हुँदै गर्दा पदको दुरुपयोग गरी कोइरालाले राज्यकोषबाट करोड रुपैयाँ बाडिसकेका छन् भने, करोडौं रुपैयाँ बाड्नका लागि अन्तिम तयारी गरेका छन् । नजिकिंदो दशैंलाई देखाउँदै दशैं खर्चका नाममा कोइरालाले आफ्नै नेता कार्यकर्ता, सत्ता सहयोगी दल एमालेका नेता कार्यकर्तासहितलाई यसरी दुरुपयोग गर्दै करोडौं रुपैयाँ बाडिरहेका हुन् । कोइरालाले यसरी बाड्न लागेको रकम पनि सानो छैन । एक लाखदेखि १५ लाख  रुपैयाँसम्म बाड्ने तयारीस्वरुप प्रक्रिया अघि बढिसकेको छ । आफ्नै कांग्रेसका उच्च नेता, मन्त्री, सभासद् एवं एमालेकै पनि उच्च नेता, मन्त्री र सभासद् समेतको सिफारिसपछि वहालवाला सांसददेखि, पूर्व सांसद विभिन्न जिल्लाका नेता कार्यकर्तालाई यसरी पैसा बाड्न थालिएको हो । मन्त्रिपरिषद्का यस अघि नै भइसकेका बैठकमा निर्णयमा प्रवेश गराएर यसरी पैसा बाडीएको हो । यसरी अहिलेसम्म एक करोड रुपैयाँ भन्दा बढी बाढिएको छ । १५ लाखदेखि १ लाखसम्म रकम बाड्नेको सूची नै सार्वजनिक भएको छ । यस्तो सूचीमा १७४ जनाको नाम छ । जनता इन्धन, खाद्यान्नको आपूर्ति नहुँदा पीडामा रहेको र भूकम्पपछि छाप्रोमा बसिरहेकका बेला सीमित नेता कार्यकर्तालाई खुशी बनाउनका लागि पदको दुरुपयोग गर्दै कोइरालालाले यसरी रकम बाड्न थालेका हुन् । सम्पत्तिको नाममा जम्मा दुईवटा मोबाइल मात्र देखाए पनि नयाँ सरकारको गठनको लागि बाटो खोलिसकेपछि कोइरालाले पदको दुरुपयोग गर्दै नेता कार्यकर्ता पोस्न यसरी राज्यको ढुकुटी दुरुपयोग गरेका हुन् ।  कुनै नागरिक गम्भीर बिरामी परेमात्र राज्यले सहायता स्वरुप रकम बाड्न पाउने व्यवस्था भए पनि नेता कार्यकर्ता खुशी पार्नकै लागि दलीय आवरणमा कोइरालाले पदको चरम दुरुपयोग गरेका हुन् । पदको दुरुपयोग गर्नमा कांग्रेसका मन्त्री पनि उस्तै सत्तामा रहेका कांग्रेसका मन्त्रीहरु पनि आर्थिक लेनदेनका विषयमा मुछिएका छन् । मेडिकल कलेजका विषयदेखि विभिन्न राजनीतिक नियुक्ति, ठेक्का प्रकरण, त्रिपाल र जस्ता काण्डमासमेत कांग्रेसका मन्त्री एकपछि अर्को मुछिंदै आएका छन् । विमलेन्द्र निधि भौतिक योजना तथा यातायात मन्त्री काठमाडौं–तराई फास्ट ट्रयाक भारतलाई दिनको लागि तीव्र दबाब दिंदै अन्तिम स्वीकृतिका लागि शक्ति केन्द्र चहारिहेका छन् । लाख, करोड होइन, अरबौं रुपैयाँ भ्रष्टाचार हुने गरी बढी मूल्यमा भारतलाई फास्ट ट्रयाक बनाउन दिने तयारीलाई अघि बढाएर पुस्तैनाी पुग्ने रकम असुल्न कांग्रेसी मन्त्री र नेता लागेका हुन् । आफ्नो योजनालाई कमजोर बनाउने गरी भारतीय पक्षलाई बलियो बनाउने र आफूले घाटा खाएर भारतीय पक्षालाई बलियो बनाउने गरी फास्ट ट्रयाक बनाउन भारतलाई दिनेमा निधिलाई शेरबहादुर देउवासहितका नेताको साथ छ । नेता देउवाको सालोसमेत फास्ट ट्रयाकमा एजेन्ट भएकोले १२ अर्ब बढी कमिसन खानेगरी नेताहरुले भारतको कम्पनीलाई बनाउन दिनेगरी राजनीतिक लबिङलाई तीव्र रुपमा अगाडि बढाएका हुन् । रामशरण महत कांग्रेसकै मन्त्री अर्थमन्त्री डा. रामशरण महतलाई पनि भूकम्पको बेला जनतालाई बाड्न लागिएको जस्तापाता बेच्न लागेको आरोप लागेको थियो । जनता पालमुनी बस्नुपरेको बेला सहायतको लागि मानिसहरुले सकी नसकी गरेको सहयोगमा उनले आफ्ना स्वकीय सचिवालयमार्फत रकम असुल्न खोजेको आरोप लागेको थियो । साथै, भूकम्पपछि काठमाडौंबाट नजिकैं रहेको चीनको नाका खोल्न बजेट नदिएको भन्दै महतमाथि आरोप लाग्दै आएको छ । अहिले भारतले नाकाबन्दी गरी नेपाली जनजीवन अस्तव्यस्त बनाइरहेका बेला तातोपानीसम्म पुग्ने नाका खोल्नका लागि फेरि पनि उनले बजेट दिन अस्वीकार गरेका छन् । उल्टै उनले भारतले नाकाबन्दी गरेको छैन भन्दै नेपालीमाथि नै प्रहार गरेका छन् । मिनेन्द्र रिजाल संचारमन्त्री मिनेन्द्र रिजाल पनि नेपाल टेलिकम, एनटिभीसहितका राज्य नियन्त्रित निकायका हुने सरुवा बढुवामा मुछिएको आरोप लाग्दै आएको छ । पदीय मर्यादा विपरीत उनले त्यस्ता नियुक्तिमा लाभ लिएको स्रोतको दाबी छ । रिजालले पनि नाकाबन्दी गरेको छैन भन्दै भारतको बचाउमा मात्रै उभिएका छैनन् । कांग्रेसको बुधबारको केन्द्रीय समिति बैठकमा भारतले नाकाबन्दी गरी अत्याचार गरेको भन्दै नाकाबन्दीको भत्सर्ना गर्दै अन्तर्राष्ट्रियकरणको लागि दबाब दिए पनि महत र रिजालसहितका नेताले नाकाबन्दी भन्न हुँदैन भन्दै रोकेका थिए । उनीहरुको दबाबपछि भारतको मानवीय संवेदनाहीन नाकाबन्दीलाई पनि कांग्रेसले नाकाबन्दी नभनी अरु समस्या मात्रै भन्दै भारतको राम्रैसित गुलामी गरेको छ । नारायण खड्का अर्का सहरी विकाससमन्त्री डा. नारायण खड्का पनि जनता आहत हुने गरी आएको भूकम्पपछि उनीहरुलाई बाड्न ल्याइएको त्रिपालको कमिसनमा मुछिएका थिए । साथै, विदेशी पिआर भएको भन्दै उनीमाथि निक्कै आशंका गरिएको छ । दशैं खर्चका नाममा, कसले कति पाउने १५ लाख रुपैयाँ रजितराम पाठक, बाँके १० लाख रुपैयाँ शत्रुधन राउत कुर्मी, पर्सा १० ५ लाख रुपैयाँ - ७ जनालाई रिमा नेपाली, पूर्वसभासद, रोल्पा विश्वेश्वर दाहाल, पूर्वसांसद, झापा नारायण सिंह राजवंशी, पूर्वसांसद, झापा वीरबहादुर सिंह, पूर्वसांसद, प्यूठान मोतीदेवी चौधरी, पूर्वसभासद, बर्दिया पदमसिंह विश्वकर्मा, बागलुङ वीरबहादुर केसी, स्याङ्जा ३ लाख रुपैयाँ - ७ जनालाई कुमार गुरुङ, गोरखा हर्कबहादुर बोहरा, कञ्चनपुर नवल सिंह रावल, कैलाली देवी बराल, झापा कृष्ण केसी, काठमाडौं श्यामसुन्दर साह, महोत्तरी ओलाङ जेलिङ रानामगर, खोटाङ एक लाख ५० हजार रुपैयाँ - ३ जनालाई मोहना धानुक, कैलाली राजुकुमार श्रेष्ठ, चितवन शान्तिदेवी श्रेष्ठ, मकवानपुर १ लाख रुपैयाँ - २ जनालाई चोमनाथ तिम्सिना, कास्की पूर्णबहादुर कसेरा, रुकुमका आश्रित परिवारलाई २ लाख रुपैयाँ १ सय - ५३ जनालाई मीनबहादुर ऐर, कञ्चनपुर शारदादेवी विक, कञ्चनपुर दीपसिंह बोहरा, डडेलधुरा विष्णुराज भट्ट, डडेलधुरा सूर्यबहादुर शाही, कैलाली नन्दकुमार महर्जन, ललितपुर इन्द्रकुमारी महरा चमार, सर्लाही भुवनसिंह कुँवर, इलाम निश्चल महर्जन, ललितपुर हरिभक्त बस्नेत, खोटाङ गोपालप्रसाद मरासिनी, स्याङ्जा कौरा बुण, कालिकोट हरिकृष्ण शर्मा, कास्की केदारनाथ फुयाल, नुवाकोट धनश्याम बराल, कास्की सन्जित बन्जरा, काभ्रे बाटुली पौडेल, कास्की सानुकान्छा तामाङ, सिन्धुपाल्चोक सिन्धु उप्रेती, काठमाडौं रामशरण बस्नेत, गोरखा रामचन्द्र फुयाल, नुवाकोट सूर्य गिरी, पर्वत वसन्त अधिकारी, कास्की तपीय दराई, चितवन कान्छो बस्नेत, काठमाडौं राजेन्द्रसिं रावल, कञ्चनपुर प्रेमराज सिंखडा, कालिकोट रुपनी चौधरी, सुनसरी गंगा लामिछाने, पर्वत प्रेम पौडेल, पर्वत केदार विष्ट, काठमाडौं हुकुमबहादुर विक, प्यूठान अशोक यादव, सिरहा महेशप्रसाद पन्त, कञ्चनपुर देवी जिसी, प्यूठान यज्ञराज भट्ट, कञ्चनपुर खडकबहादुर मल्ल, कञ्चनपुर सुन्दर राना, कञ्चनपुर जगदीश भट्ट, कैलाली युवराज विष्ट, प्यूठान राधादेवी झा, बर्दिया बुद्धिसागर उपाध्याय ढुंगाना, नवलपरासी धर्मराज न्यौपाने, अछाम चम्सेर सिंह घरुक, बाँके प्रकाश लौडारी, तनहुँ तिलक सिंह धामी, बैतडी दिलीप प्रधान, झापा जयबहादुर जोशी बर्दिया परशुराम थारू, बर्दिया प्रकाशकुमार अधिकारी, संखुवासभा प्रमोद सुवेदी, कास्की धनमाया सुनार, दोलखा राजकुमार मेहता, सुनसरी उब्दुल मियाँ, सुनसरी साधना जोशी, कालिकोट जगदीश बम, कालिकोट अलि हुसेन मिया, स्याङ्जा डम्बरबहादुर विक, स्याङ्जा रवि खडका, दोलखा उमा खनाल, काठमाडौं रामलिला संग्रौला, काठमाडौं अर्जुनकुमार खडका, उदयपुर चेतनारायण शर्मा, बाँके ठाकुरप्रसाद पाण्डे, दाङ दीपबहादुर बम, कालिकोट दीपेन्द्र गिरी, भक्तपुर निदेश श्रेष्ठ, काठमाडौं सुजनकुमार तामाङ, ओखलढुंगा भूपसिंह तामाङ, ओखलढुंगा जनकुमार परियार, गुल्मी पोष्टराज पौडल, बागलुङ रेखादेवी यादव, सिरहा लक्ष्मी नारायण यादव, धनुषा सुरज सिँजापति, डोटी दीलबहादुर परियार, चितवन प्रकाश खडका, पर्वत चिजामाया दुरा, लमजुङ केशबहादुर केसी, रामेछापा बिना गुरूङ, गोरखा पृथ्वी गुरुङ, गोरखा संगीता थापामगर, रामेछाप सीमा बस्नेत, रौतहट सुमित्रा तामाङ, संखुवासभा अप्सरा घिमिरे, लम्जुङ वीरेन्द्रलाल सिंह, बाँके सञ्जीव उराव झागड, मोरङ प्रदीप थापामगर, काठमाडौं सन्तोष देवकोटा, काठमाडौं विष्णुप्रसाद शर्मा, बाँके शान्ता पोखरेल दाहाल, काठमाडौं नरेन्द्रबहादुर सिंह, बझाङ मनोज खडका, धनुषा भरतबहादुर कार्की, खोटाङ केदारप्रसाद पुडासैनी, नुवाकोट प्रेमकिशोर प्रसाद शाह, धनुषा दीपककुमार श्रेष्ठ, सुनसरी वीरबहादुर गुरुङ, गोरखा ढकबहादुर थापा, गोरखा मनकुमारी गुरुङ, गोरखा रामधन बर्मा, बाँके सागर विक, बाँके समिर घिमिरे, धनुषा सञ्जय प्रकाश यादव, सिरहा जगन्नाथ शर्मा गौडेल, बाँके समसुल खाँ, बाँके धनश्याम घिमिरे, बर्दिया गुन्टु थारू, बाँके दीपक श्रेष्ठ, सुनसरी सुरेन्द्रबहादुर चन्द्र, बैतडी रत्नबहादुर कार्की, सुनसरी कालिका लम्साल, स्याङ्जा बलराम शर्मा, स्याङ्जा किमकला ज्ञवाली, गुल्मी वर्षा घिमिरे, सुनसरी पशुपति भण्डारी, कास्की धर्मदत्त शर्मा, तनहुँ यदुनाथ सिग्देल, नवलपरासी मोहनीदेवी, सिरहा भीमबहादुर विश्वकर्मा, चितवन लाला खाँ, रूपन्देही माधव पाण्डे, अर्घाखाँची नन्दकुमारी विश्वकर्मा, ताप्लेजुङ दीपबहादुर बम, कालिकोट बलराम नेपाली, नुवाकोट प्रजुन तिखत्री, भक्तपुर तिर्सना राई, ओखलढुंगा दामोदरलाल श्रेष्ठ, ललितपुर खडबहादुर विक, भलायडाडा राजेन्द्रप्रसाद बैज, कञ्चनपुर प्रवीण लम्साल, पर्वत डबलबहादुर खत्री, कैलाली मायादेवी भण्डारी, स्याङ्जा राबहादुर राउत, उदयपुर अर्पणराज खरेल, चितवन उद्धवप्रसाद नेपाल, नुवाकोट जगत सुनार, जाजरकोट नवीन बस्नेत, सोलुखुम्बु पद्मा पौड्याल, कैलाली सुरसती थरुनी, रूपन्देही नारायण प्रसाद पहाडी, धनुषा कृष्ण खडका, सिन्धुपाल्चोक मोतीप्रसाद पौडेल, पर्वत सागर अर्याल, रूपन्देही कोयल देवान, रूपन्देही पोष्टराज पौडेल, गुल्मी जुनुकुमार परियार, गुल्मी गणेशबहादुर सिंह, कञ्चनपुर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies