Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

मलेसियाको जनप्रगतिशिल मोर्चामा जिम्मेवारी हेरफेर,महासचिवमा ओली

[caption id=\"attachment_99384\" align=\"aligncenter\" width=\"887\"]\"तस्वीरः तस्वीरः मलेसियामा अाइतबार सम्पन्न जनप्रगतिशिल मोर्चाकाे बैठकमा सहभागीहरू[/caption] मलेसिया, १५ कार्तिक । विप्लव माओबादी निकट अन्तर्राष्ट्रिय प्रवास विभाग शाखा मलेसियाको नेपाली जनप्रगतिशिल मोर्चाले संगठनको कार्यविभाजन तथा जिम्मेवारीमा हेरफेर गरेको छ । नेकपा माओबादी प्रवास शाखा मलेसियाका पार्टी संयोजक महेश कुमार ओलीको प्रमुख आतिथ्तामा आइतबार बसेको मोर्चाको विस्तारीत बैठकले संगठनका कामलाई चुस्त बनाउनकालागि विभिन्न विभागहरुमा जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । संगठनलाई व्यवस्थीत गर्नुपर्ने देखिएकोले नेपाली जनप्रगतिसिल मोर्चाको केन्द्रीय योजना अनुसार संगठन विस्तारको योजना चलाएर कार्यबिभाजन तथा ज़िम्मेवारी हेरफेर गरिएको मोर्चाका महासचिव समेत रहेका टीकाराम ओलीले खबरडबलीसँग बताएका छन । मोर्चाका पुराना र जिम्मेवार नेताहरु मलेसियाको करार अवधि सकिएकाले केहिदिन अगाडि नेपाल फर्किएका थिए । उनीहरु स्वदेश फर्किएसँगै रिक्त रहेको ठाउँमा पदपूर्ति तथा संगठनलाई बढि क्रियासिल बनाउनकालागि कार्यविभाजन सहित जिम्मेवारी हेरफेर गर्न आवश्यक देयखिएको भन्दै मोर्चाले त्यस्तो निर्णय गरेको जनाएको छ । मोर्चाको निर्णय अनुसार यस अघि प्रवक्ता रहेका टीकाराम ओलीलाई महासचिव गराइएको छ भने मोर्चाले सात सदस्य सचिवालय निर्माण गरेको छ । सचिवालयमा समितिमा मलेसिया पार्टी संयोजक महेश ओली, मोर्चाका अध्यक्ष सुमन श्रेष्ठ,महासचिव टिकाराम ओली,उपाध्यक्ष आत्म राई,सचिव हिमाल चौधरी, कोषाध्यक्ष रत्न बहादुर तामाङ र प्रवक्ता आयुष खड्का मनोनित भएका छन । त्यसैगरि मोर्चाले चार सदस्य पछि थप्नेगरि २७ सदस्य पूर्ण कमिटी बनाउने निर्णय समेत गरेको छ । त्यसैगरि मोर्चाले विभिन्न दशवटा विभागको गठन गर्दै त्यसको जिम्मेवारी र कार्यक्षेत्र समेत बाडफाँड गरेको जनाएको छ । मोर्चाको व्यवस्थापन तथा आर्थिक बिभागमा आयुष खड्का,रत्न बहादुर तामाङ र मनराज शाहीलाई जिम्मेवारी दिएको छ । त्यसैगरि अनुगमन बिभागमा आत्म राई,सम्भु बस्नेत र बिष्पोट मगर , अनुशासन विभागमा आत्म राई,अर्जुन सुबेदी र गोबिन्द केसी, खेलकुद बिभागमा झबिन्द्र महरा,हिमाल चौधरी र दिलिप भट्टराई, बुद्धिजिबि बिभागमा महेश ओली,सम्भु बस्नेत र टिकाराम ओली, स्कुलिङ्ग बिभागमा महेश ओली,शम्भु बस्नेतर सुमन श्रेष्ठ, सुचना तथा प्रचारप्रसार बिभागमा जित क्षेत्री,सन्दर्भ आरर्सि र अर्जुन सुवेदी र कला तथा साँस्कृतिक बिभागमा नरेश क्षितिज,हिमाल चौधरी र सन्दर्भ आरसिलाई जिम्मेवारी दिएको मोर्चाका महासचिव ओलीले बताएका छन । त्यसैगरि मोर्चाले शम्भब कुन्वारको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको जनाएको छ । जसमा नरेश क्षितिज,याम शर्मा,भोला घिमिरे,मोहित थापा,गोबिन्द साउथ पुस्कर,अनिल तामाङ,बिजय केसी लगाएत रहेका छन । मोर्चाले मलेसियाको विभिन्न क्षेत्रहरुमा काम गर्नका लागि सहज गर्न क्षेत्रगत जिम्मेवारी पनि प्रदान गरेको जनाएको छ । मोर्चाले जोहर क्षेत्रकालागि गोबिन्दा साउद ‘पुस्कर’ र पेनाङ्ग क्षेत्रकोलागि अनिल तामाङ् लाई संयोजकको जिम्मेवारी दिएको छ । महासचिव ओलीका अनुसार मोर्चाले मलेसियामा रहेका नेपालीहरुको समस्यामा केन्द्रित रहेर श्रमिक हकहितको पक्षमा काम गर्दै आएको छ । जनप्रगतिशिल मोर्चाका अध्यक्ष सुमुन श्रेष्ठ र महासचिव टीकाराम ओलीले उक्त बैठकको उदघोषण गरेका थिए ।  बैठक एकदिन चलेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies