Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

हामी कतिन्जेल मागिरहने

आजकाल भुकम्पको अवसरपारी सरकार र नेतालाई गाली गर्न खुब सजिलो भएको छ । यो बेला  भत्किएको भग्नावशेषमा गएर उत्ताउलो सेल्फी हान्दै सरकार र दलका नेतालाई गाली गर्नेहरुको बिपक्षमा केहि बोल्नु पर्ने छ । जतिवेला बस्तिहरु चिहानघाटमा रुपान्तरण भएको थियो । त्यो बेला उनिहरुको काम भनेको सामाजिक संञ्जालमा बसेर सरकार र पार्टीका नेताहरुलाई गाली गर्ने थियो । उनिहरुलाई लाग्यो उद्दार गर्ने काम भनेको सरकारको र नेताको मात्र हो । दिनभर ग्यालेक्सी को एडभान्स भर्सनमा स्टाटस अपडेट र ट्विट हानेर बेलुकीपख हातमा दुईचार तोलाका सुनका सिक्रि र वाला लगाएर राहत थाप्नका निम्ती अग्रपंक्तिमा उभिनु उनिहरुको दैनिकी थियो । जो त्यो बेला पनि ढलेको सिन्को नभाँचि नेता र सरकारलाई गाली गर्दै राहत थाप्न बसेका थिए ,उनिहरु प्रति समर्पित ।  सधै नेपाललाई भारतको गुलाम भएको आरोप लगाउने युवाहरु राष्ट्रियताको नारा लगाउदै डिभी भर्ने लाईनमा लामबन्द भएजस्तै राहत बितरणमा भारतको ज्याजदी ज्यादा भयो भन्दै चिच्याउनेहरुले आफ्नो स्वाभिमानलाई दुईचार थान चाउचाउ र त्रिपालमा धरौटी राखेको बेला आफ्नै धोती फुत्किएको थाह पाएनन् । कारण उनिहरुमा सित्तैमा पाएपछि खानुपर्छ भन्ने मानसिकताले घर गरेको थियो । पुरानो उखान छ नि अलकत्रा आएर मट्टितेलले मुख खोकल्ने ।
हाम्रो जन्मनै गाली संस्कृतीबाट भयो । गाली गर्नुलाई हामीले धर्म सम्झियौँ र बारम्बार गालिगरिरह्यौँ । भुकम्प गएको दिनबाट नै पिडितसँग दुख साट्दै हिडेका नेताहरु बाबुराम भट्टराई,माधब नेपाल,अग्नि सापकोटा र गगन थापा सामाजिक संजालमा सबै भन्दा बढि आलोचनाको पात्र बने
अस्तिताका हो गोर्खाको जिल्ला प्रशासन कार्यालयमा पुगेको थिए । सिडियो लगायतका उच्च तहका अधिकृतहरु छेकम्पारमा जस्ता र राहत सामाग्री आवश्यक पुर्याउन नसकिएको भन्दै गाविस सचिवलाई थर्काईरहेका थिए । बरा उनिहरु सुचनाबाट धेरै टाढा रहेछन् । उनको सुचना संयन्त्र देखेर खुब दया लागेर आएको थियो । छेकमबारबासीहरु भत्किएको घरहरु उठाएर, भत्किएका मनहरु टालेर खर्कतिर यार्सा टिप्नका लागि लागिसकेका थिए । यता सरोकारवालाहरु राहत सामाग्री भनेजति पुर्याउन नसकेको भन्दै खुईया–खुईया गर्दै थिए । भग्नावशेषबाट उठेर सामान्य जनजिवनतिर फर्कने छेकम्पारबासीलाई सलाम ! त्यसको केहि समयमा नै गोरखा नगरपालिका पुग्दा एकहुल मान्छेहरु हुलहुज्जत गर्दै चौरमा कार्यलय बनाएर बसेकी कार्यकारी अधिकृतसँग राहत नपुगेको गुनासो गरिरहेका थिए । आठदश वटा बाईकमा राहत पुगेन भनेर दवाब दिन नगरपालिका पुगेका युवाहरुको मगन्ते मानशिकता देखेर खुब दया लागेर आयो । गोरखाको उत्तरी गाविस छेकम्पार जहाँ अहिलेसम्म सडक पुगेको छैन । मान्छे हिडडुल गरेर बजार आउने बाटो समेत पहिरोले पुरिएको छ । त्यहाँका बासिन्दाहरु भुकम्पको पिडालाई भुलेर सामान्य जिवनमा फर्किसके यता गोरखा बजार नजिकका मान्छेहरु हातमा सुनका बाला लगाएर राहतका लागी नगरपालिका धाईरहेका थिए । देशका नेतालाई सधै मगन्ते भयो भन्दै गफ हान्नेहरुको मगन्ते मानसिकतालाई देखेर कुरीकुरी भन्न मन लागिरहेको थियो । हाम्रो जन्मनै गाली संस्कृतीबाट भयो । गाली गर्नुलाई हामीले धर्म सम्झियौँ र बारम्बार गालिगरिरह्यौँ । भुकम्प गएको दिनबाट नै पिडितसँग दुख साट्दै हिडेका नेताहरु बाबुराम भट्टराई,माधब नेपाल,अग्नि सापकोटा र गगन थापा सामाजिक संजालमा सबै भन्दा बढि आलोचनाको पात्र बने । हुन त हाम्रो तिर हिड्ने गोरुको पुच्छर निमोठ्ने पुरानै चलन हो क्यारे ? बाबुरामले ढुङ्गा फाल्दा ,गल उचाल्दा नाटक पार्यो भन्नेहरुले कहिल्यै पनि ढुङ्गा समाएनन् ,गल उचालेनन् बरु घन समातेर हानिरहे बाबुरामको टाउकोमा हामीलाई सुरुवाटै राम्रो फुलहरु चुडालेर फाल्ने  संस्कार जो सिकाईएको छ । उत्ता गगनले प्रचारका लागी काम गर्यो भनेर गनगन गर्नेहरुले फेसबुक , ट्विटरमा प्रतिशोत ओकलीरहदा उनि टहरा बनाईरहेका हुन्थे । निरन्तर जनताकोमा गएर काम गर्ने बाबुराम , माधब ,अग्नि र गगनहरुलाई बेईमान र ढलेको सिन्को नउठाउनेहरुलाई सामाजिक संजालमा बसेर गाली गर्दैमा ईमान्दार बनाउन हामीलाई भ्याई नभ्याई थियो ।
काट्नुपर्नेछ पाकेका धानहरु ,गोड्नुपर्नेछ मकैहरु र बनाउपर्नेछ घरहरु ,बगाउनुपर्ने छ पसिना र फर्कनुपर्नेछ सामान्य जिवनतिर
महाभुकम्प गएको पनि दुई महिना पुग्न लागिसकेको छ । हाम्रो समाज अझै त्रिपालको लुछाचुडीमा अल्झिएको छ । त्रिपाल बासका लागी  हैन अब हामीलाई बिस्कुन सुकाउनका लागी आवश्यक छ । खेतमा जुडी धान पाकेर झर्ने बेला भैसक्यो, हामी राहतमा आएको दुईचार किलो चामल र दुईचार थान चाउचाउ पाउने आशमा घण्टौँ हिडेर बजार पुगिरहेका छौँ । गोडमेलको अभाबमा झारले डुवाएको मकै गोड्न छाडेर हामी राहत आउने आसमा बाटो हेरेर बसेका छौँ । अनि हामी कसरी उठ्न सक्छौँ भग्नाबषेशबाट ? हामी हाम्रो खेतमा भएको धान ढलेको मेसो पाउदैनौँ ,झारले मकै मरेको भ्याउ पाउदैनौँ अनि कसरी अगाडी बढ्न सक्छौँ ? त्यसैले अब हामी फेरी उठ्ने हो भने एकपटक कम्मर कस्नुपर्नेछ । काट्नुपर्नेछ पाकेका धानहरु ,गोड्नुपर्नेछ मकैहरु र बनाउपर्नेछ घरहरु ,बगाउनुपर्ने छ पसिना र फर्कनुपर्नेछ सामान्य जिवनतिर । दुईचार किलो चामल,चाउचाउ र त्रिपालका लागी हामी कतिन्जेल मगन्ते बन्ने ? मागेर कतिन्जेल जिन्दगी चल्छ ? आउनुहोस हामी एकपटक पहिले भन्दा अलिक बढी पसिना बगाऔँ र फलाऔँ माटोमा नै हाम्रा खुशिहरु अनि मात्र हामीले हाम्रो जिन्दगीलाई सुन्दर बनाउन सक्छौँ । वा भनौँ श्रम गर्नेहरुप्रति सम्मान संस्कृतीको निर्माण गर्न सक्छौँ । आउनुहोस हातेमालो गरौँ । हाम्रा लागी हामी आँफै केहि गर्न सक्छौँ । यो अबसर पनि हो हामीलाई  प्रगती पथमा लम्कने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies