/  Fri, May 26, 2017

तरकारी बेचेरै लाखौं कमाउँछन् किसान

Tarkari_१ असार, रत्ननगर (चितवन) । तरकारीको पकेट क्षेत्र मानिने चितवनका किसानले तरकारी बेचेरै वार्षिक लाखाैं आम्दानी गर्ने गरेका छन् । उनीहरुले आफू लाखौँं कमाउने मात्र हाेइन, तरकारी खेतीमा साना किसानलाई आकर्षित गर्दै बेरोजगारलाई रोजगारी समेत दिने गरेका छन् ।
किसान जीवसलाल राउत रौतहटबाट चितवन आउँदा खेतमा काम गर्ने मजदुर थिए तर आफैं तरकारी खेती गर्न थालेपछि भने उनी अरु मजदुरलाई काम दिन सक्ने मालिक नै भइसकेका छन् ।
“यता आउँदा खेतमा मजदुरी गरेर दिनको दुईसय रूपियाँ कमाउँथें” उनले भने– “अहिले आफ्नै तरकारी बेचेर वर्षको ४० लाख रूपियाँ कमाउँछु ।”
उनले गीतानगरमा १० बिगाहा क्षेत्रफलको खेतबारीमा एक्लै तरकारी खेती गरेका छन्, जहाँ १८ जना मजदुरले रोजगारी पाएका छन् । करेला, रामतोरिया, गोलभेँडा, लौका, चिचिन्डो, घिरौंला, काँक्राे, खुर्सानी, भन्टा, बोडीलगायतका तरकारी उनको खेतबारीमा फलिरहेका छन् । उनले तीन बिगाहामा त करेला मात्रै लगाएका छन् ।

“सुरुमा मजदुर थिएँ, अहिले मालिक भएको छु” उनले भने । उनी वि.सं. २०४६ मा रौतहटबाट काम खोज्दै चितवन छिरेका हुन् । खेतबारीमा काम गर्दागर्दै उनले एक–दुई कट्ठा जग्गा भाडामा लिएर तरकारी लगाउन थाले  । त्यसपछि बचेको पैसाले भाडाको जग्गा बढाउँदै गएपछि एक्लैले १० बिगाहाको तरकारी खेती गर्न सक्ने बनेको उनी बताउँछन् ।

उनले झैं आफ्नै तरकारी खेतीबाट नाम र दाम दुबै कमाएका अर्का किसान चन्द्रबहादुर अधिकारी आफू मात्र होइन, गाउँका अरु किसानलाई पनि खेतीमा सघाउँछन् । फूलबारी क्षेत्रमा उनले गरेको प्राङ्गारिक तरकारी खेती हेर्न स्वदेशका विभिन्न क्षेत्रबाट किसान आउने गर्छन् ।

“गाउँका २ सयभन्दा बढी किसानलाई सहकारीमा आबद्ध गराएर खेती गरिरहेको छु” उनले भने । सहकारीले लाखाैंको कारोबार गर्छ । मल, बीउ र तरकारी तथा अन्न उत्पादनमा कहलिएका उनले थुप्रै सम्मान र पुरस्कार पनि पाइसकेका छन् ।

चितवनको पश्चिमी भेग अहिले तरकारी खेतीका लागि फस्टाउँदै गरेको क्षेत्र हो । यहाँका किसान मौसमी–बेमौसमी तरकारी खेती गरेर आफू मात्र होइन, अरुको परिवारलाई पनि आम्दानीको बाटो देखाउने गर्छन् । विदेश जान लागेका युवा, विदेश गएर फर्किएका र नितान्त बेरोजगार रहेका युवालाई लक्षित गरेर नेपाल सरकारले चलाइरहेको अनुदान कार्यक्रममा उनीहरु पनि सहभागी छन् ।

वरिष्ठ कृषि अधिकृत सोमनाथ घिमिरेका अनुसार सरकारले मध्यपहाडका नौ तथा तराईका १६ जिल्लामा यो कार्यक्रम लागू गरेको छ । उक्त कार्यक्रमअन्तर्गत यहाँ ४७ बिगाहा क्षेत्रफलमा तरकारीखेती भइरहेको छ । जिल्लामा ६ हजार २ सय हेक्टरमा तरकारी खेती हुने गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनसेलले ल्यायो योण्डर म्युजिक एप

एनसेलले ल्यायो योण्डर म्युजिक एप

काठमाडौ, १२ जेठ । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई...   
वैज्ञानिक भन्छन्, ‘पृथ्वीमा मानिसको आयू अब १०० वर्षमात्रै’

वैज्ञानिक भन्छन्, ‘पृथ्वीमा मानिसको आयू अब १०० वर्षमात्रै’

विश्व प्रख्यात भौतिक शास्त्री स्टीफन हकिङ्गले पृथ्वीमा मानिसको आयू अब एक सय वर्ष हुने बताएका छन् ।...   
कृष्ण सेनको १५ औं स्मृति दिवस मनाइने, सेन स्मृति पुरस्कार नरेन्द्र र नदीरामलाई

कृष्ण सेनको १५ औं स्मृति दिवस मनाइने, सेन स्मृति पुरस्कार नरेन्द्र र नदीरामलाई

कृष्ण सेन इच्छुक दाङ, ११ जेठ । यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नरेन्द्र...   
भरतपुर अपडेट : रेणुले फेरी घटाइन देवीको अग्रता

भरतपुर अपडेट : रेणुले फेरी घटाइन देवीको अग्रता

भरतपुर, ११ जेठ । भरतपुरको १५ नं. वडाको ११ सय मत गन्दा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल एमालेका देवी...   
बाबुराम र विप्लवको पार्टी छोड्ने क्रम तिव्र : तीन दर्जन नेता माओवादी केन्द्रमा प्रवेश

बाबुराम र विप्लवको पार्टी छोड्ने क्रम तिव्र : तीन दर्जन नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, ११ जेठ । विहिबार नेत्रविक्रम चन्द ‘नेतृत्व’को नेकपाका नेता टिआर खम्बु बाबुराम भट्टराई नेतृत्वको...   
यस्तो छ २ नं. प्रदेशबाट एमाले बढार्ने मधेसी दलको तयारी

यस्तो छ २ नं. प्रदेशबाट एमाले बढार्ने मधेसी दलको तयारी

काठमाडौं, जेठ ११ । दोश्रो चरणको निर्वाचनमा दुई नम्बर प्रदेशमा एमालेलाई जित्न नदिन मधेस केन्द्रीत दलहरुले...   
को जाला माओवादीबाट सरकारको नेतृत्व गर्दै : यी तीन नेता छन् चर्चामा

को जाला माओवादीबाट सरकारको नेतृत्व गर्दै : यी तीन नेता छन् चर्चामा

काठमाडौं, जेठ ११ । प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि नयाँ बन्ने सरकारमा माओवादी केन्द्रबाट...   
यि हुन् प्रचण्ड सरकारका जनपक्षिय १०३ काम

यि हुन् प्रचण्ड सरकारका जनपक्षिय १०३ काम

काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले गरेको महत्वपूर्ण कामहरु यस प्रकार...   
बीस वर्षपछि भएको ऐतिहाँसिक स्थानीय निर्वाचन र नेपाली जनतामा पलाएको आशा

बीस वर्षपछि भएको ऐतिहाँसिक स्थानीय निर्वाचन र नेपाली जनतामा पलाएको आशा

नेपाल सरकारले हालसालै सम्पन्न गरेको स्थानीय तहको प्रथम चरणको निर्वाचनले यतिबेला देशमा एक प्रकारको...   
युरोपा लिगको फाइनलमा युनाइटेडले बाजी मार्योः च्याम्पियन्स लिगका लागी छनौट

युरोपा लिगको फाइनलमा युनाइटेडले बाजी मार्योः च्याम्पियन्स लिगका लागी छनौट

काठमाडौं, ११ जेठ । प्रिमियर लिगमा छैटौं स्थानमा रहेर लिग अन्त्य गरेको म्यानेचेष्टर युनाईटेडले युरोपा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top