Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

देउवा ज्यू ! ‘थारुहरुलाई रौं पनि दिन्न’ भन्ने को ?

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार सम्मेलन गरीवरी एमाओवादी नेता बाबुराम भट्टराईका कारण थारु आन्दोलन हिंसात्मक भएको बताए । यसअघि संचारमाध्यममा देउवाले शिर्ष नेताहरुको बैठकमा ‘थारुहरुलाई रौं पनि दिन्न’ भनेको समाचारहरु आएको थियो । शिर्ष नेताहरुको बैठकमा पश्चिमका कैलाली र कन्चनपुरलाई देउवा, एमालेका नेता भिम रावल र माओवादीका नेता लेखराज भट्टले नमानेपछि सुदुरपश्चिमबाट छुटाउन नसकेको आशयका भनाइहरु सार्वजनिक भएका थिए ।
\"Deuwa\"थारुलाई रौं पनि दिन्न भनेको हो कि होइन ? दोष बाबुरामलाई थोपरेर किन भाग्दै हुनुहुन्छ नेता महोदय ? बाबुराम भट्टराईले अधिकारहन मानिसहरुलाई अधिकार दिनुपर्छ भन्नुभएको जगजाहेर नै छ । आन्दोलन रौं पनि दिन्न भन्नेले भड्काएको हो कि अधिकार दिउँ भन्नेले भड्कायो ?
संघीयतामा थरुहट राज्यको माग सहित कैलालीमा उठेको आन्दोलन हिंसात्मक बनेको छ । नेपाल प्रहरीका एसएसपी सहित ८ जना सुरक्षाकर्मी र आन्दोलनकारीको मृत्यु भइसकेको छ । सरकारले त्यसलाई संयमता अपनाएर समस्या सल्टाउनुको सट्टा सेना परिचालन गरेर आन्दोलनलाई भड्काउने दिशातिर गइरहेको छ । थारु आन्दोलन किन भड्कीयो ? सबैको चासोको विषय हो । संविधानसभाका प्रमुख दलका शिर्ष नेताहरुले दश बर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनले उठाएको एजेण्डामध्ये पहिचानको आधारमा संघीयता बनाउने बिषयलाई दलहरुले बेवास्ता गरेपछि देशैभरिको स्थिती तनावग्रस्त बन्दै गइरहेको थियो । सुदुरपश्चिमको हकमा विभिन्न आन्दोलनहरुमा दलहरुले आश्वासन दिएको थरुहट प्रदेशको मागलाई सम्बोधन नगरेपछि आन्दोलनले चर्को रुप लिएको हो । संघीयताको बिषयलाई टुङगो लगाउनका लागि पटक–पटक बसेको शिर्षनेताहरुको बैठकमा सुदुरपश्चिमबाट नेतृत्व गरिरहेका मुख्य दलका तिन नेता नेपाली कंग्रेसका शेर बहादुर देउवा, एमालेका नेता भिम रावल र एमाओवादीका नेता लेखराज भट्ट थारुवान राज्य दिने कुराको बिपक्षमा थिए । नेपाली कंग्रेसका नेता तथा पुर्वप्रधानमन्त्री देउवाले सिंहदरबारमा बसेको प्रमुख दलका शिर्ष नेताहरुको बैठकमा ‘थारुहरुलाई रौँ पनि दिन्न’ भनेपछि एमाओवादी नेता बाबुराम भट्टराईले देउवाले हठ नछोडे र संघीयता नमाने अर्को जनयुद्धमा जाने बताएको समाचार यसअघि नै आइसकेको छ । कुनैपनि हालतमा ‘अखण्ड सुदुपश्चिम’ नछोड्ने देउवाकै कारण थारु आन्दोलन भड्किएको कुरा जगजाहेर नै छ । कैलालीमा भएको हिंसात्मक आन्दोलनका जिम्मेवार संघीयता पनि माग्ने र अखण्डताका नाममा देउवा, रावल र भट्ट थारुहरुलाई अधिकार पनि नदिइएको बारे आजको पत्रकार सम्मेलनमा देउवाले खासै उच्चाहरण गरेनन् । जिम्मेवार भएर कैलाली र कञ्चनपुरमा थारु समुदायलार्इ रौँ पनि दिन्न भनेर वेवास्ता गरेकै कारण थारु समुदाय आक्रोशित भएर आन्दोलन चर्काए भन्ने आरोपलाई देउवाले खण्डन किन गरेनन् ? थारुलाई रौं पनि दिन्न भनेको हो कि होइन ? दोष बाबुरामलाई थोपरेर किन भाग्दै हुनुहुन्छ नेता महोदय ? बाबुराम भट्टराईले अधिकारहन मानिसहरुलाई अधिकार दिनुपर्छ भन्नुभएको जगजाहेर नै छ । आन्दोलन रौं पनि दिन्न भन्नेले भड्काएको हो कि अधिकार दिउँ भन्नेले भड्कायो ? यदी देउवा अधिकार दिन तयार छन् भने आजको पत्रकार सम्मेलनमा थारुहरुको मागका बारेमा किन बोलेनन् ? केही जवाफ छ ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies