Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

गच्छदारले संविधानसभा छोडे पनि संविधान जारी हुन्छः ओली

\"kp-oli-640\"काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारले संविधानसभा छोडे पनि संविधान जारी हुने घोषणा गरेका छन् । संविधानसभालाई लटरम्म फलेको आँपको रुखसँग तुलना गर्दै ओलीले रुखबाट दुई चारवटा आँप झर्दैमा आत्तिनु नपर्ने बताए । उनले मधेसको मुद्दाहरुलाई मधेसवादी दलका नेताहरुले छोडे पनि आफूहरुले त्यसालई अगाडी बढाउने समेत बताए । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा भएको पत्रकार सम्मेलनमा पत्रकारहरु माझ गच्छदार तर्फ लक्षित गर्दै ओलीले भने– ‘संविधानसभा भनेको लटरम्म फलेको आँपको रुख हो, दुई चारवटा आँप झर्दैमा सबै आँप सिद्यिो भन्न मिल्दैन । मधेसी सभासद मधेसवादी दलसँग मात्रै छैनन् एमाले, कांग्रेस र माओवादीसँग पनि मधेसी सभासद छन् ।’ पत्रकार सम्मेलनमा आफ्नो पार्टीमा पनि मधेसी सभासदहरु रहेका छन् भनेर भनि रहँदा फ्लोरमा एमालेका मधेसी सभासदहरुको बाक्लो उपस्थिति रहेको थियो । ओलीले संविधानसभामा दलहरुलाई संविधान निर्माण गर्न पठाएको उल्लेख गर्दै संविधान निर्माण नगरी संविधानसभा छोड्नु भनेको संविधान निर्माण नगर्ने सोचको परिणाम भएको बताए । ‘जनताले दलहरुलाई संविधानसभामा संविधान निर्माण गर्न हुन कि संविधान निर्माण गर्न छोडेर बाहिरिन ?’– ओलीले प्रश्न गरे । उलने मधेसवादी दलहरु प्रति लक्षित गर्दै संविधान निर्माण नगरिकन बाहिरिनु भनेको संविधान निर्माण गर्न नचाहनु रहेको आरोप लगाए । पत्रकार सम्मलेनमा आफ्नो दायाँ बायाँ बरिष्ट नेता माधवकुमार नेपाल तथा झलनाथ खनाललाई राखेर पत्रकारहरुसँग हसिलो मुद्रामा उपस्थित भएका ओलीले पार्टीमा संविधान निर्माणका बारेमा एकमत रहेको समेत बताए ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies