/  Mon, April 24, 2017

प्रधानमन्त्री राहत कोषमा विभिन्न संस्थाद्वारा आर्थिक सहयोग

PM rahatकाठमाडौं, भूकम्प पीडितहरुको सहयोगको निमित्त प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थाहरुले सहयोग गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवामटारमा शनिवार बिहान आयोजित कार्यक्रममा सिंगापुर गोर्खा कम्युनिटी, सिक्किम हेल्पिङ्ग ह्याण्ड्स र सैलुङ्ग बचत तथा ऋण सहकारी संस्थाले सहयोग रकम प्रदान गरेका छन् ।

सिंगापुरमा रहेका नेपालीहरुको संस्था सिंगापुर गोर्खा कम्युनिटी, ब्रिटिस गोर्खा नेपाल मानभवन,जावलाखेलले भूकम्प पीडित नेपालीहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९० लाख ८३ हजार २ सय ७६ रुपैया २२ पैसा बराबर १ लाख १९ हजार २ सय ३ दशमलव १० सिंगापुर डलर सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कम्युनिटीका गंगाबहादुर पुनले सो रकम प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सिक्किम हेल्पिङ्ग ह्याण्ड्स गान्तोक सिक्किमले पनि ८ लाख रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।

सो रकम संस्थाका प्रचार सचिव याङ्छु टी लेप्चाले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । संस्थाले नेपाल रेडक्रस सोसाइटी मार्फत २ ट्रक राहत सामग्री भूकम्प पीडितहरुलाई सहयोग गरेको पनि जनाएको छ ।

आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पुरानो वानेश्वर भिमसेनगोला अवस्थित सैलुङ्ग बचत तथा ऋण सहकारी लिमिटेडले पनि डेढ लाख रुपैया सहयोग गरेको छ ।

बालुवाटारमै आयोजित अायाेजित अर्काे कार्यक्रममा संस्थाका अध्यक्ष परशुराम राईले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रिमियर लिगको उपाधिहोड रोमान्चक : युनाईटेडको चेल्सीलाई धक्का

प्रिमियर लिगको उपाधिहोड रोमान्चक : युनाईटेडको चेल्सीलाई धक्का

काठमाडौं, ४ बैशाख । आइतबार राति भएको खेलमा म्यानेचेष्टर युनाइटेडले शिर्ष स्थानमा रहेको चेल्सीलाई...   
बालकृष्ण ढुंगेललाई दोषी करार गरिएको घटना : गाउँलेको बयान– यस्ता थिए उज्जन कुमार

बालकृष्ण ढुंगेललाई दोषी करार गरिएको घटना : गाउँलेको बयान– यस्ता थिए उज्जन कुमार

(पूर्व सभाषद एवं माओवादी नेता बालकृष्ण ढुंगेल दोषी करार गरी सर्वोच्व अदालतबाट भएको फैसला कार्यान्वयन...   
एमालेको आन्तरिक विश्लेषण : माओवादीले चाहे एमाले पत्तासाफ

एमालेको आन्तरिक विश्लेषण : माओवादीले चाहे एमाले पत्तासाफ

काठमाडौं, ३ बैशाख । नेकपा एमालेका शिर्ष नेताहरुले माओवादी केन्द्रले चाहेको अवस्थामा एमाले पत्तासाफ...   
एमाले, काँग्रेस उम्मेदवार छान्दै

एमाले, काँग्रेस उम्मेदवार छान्दै

मलेखु (धादिङ), ३ वैशाख । स्थानीय तह निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी देखिएका एमाले र नेपाली काँग्रेसले...   
बार्सिलोना र म्याड्रिड समान ३–२ ले विजयी

बार्सिलोना र म्याड्रिड समान ३–२ ले विजयी

काठमाडौं, ३ बैशाख । बार्सिलोना र रियल म्याड्रिड शनिबार राति भएको खेलमा समान ३–२ ले विजयी भएका छन् । बार्सिलोनाका...   
नेपालगंजमा अत्याधिक गर्मी, अठतीस डिग्रीको तापक्रम

नेपालगंजमा अत्याधिक गर्मी, अठतीस डिग्रीको तापक्रम

नेपालगन्ज, ३ वैशाख । अधिक गर्मी र दिउँसो चल्ने हल्का तातो हावाका कारण बाँके जिल्लाको जनजीवन प्रभावित...   
तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् ०७४ को राशिफल

तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् ०७४ को राशिफल

यस बर्षको आरम्भमा बृष र कन्या राशिलाई अढैया शनि तथा मकर राशिलाई आद्य धनु राशिलाई मध्य, बृश्चिक राशिलाई...   
गौतमबुद्धको जन्मस्थल लुम्बिनी माग्नेको अखडा बन्दै

गौतमबुद्धको जन्मस्थल लुम्बिनी माग्नेको अखडा बन्दै

लुम्बिनी, ३ वैशाख । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि...   
अनिशले ल्याए ‘उ विना’

अनिशले ल्याए ‘उ विना’

काठमाडौं, बैशाख । गितकार तथा संगितकार अनिश योन्जनले ‘उ विना’ एल्बम ल्याएका छन् । ६ वटा गित समेटिएको...   
विश्वभरका सञ्चार माध्यममा छाएका स्याङ्गजाका दुर्गे कामी माओवादी केन्द्रमा

विश्वभरका सञ्चार माध्यममा छाएका स्याङ्गजाका दुर्गे कामी माओवादी केन्द्रमा

स्याङ्गजा (फेदीखोला), ३ बैशाख । केही महिना पहिले नेपालकै संभवत जेष्ठ उमेरका स्कुले बिद्यार्थी भनेर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top