


गर्मीमा अवश्य खानुहोस् यी १० फाइदाजनक खानेकुरा



- बैशाख २४ गते, २०७२ - ०१:०४

गर्मीबाट छुटाकारा पाउनका लागि हामीमध्ये धेरैले कोल्ड ड्रिंक्स अथवा आइसक्रिम खाने गर्दछौँ । यसले तपाईंको शरिरमा नकारात्मक असर पुर्याउने पनि सायद हामीमध्ये धेरैलाई थाहा होला ।
गर्मीमा सबैले आफ्नो आहारामा निकै धेरै पानीको साथै साग समावेश गर्नुपर्ने हुन्छ । गर्मीमा सबै रोगहरुले शरिरलाई घेर्ने हुँदा खानामा सागसब्जी संलग्न गर्दा निकै धेरै पोषण पाइने गर्दछ ।
आज हामी तपाईंलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदै छौँ जुन तपाईंले गर्मीमा खान अत्यावश्यक छ । यी खानेकुराहरु खाँदा तपाईंको पेट पनि ठिक हुनुका साथै शरिर निकै ताजा हुने गर्दछ ।
१. फर्सीः
गर्मीमा फर्सीको सेवन गर्दा पेट सफा हुने गर्दछ । यसले पेटको किरालाई पनि सखाप पार्ने गर्दछ । यसमा पोटासियम र फाइबरको मात्रा निकै धेरै हुने गर्दछ । यसले रक्तचापलाई पनि कन्ट्रोल गर्ने गर्दछ । यसले छालाको थुप्रै रोगलाई पनि ठिक पार्ने गर्दछ । यसले मधुमेहका रोगीलाई पनि फाइदा पुर्याउने गर्दछ ।
२. तितेकरेलाः
करेलाले छालासम्बन्धि रोग लाग्नबाट बचाउँछ । यसले छालामा फंगल इन्फेक्सन र दागको उत्पत्ति हुनबाट बचाउँछ । यसले उच्च रक्तचाप र मधुमेहलाई ठिक ठाउँमा राख्ने गर्दछ ।
३. लौकाः
लौकामा निकै धेरै पानी हुने भएका कारण गर्मीमा यसको सेवनले शरिरलाई निकै फाइदा पुर्याउने गर्दछ । यसका साथै यसले पेटको रोग जस्तै एसिडिटी र अपचलाई टाढा राख्ने गर्दछ । लौकामा पाइने सोडियमले पनि शरिरलाई निकै फाइदा पुर्याउँछ ।
४. चाइनिज स्पिनिचः
चाइनिज स्पिनिच एकप्रकारको साग हो जसमा प्रचुर मात्रामा भिटामिन ए, बी सिक्स र भिटामिन सी पाइने गर्दछ । यसमा गर्मी भगाउने तत्व पनि पाइने गर्दछ । यसले गर्मीमा लाग्ने मलेरिया रोगलाई पनि टाढा राख्दछ ।
५. पाटे घिरौँलाः
यो तरकारीले रगतलाई सफा गर्ने, ब्लड सुगरलाई नियन्त्रित गर्ने गर्दछ र पेटको लागि निकै फाइदाजनक मानिन्छ ।
६. काँक्रोः
काँक्रोमा ९६ प्रतिशत पानी पाइने गर्दछ जसले शरिरको तापमानलाई पूर्ण रुपमा नियन्त्रित गर्ने गर्दछ । काँक्रोमा निकै धेरै पोटासियम, म्याग्निसियम र फाइबर पाइने गर्दछ जसले ब्लड प्रेसरलाई सधैँ नियन्त्रणमा राख्दछ ।
७. पालुङ्गोः
पालुङ्गोमा क्याल्सियम, म्याग्नेसियम, भिटामिन ए, बी, सी आदि प्रचुर मात्रामा पाइने गर्दछ । यसका साथै यो रेशायुक्त हुने गर्दछ । यसकारण यसलाई जीवन रक्षक भोजनको रुपमा लिइन्छ ।
८. भेँडे खुर्सानीः
यसमा भिटामिन सि, भिटामिन ए र बीटा क्यारोटिन भारी मात्रामा पाइन्छ । यसमा क्यालोरीको मात्रा नहुने भएका कारण यसले खराब कालेस्ट्रोललाई बढाउँदैन । यसले शरिरलाई हृदयाघात, दम, मोतिबिन्दुबाट लड्न पनि सहयोग गर्दछ ।
९. हरियो सिमीः
हरियो सिमीमा ओमेगा–३ फ्याटी एसिड हुने गर्दछ । यसका साथै यसमा निकै धेरै फाइबर हुने गर्दछ जसमा हृदय रोग हुनबाट बचाउँछ भने गर्मीमा पनि शरिरलाई राहत प्रदान गर्दछ ।
१०. खरबुजाः
गर्मीमा हाइड्रेट रहँदा तपाईंको दिमाग तिखो र मुड स्टेबल हुने गर्दछ । यसले तपाईंको शरिरलाई ताजासमेत राख्दछ । सबैभन्दा राम्रो पक्ष भनेको खरबुजा खाँदा तपाईंले पानी पिइराख्नुपर्दैन । एक नयाँ अनुसन्धानका अनुसार पानीको मात्रा धेरै भएको खानेकुरा खाँदा थोरै क्यालोरी भएको खानाले नै तपाईंलाई सन्तुष्ट पार्ने बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
लागुऔषध गाँजासहित एक भारतीय पक्राउ
लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ
विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही
गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक
काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...यि हुन् मन्त्रिपरिषदका दुई निर्णय
काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)
काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै
एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...
